ताजा अपडेट

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल बिजयी

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा बिजयी भएका हुन् । मत परिणाम अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी भए ।  कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका थिए  ।  यसअघि पनि... पुरा पढ्नुहोस

४३ वटामध्ये २२ वडा जित्यो नेकपाले, १२ वटा वडामा कांग्रेस बिजयी

शनिबार उपनिर्वाचन भएका बिभिन्न स्थानीय तहका ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिंँदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले १२ वडाध्यक्ष जितेको छ । चुनावमा समाजवादी पार्टीले ३ वडाध्यक्ष र राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि ३ वडाध्यक्ष जितेका छन्  । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका... पुरा पढ्नुहोस

शताब्दी पुरुष सत्यमाेहन जाेसीको योगदान सम्झंँदै बेलबारीमा गरियो साहित्यिक कार्यक्रम

बेलबारी, माेरङ/ शनिवार बेलबारीमा संस्कृतिविद एवम् वाङ्ममय शताब्दि पुरुष सत्यमाेहन जाेसीकाे जीवनमा आधारित अन्वेशक तथा कवि अनिल पाैडेलकाे नयाँ कृति "जुरेली दर्शन"काे चर्चापरिचर्चा भएकाे छ । कवि अनिल पौडेलले लिखित शताब्दीपुरुष संस्कृतिविद जोशीको जिवनिमा आधरीत पुस्तक “जुरेली दर्शन” नामक पुस्तकको परिचर्चा तथा रचना बाचन कार्यक्रमले बेलबारीलाई शनिवार साहित्यमय बनाएकाे थियाे... पुरा पढ्नुहोस

शुरु हुँदै ‘केराबारी फुड फेस्टिबल एण्ड टुरिजम फेयर’, प्याराग्लाइडिङ र हाइकिङ खेल्न पाइने

आन्तरीक पर्यटन प्रर्बद्धन र पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै पर्यटन बर्ष २०२० लाई समेत प्रबर्द्धन गर्ने उद्देश्यले मोरङको केराबारीमा केराबारी फुड एण्ड म्युजिकल फेस्टिबल र टुरिजम फेयर हुने भएको छ । केराबारी गाउँपालिकाको सहयोग तथा होटल व्यवसायी संघ केराबारीको आयोजनामा यही मंसिर १६ देखि २४ सम्म चल्ने फुड फेस्टिबल तथा टुरिजम... पुरा पढ्नुहोस

महिला त होइन, सिद्धबाबा कृष्णदास चाहिँ पो ‘बलात्कार’ मा परेका थिए कि क्याहो !

सुुुनसरीको चतरास्थित आश्रममाा बस्ने सिद्धबाबा अर्थात  कृष्णदास गिरीलाई एक महिलाले बलात्कारको अभियोग लगाए पनि उनै महिलाले फेसबुकमा निरन्तर एकोहोरो म्यासेज पठाएको पाइएको छ । कृष्णदासमाथि बलात्कार जस्तो गम्भीर र संगीन आरोप लगाएकी महिलाले पठाएका म्यासेज प्रहरीले फेला पारेपछि  घटनाले नयाँ मोड लिएको हो । गिरीमाथि कात्तिक ४ गते बलात्कार गरेको... पुरा पढ्नुहोस

सक्रिय हुँदैछन् प्रदेश सरकारले गठन गरेका टिन्स क्लबहरु, मोरङमा ३ सय ३९ क्लब गठन

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक बर्षदेखि सुरु गरेको टिन्स क्लबहरुले विभिन्न कार्यक्रम गर्न थालेका छन्  । म अगाडि बढ्छु भन्ने मुल नाराका साथ सामुदायिक बिद्यालयमा गठन गरिएको क्लबले पछिल्लो समयमा विभिन्न कार्यक्रमहरु गर्न थालेका छन् । लागुऔषध दुव्र्यसनको असर, अपराध न्यूनीकरण र विपद् व्यवस्थापन... पुरा पढ्नुहोस

चालीस जना किसानहरुलाई प्लाष्टिक टनेल वितरण

धनकुटाको कागतेमा जलवायु परिवर्तन अनुकुलन नमुना गाउँ कार्यक्रम अन्तर्गत किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । पर्डेप नेपाल धनकुटाको आयोजना तथा धनकुटा नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा कागतेको मार्गा पात्ले टोलबस्ती संगठनका ४० परिवारलाई प्लाष्टिक टनेल वितरण हो । मार्गा पात्ले टोलबस्ती संगठनका अध्यक्ष मिन बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा... पुरा पढ्नुहोस

कागतेमा गरियो वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान सम्बन्धि तालिम

 धनकुटाको कागतेमा तीन दिने वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सम्पन्न भएको छ। जनज्योति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा ग्रामिण उद्यम तथा विप्रषण आयोजना (समृद्धि) को आर्थिक सहयोगमा तालिम समपन्न भएको हो । तालिममा वित्तिय शिक्षाको परिचय र महत्व, पैसा र जीवन, पैसाको स्रोत तथा उपयोग, आम्दानी सन्तुलन,... पुरा पढ्नुहोस

धनकुटा सेवा समाज कतारद्वारा विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग

धनकुटा सेवा समाज कतारले धनकुटाका विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग गरेको छ । समाजले खादले देबी मन्दिर मौनाबुधुक धनकुटालाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसैगरी कतारमै निधन हुनुभएका चौबिसे गापा ७ धनकुटाका मोहन सुबेदीको परिवार लाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । त्यसैैैगरी गमहालक्ष्मी नगरपालिकाको... पुरा पढ्नुहोस