खबर
बेलबारीमा दोस्रो मेयरकप फुटबल शुरु, उद्घाटन खेलमा बेलबारी ६ बिजयी
- 5 बर्ष, 6 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
मोरङको बेलबारीमा सोमबारदेखि वडास्तरीय मेयरकप शुरु भएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो मेयरकपको उदघाटन गरेका छन । जेठ ९ गतेसम्म सञ्चालन हुने अन्तर वडास्तरीय नगर मेयर कपमा बेलबारीका ११ वटा वडाका ११ वटा टिम सहभागी हुने भएका छन । बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल... पुरा पढ्नुहोस
विराटचाेकमा हस्तकलाको तालिम सम्पन्न, डेढ दर्जनभन्दा बढी महिलाले सिके सीप
- 5 बर्ष, 6 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
विराटचाेक, माेरङ/ ग्रामीण महिलाकाे अार्थिक स्तरलाई माथि उठाउने उद्देश्यकासाथ सुन्दरहरैंचामा विगत ४५ दिनदेखि जारी बाँसका हस्तकला सम्वन्धी तालिमकाे सोमबार एक कार्यक्रमविच समापन गरिएकाे छ । आयआर्जनमार्फत महिलालाई स्वालम्बन गरनउने उद्देश्यले तालिमकाे अायाेजना महिला उपभाेक्ता समितिकी अध्यक्ष देवि पाैडेलले जानकारी दिईन । सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ विराटचाेकमा चैत्र १८ गतेबाट... पुरा पढ्नुहोस
कपडा तथा सिलाई व्यवसायी महासंघ प्रदेश नं.१ को भेला तथा प्रशिक्षण बेलबारीमा सम्पन्न
- 5 बर्ष, 6 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको प्रदेश नं.१ स्तरीय प्रदेश भेला तथा प्रशिक्षण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङ बेलबारी १ स्थित मदनमोहन साँस्कृतिक भवनमा सोमबार भएको कार्यक्रममा प्रदेश नं १ का बिभिन्न जिल्लाबाट उपस्थित भएका भण्डै २ सय कपडा सिलाई व्यवसायीहरुको प्रतिनिधित्व थियो । कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले व्यबसाय... पुरा पढ्नुहोस
बेलबारी मेयरकप २०७६ हुँदै, बिजेताले एक लाख पाउने
- 5 बर्ष, 6 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
बेलबारी, माेरङ/ खेलकुदलाई स्थानीय स्तरमा प्रवर्धन गर्ने उद्देश्यका साथ बेलबारीमा "बेलबारी मेयर कप फुटवल प्रतियाेगिता २०७६" काे संचालन हुने भएकाे छ । बेलबारीमा पत्रकार सम्मेलन गरेर अायाेजक समिति साे जानकारी गराएकाे हाे । बैशाख ३० गतेबाट सुुरु हुने साे प्रतियाेगितामा नगरभरिका विभिन्न ११ वटा टिमकाे सहभागिता रहने बेलबारी मेयर कप... पुरा पढ्नुहोस
बेलबारीमा पहिलोपटक आयोजित आदिबासी जनजातिको फुड फेष्टिवल सम्पन्न
- 5 बर्ष, 6 महिना अगाडि
- २६ बैशाख २०७६, बिहीबार
शास्त्र हराए संस्कृति हराउँछ , संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए जाति हराउँछ भन्ने मुख्य नाराका साथ आदिवासी जनजाति महासंंघ बेलबारीले आयोजना गरेको तीनदिने फुड फेष्टिवल बेलबारीमा सम्पन्न भएको छ । फेष्टिवलमा बेलबारीमा रहेका धिमाल, राई, लिम्बू, गुरुङ, मगर, थारु, चौधरी, मुडयरी, तामाङ, याखा,सुनुवार, भुजेल, मगर लगायत १६ जातिहरूले... पुरा पढ्नुहोस
छुवाछुत विरुद्ध पैदल यात्रामा निस्केका अभियन्ताहरुलाई बेलबारीमा स्वागत
- 5 बर्ष, 6 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
उत्तम पोख्रेल /जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जगाउन हिंडेको पैदल यात्रीको टोलीलाई मोरङको बेलबारीमा स्वागत तथा सम्मान गरिएको छ । दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोलीलाई बेलबारी नगरपालिकाले स्वागत गरेको हो । अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी ,उपमेयर ढाका कुमारी... पुरा पढ्नुहोस
बेलबारीका सोमबहादुरका दुवै मृगौला फेल, जीवन रक्षाका लागि सहयोगको अपील
- 5 बर्ष, 6 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
दुवै मृगौला फेल भएका बेलबारी १ निवासी ४४ बर्षिय सोम बहादुर श्रेष्ठको जीवन बचाउन परिवारजनले सहयोगको अपील गरेका छन् । श्रेष्ठ बिरामी भएपछि चेकजाँचका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । त्यहीँ उनको मृगौला फेल भएको पत्ता लागेको थियो । सकेसम्म चाँडै सहयोग जुटाइ श्रेष्ठलाई उपचारका लागि काठमाडौं लैजाने योजना... पुरा पढ्नुहोस
सुन्दरपुरमा खानेपानीको हाहाकार, जनता भन्छन् ‘चुनाव जिते, मन्त्री भए तर लालबाबु फर्केर आएनन्’
- 5 बर्ष, 6 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निर्वाचन क्षेत्रमा पर्ने मोरङको सुन्दरहरैंचा ६ का बासिन्दा खानेपानीको अभावमा काकाकुलको नियति भोग्न बाध्य भएका छन् । सुन्दरहरैंचा ६ स्थित बुद्ध स्कुल वरपर बस्तीको सिरान टोलका बासिन्दा बर्षौंदेखि खानेपानीको सास्ती झेल्न बाध्य भएका हुन् । करिब २२ घर रहेको सो टोलका सबैजसो घरमा भएका ट्युबवेलमा... पुरा पढ्नुहोस
पहिलो बेलबारी आइडलका तिन अडिसन राउन्ड सम्पन्न, १९ प्रतिस्पर्धी छनौट
- 5 बर्ष, 6 महिना अगाडि
- २१ बैशाख २०७६, शनिबार
बेलबारी नगरपालिकाको आर्थिक सहयोग र स्रस्टा समाजको आयोजनामा जारी सुर सप्तक बेलबारी आइडल २०७६ को तेस्रो तथा अन्तिम अडिसन राउन्ड सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको हलमा शनिबार भएको तेस्रो अडिसनबाट ८ जना प्रतिष्पर्धी अर्को चरणका लागि छनौट भएका छन् । शनिबार भएको अडिसनमा बेलबारी वार्ड नम्बर १,२,३ र ४... पुरा पढ्नुहोस
बेलबारी साहित्य विकास समितिद्वारा आयोजित बाल साहित्य गाेष्ठी सम्पन्न
- 5 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
बेलबारी साहित्य विकास समितिको आयाेजनामा बाल साहित्य गाेष्ठी सम्पन्न भएकाे छ। बेलबारी नगरपालिका १ का वडाध्यक्ष चक्र बहादुर खुलालको प्रमुख आतिथ्यता र अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ईरान राई, सञ्जीव धिमाल, टेकराज मगर, लिलामाया सुवेदी, हिरा खड्का, दिनेश दाहाल, बादलदेवी चाम्लिङ राई लगायतको उपस्थिति थियाे । सह काेषाध्यक्ष लक्ष्मी... पुरा पढ्नुहोस