खबर

कार्यालय परिसरभित्र प्लास्टिकका बोत्तल पनि निषेध गर्यो बेलबारी नगरपालिकाले

मोरङको बेलबारी नगरपालिकमा पुग्दा मेयर ज्ञानेन्द्र सुवेदी केहि कार्यालय सहयोगीहरुलाई प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र कसैले ल्याएको छ कि छैन भनेर सोध्दै थिए । कसैले ल्याएको भए फालिदिनु भन्दै उनी निर्देशन समेत दिईरहेका थिए । कार्यालय सहयोगीहरु समेत प्लाष्टिकका वोतलको पानी कार्यालय परिसर भित्र ल्याउँदैनौं र सेवाग्राही आउँदा पनि ... पुरा पढ्नुहोस

लोहोन्द्रा खोलाको नाममा निजी जमीन उत्खनन् गरिएको भन्दै नगरपालिकामा ज्ञापन

मोरङको बेलबारी १ का स्थानीय बासिन्दाले लोहन्द्रा खोलामा स्थायी तटबन्ध  गर्न र उत्खनन बन्द गर्न माग गरेका छन् । स्थानीय बिशाल थापाको नेतृत्वमा  स्थानीय बासिन्दाले सोमबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदी मार्फत नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् । बेलबारी बजारको पश्चिमतर्फको लोहन्द्रा खोलाले दर्जनौ... पुरा पढ्नुहोस

सुन्दरहरैंचा १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्नति हुँदै

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका १२ मा रहेकाे शुक्रबारे खेलमैदानकाे स्तराेन्तिकाे काम धमाधम भैरहेकाे छ । अाफ्नाे घर अघिकाे खेलमैदानकाे स्तराेन्नति हुन थालेपछि स्थानीयहरु  पनि दङ्ग भएका छन् । पूर्व पश्चिम लाेकमार्गदेखि १ किलाेमिटरकाे दुरीमा रहेकाे शुक्रबारे बजार नजिकै रहेकाे खेलमैदानलाई नगरपालिकाले यसैवर्षकाे वजेटबाट स्तर उन्नतिकाे कार्यलाई अगाढि वढाएकाे... पुरा पढ्नुहोस

धनकुटामा शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने

धनकुटा जिल्लामा आंँखा उपचार सेवालाई अझ प्रभावकारी र स्तरीय बनाउन शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने भएको छ । नेपाल नेत्र ज्योती संघ धनकुटाका अनुसार आंँखा उपचार सेवालाई शहरदेखि गाउंँगाउंँसम्म अभियान अन्र्तगत विद्यालय आंँखा जाच कार्यक्रम, समुदाय आंँखा जांँच कार्यक्रम तथा आंँखा शिविर संचालन गरिने भएको हो । नेपाल... पुरा पढ्नुहोस

बेलबारीमा स्रष्टाहरुले मनाए सिर्जनात्मक हाेली : डेढ दर्जनजति रचना वाचन

केशु विरही, बेलबारी, माेरङ/ शहरी क्षेत्रमा मानिसहरु साङ्गितिक हाेलीमा झुमिरहेकाे बेलामा पूर्व पश्चिम लाेकमार्गदेखि करिव डेढ किलाेमिटर दुरीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा भने स्रष्टाहरु सिर्जनात्मक हाेली खेल्नमा व्यस्त थिए । बेलबारी नगरपालिका वार्ड नं २, लालभित्तीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा बेलबारी र सुन्दरहरैंचा नगरपालिकाका चारवटा साहित्यिक संस्थाहरुले विहिबार एकै ठाउँमा... पुरा पढ्नुहोस

बेलबारीलाई प्लाष्टिककका झोला मुक्त नगर वनाईदै, प्लास्टिकका बोत्तल पनि निषेधित

बेलबारी नगरपालिकाले यहि चैत्र १० गतेदेखि कार्यालय परिसरमा वोतलको पानी प्रयोग नगर्ने भएको छ । प्लाष्टिकको झोला मुक्त नगर घोषणा गर्ने तयारी गरीरहेको नगरपालिकाले वोतलको पानी समेत नखाने निर्णय गरेको छ । सफा र स्वच्छ नगरको परिकल्पनामा नगरपालिकाका लागेेको बताउँदै मेयर ज्ञानेन्द्र सुवेदीले भने 'आफुले गरेको निर्णय आफैंंबाट गरौ भनेर... पुरा पढ्नुहोस

श्रमिक महिला समूहको पाँच दिने उद्घाेषण तालिम सम्पन्न, ३२ गृहिणीले लिए तालिम

केशु विरही, बेलबारी, माेरङ/महिलाहरुकाे क्षमतावृद्धि गर्ने उद्देश्यले बेलबारीमा आयोजित पाँचदिने उद्घाेषण तालिम  सम्पन्न भएको छ । श्रमिक महिला समूह बेलबारी १ काे आयाेजना र बेलबारी नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे सो उद्घाेषण तालिममा नगरभरिका ३२ जना गृहिणी महिलाहरु सहभागी थिए । पाँचदिनसम्म चलेकाे तालिममा सप्तकाेसी एफ एम ईटहरीकी सीमा बस्नेतले प्रशिक्षण... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा सडक क्षेत्रमा राखिएका सामान जफत, सक्रिय बन्दै नगरप्रहरी

बेलबारी , मोरङ / सडक क्षेत्र अतिक्रमण गरी राखिएका सामग्रीहरु बेलबारी नगरपालिकाले उठाउन थालेको छ । पटक पटक सडक अतिक्रमण हटाउन सुचना नै जारी गरे पनि ब्यबसायीहरुले अटेर गरेपछि सामग्री उठाउन थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ । साप्ताहिक रुपमा लाग्ने सोमवारे हटियाबाट  नगर प्रहरीले सिरक, ड्सना, कमल, सिरानी, लगाउतका सामाग्रीहरु... पुरा पढ्नुहोस

लक्ष्मीमार्गमा तीन महिने कम्प्युटर तालिम सम्पन्न

बेलवारी ११ लक्ष्मीमार्गमा तीन महिने निःशुल्क कम्प्युटर तालिम  सम्पन्न भएको छ । बेलवारीको ११ नम्वर वडा कार्यलयको आर्थिक सहयोग र लक्ष्मीमार्गस्थिर  एड्भान्स कम्प्युटर इन्स्टिच्युटको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो । उक्त तालिममा ३५ जना स्थानीय युवाहरु सहभागी रहेका थिए । उक्त इन्स्टिच्युटको हलमा भएको समापन कार्यक्रममा बेलवारी ११ का... पुरा पढ्नुहोस

धनकुटामा कम्प्युटर तथा सुईटर बुनाई तालिम शुरु, सिलाइ कटाइ तालिम सम्पन्न

घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको संयुक्त आयोजनामा तिन महिने बेसिक कम्प्युटर र सुईटर बुनाई तालिम शुरु भएको छ । तालिमको जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईले बिहीबार उद्घाटन गरेकी छिन्  । घरेलु तथा साना उद्योग विकास... पुरा पढ्नुहोस