ताजा अपडेट

महिला अधिकार मञ्चको १ नं प्रदेश समिति गठन, मोरङकी सिता सुवेदीले लिइन् नेतृत्व

महिला अधिकार मन्च प्रदेश नम्बर १ को बिहिबार इटहरीमा सम्पन्न प्रदेश भेलाले मोरङ बेलबारी निवासी सीता सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । यसअघि मोरङ जिल्लाको नेतृत्व गरिसकेकी र लामो समयदेखि महिला अधिकारका क्षेत्रमा सक्रिय हुँदै आएकी सुवेदी मन्चको प्रदेश नेतृत्वमा पुगेकी हुन्  । समितिमा ७ जिल्लाको प्रतिनिधित्व हुने गरी गठित... पुरा पढ्नुहोस

आफ्नो टोल आफैं बनाउन जुर्मुराए बेलबारी गैरीटोलका बासिन्दा, स्थानीय सरकारलाई चुनौती

आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभिप्रायले मोरङ बेलबारी ३ गैरीटोलका स्थानीय बासिन्दा टोल सुधार तथा बिकास अभियानमा जुटेका छन् । टोलको सुधारका गर्न रकम संकलन गर्ने अभिप्रायले  यसपालिको तिहारमा भेला भएर देउसी खेलेका उनीहरू तिहारपछि संगठित रूपमा नै एकजुट भई स्वत स्फुर्त रूपमा टोल सुधारको अभियानमा जुटेका हुन् ।  नगरपालिकाले... पुरा पढ्नुहोस

चालिस बर्षपछि छिन्ताङ काण्डका १६ सहिद परिवारले बल्ल पाउने भए पा-पाँच लाख राहत

प्रदेश १ सरकारले छिन्ताङ घटनाका शहिद परिवारलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दिएको जानकारी अनुसार २०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई प्रदेश सरकारले... पुरा पढ्नुहोस

मोरङमा भेटिए नेपालकै सबैभन्दा होचा ब्यक्ति, स्थानीय तहले दिन थाल्यो अपांग भत्ता

विराटनगरका २१ वर्षका एक युवा देशकै होचो व्यक्ति भएको दाबी गरिएको छ ।  उचाइ ३१ इन्च मात्र भएका बिराटनगर –१९ का २१ वर्षीय प्रकाशकुमार सरदारको उचाइ ३१ इन्च अर्थात् दुई फुट ७ इन्च मात्र छ । झट्ट हेर्दा दूधेबालक जस्तो देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट वि.सं २०५४ साल असार... पुरा पढ्नुहोस

किन बेवास्ता गरेको भारतले नेपालका तीनवटा गाउँ नै हडप्दा पनि ? 

लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको हो । नयाँ नक्सामा कालापानीमा हडपिएका कूटी, नावी र गुन्जी गाउँ भारततर्फ पारिएको छ । सुगौली सन्धिको धारा ५ अनुसार... पुरा पढ्नुहोस

को को छन् महरासँग जेलमा सँगै बस्ने साथी ?

जबर्जस्ती करणी मुद्दामा अदालतको आदेशपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ ।  मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई महरालाई डिल्लीबजार कारागार पठाउन अदालतको आदेशमा भनिएको छ । जेलमा महराले तीन जना साथी पाएका छन । सबै कैदीरबन्दीलाई एउटै सुविधा... पुरा पढ्नुहोस

सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो । त्यहाँ जाँदा लाग्ने... पुरा पढ्नुहोस

रहेनन् धनकुटा कांग्रेसका पूर्व सभापति केदारलाल श्रेष्ठ, झण्डा ओढाएर अन्त्येष्टि

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठलाई चार तारे झण्ढा ओढाएर अन्तिम श्रद्धाञ्जली र सम्मान व्यक्त गरिएको छ । धनकुटा नगर कार्य समितिका पूर्व सभापति स्वर्गीय केदार लाल सिंह श्रेष्ठको पार्थिव शरिरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री प्रकाश मान... पुरा पढ्नुहोस

कुन प्रदेशमा को बने प्रदेश प्रमुख, थाहा छ ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेश प्रमुखहरुको छनोट गरे अनुसार सरकारले प्रदेश प्रमुखहरुको टुंगो लगाएको  छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि ७ जनालाई प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको थियो  । प्रदेश प्रमुख नियुक्त हुनेमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार... पुरा पढ्नुहोस

महालक्ष्मी नगरपालिकाका वडा वडामा चल्न थाल्यो नेकपाको कार्यकर्ता प्रशिक्षण

धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुरु भएको छ । उल्लेख कार्यकर्ताहरुको उपस्थितिमा आइतबार भएको प्रशिक्षण कार्यक्रममा नेकपा प्रदेश कमिटी सद्स्य क. धर्मराज पैडेल र क. गणेश राई, नेकपा धनकुटा जिल्ला कमिटी सचिवालय सद्स्य क. राम कार्की (निराजन), जिल्ला सचिवालय सद्स्य तथा महालक्ष्मी नगरपालिका उपप्रमुख... पुरा पढ्नुहोस