ताजा अपडेट

सूचनामैत्री छैन सुन्दरहरैंचा नगरपालिका

अम्बिका भण्डारी शुक्रबार अर्थात असोज ५ गते  नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा गरेका काम कारबाहीको बारे जानकारी लिन संयन्त्र मिडिया प्रालिको टोली सुन्दरहरैंचा नगरपालिका पुगेको थियो । कार्यालयको गेटभित्र पस्नासाथ भुइँ तलामै ‘गुनासो सुन्ने अधिकारी/ सूचना अधिकारी’ पिताम्बर वस्तीको नाम  लेखिएको बोर्ड झुण्ड्याइएको हुनाले त्यसै आधारमा पहिलो तलामा अबस्थित उनको... पुरा पढ्नुहोस

सफारी चलाएर पढाइ खर्च जुटाउँदै अाएकी बालिकाकाे लागि सहयोग जुट्दै 

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी अार्थिक अवस्था कमजाेर भएपछि सफारी चलाएर अाफ्नाे पढाइ खर्च जुटाउँदै अाएकी बेलबारी नगरपालिका वार्ड नं ११ निवासी १४ वर्षीय रीता कार्कीकाे पढाईकाे लागि खर्च जुट्दै गएकाे छ । अार्थिक अवस्था कमजाेर भएकाे, बाबुले पनि घरकाे अार्थिक अवस्थालाई नहेरे पछि १४ वर्षीय बालिका अाफै सफारी चलाएर... पुरा पढ्नुहोस

प्रसुति केन्द्रमा गएर बच्चा जन्माउने रेणुकालाई दिइयो १० हजार नगद

पथरी /  मोरङको पथरीशनिश्चरे २ मा व्यवस्थित रुपमा निर्माण भएको स्वास्थ्यचौकी भवनमा सुरु भएको प्रसुति केन्द्रमा सोही वडाकी पहिलो वच्चा जन्माउने रेणुका विश्वकर्मालाई नगरपालिका कार्यालयले प्रोत्साहन स्वरुप नगद रकम प्रदान गरेको छ । एक कार्यक्रमबीच मंगलबार नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, स्वास्थ्य संयोजक... पुरा पढ्नुहोस

दुवै मृगौला फेल भएका केराबारीका दुर्गा मगरको उपचारमा आर्थिक समस्या, सहयोगको अपील

मोरङको केरावारी गाउँपालिका वडा नं ५ निवासी श्री दुर्गा कुमार मगरको दुवै मृगौला फेल भएकोले सहयोगको लागि परिवारले याचना गरेका छन् । हाल काठमाडौ पुल्चोक स्थित निदान अस्पतालमा उपचार भइरहेको र डाइलोसिस गर्ने खर्चको समेत  अभाव भइरहेकोले सहयोगको याचना  गरिएको हो । उनको थप उपचार तथा मृगौला प्रत्यारोपण गर्न समेतको... पुरा पढ्नुहोस

नेपालका विभिन्न स्थानमा जीवन उपयोगी प्राथमिक उपचार तालिम दिदै युएईका नेपाली 

ओम उप्रेती / युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउन युएईका नेपाली व्यावसायी ओम उप्रेती लगायतको टोली  पुनः नेपालका आठ जिल्ला पुग्ने भएका छन् । गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण आमामी असोज १३ गते स्याङ्जा जिल्लाबाट शुरु हुने अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी... पुरा पढ्नुहोस

‘सहयोगी हातहरु’ द्वारा तीज कार्यक्रमको खर्च सार्वजनिक, बचेको रकमले छात्रवृत्ति कोष स्थापना गर्ने

मोरङको बेलबारी २ स्थित  सहयोगी हातहरु नामक संस्थाले तीज बिशेष कार्यक्रमबाट बचेको रकमले छात्रवृत्ति कोषको स्थापना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले तीज बिशेष साँस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रमबाट बचत भएको रकमले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका आवश्यक कोष खडा गरिने जानकारी दिएको हो... पुरा पढ्नुहोस

कार्यक्रममा बोलाउंदैनन्  संघसंस्था, निम्तोबिना जांदैनन पत्रकार पनि

अम्बिका भण्डारी केहि महिना अघि मोरङ बेलबारीमा खासगरी साहित्यकारहरुको एउटा ठुलै जमघट थियो । देशभरबाट प्रतिष्ठित र परिचित स्रष्टाहरु भेला पनि भएका थिए । तर त्यस जमघटमा धेरै स्थानीय सन्चारकर्मीहरुले निमन्त्रणा नै पाएनन् । आयोजकको भनाइलाई आधार मान्ने हो भने निम्तो दिन जिम्मेवारी पाएका ब्यक्तिले हेलचेक्र्याइं गरेका कारण त्यस्तो भएको... पुरा पढ्नुहोस

जेष्ठ नागरिकहरुलाइ सम्मान गर्दै ३१ औं जन्मदिन मनाए बेलबारीका युवा डा. प्रवास थापाले

जन्मदिनलाई तडकभडक गर्दै र भड्किलो बनाउंदै मनाउने संस्कार बिकशित भइरहेको बेला मोरङ बेलबारी एक युवाले आफ्नो  जन्मदिन बेलबारीका जेष्ठ नागरिकहरुलाइ सम्मान गरेर मनाएका छन् । बेलबारी ३ निवासी डा. प्रवास थापाले आफ्नो ३१ औं जन्मदिनको अबसरमा बेलबारी १ स्थित जेष्ठ नागरिक मन्चमा गएर त्यहाँ रहेका करिब ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेका... पुरा पढ्नुहोस

प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न, दुई दर्जनभन्दा बढी सञ्चारकर्मीहरु सम्मानित

शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ । प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच... पुरा पढ्नुहोस

पिच हुनै आंट्यो लालभित्ति-देवीझोडा सडक, हर्षित छन् कुसुमे र देवीझोडावासीहरु

 मोरङ /गाउँको बाटो पक्की बन्ने भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ को कुसुमे र देवीझोडावासीहरु हर्षित भएका छन् । लामो समय देखि गाउँको बाटो पक्की बनाउन कुसुमे र देवीझोडावासीले चाहना राखेका थिए । राजमार्ग देखि अढाई किलोमीटर उत्तरमा रहेको कुसुमेमा अहिले सम्म पक्की सडक बनेको थिएन । बेला बेलामा... पुरा पढ्नुहोस