पूर्वी नेपाल
मेची बहुउद्देश्यीय सहकारीले बेलबारीमा पनि गर्यो वार्षिक साधारणसभा
- 3 महिना, 1 दिन अगाडि
- ४ भाद्र २०८१, मंगलवार
संस्थाले एक बर्षमा नेपाल सरकारलाई तिर्यो ३ करोड २१ लाख कर मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेलबारी सेवा केन्द्रमा वार्षिक साधारणसभा गरेको छ । मोरङ बेलबारीस्थित सांगठनिक सांस्कृतिक भवनको सभाहलमा सोमबार आयोजित कार्यक्रममा संस्थाले सेवा केन्द्र स्तरीय ३० औं साधारण सभा गरेको हो । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको सहकारीका ... पुरा पढ्नुहोस
बेलबारीमा मृत अबस्थामा भेटियो जंगली हात्ती
- 3 महिना, 8 दिन अगाडि
- २९ श्रावण २०८१, मंगलवार
मोरङ बेलबारीमा एउटा जंगली हात्ती मृत अबस्थामा फेला परेको छ । बेलबारी नगरपालिका ३ करमडाँडामा रहेको निजी वन क्षेत्रमा संकास्पद अबस्थामा करिब दुई तीन बर्षको पोथी हात्ती मृत अबस्थामा फेला परेको हो । मंगलबार बिहान २ बजेतिर त्यहाँ दुई- तीनवटा हात्ती देखा परेका थिए । दुई बजेतिर मानिसहरूको होहल्ला सुनेर... पुरा पढ्नुहोस
संघीय सरकारका मन्त्री तथा नेताहरूसँग भेटघाट गर्दै कांग्रेस धनकुटाको टोली
- 3 महिना, 26 दिन अगाडि
- ११ श्रावण २०८१, शुक्रबार
नेपाली कांग्रेस धनकुटाको एक टोलीले संघीय सरकारका मन्त्री तथा नेताहरूसँगको भेटघाट तीब्र पारेका छन् । टोलीले साउन ७ गते गृह मन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री तथा कांग्रेसका यूवा नेता प्रदिप पौडेल भेटेको थियो । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य तथा धनकुटाका नेता उदय वहादुर लिम्बु,सम्र्पक... पुरा पढ्नुहोस
पथरीमा गरियो श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण कार्यक्रम
- 4 महिना, 9 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता –पत्र वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र... पुरा पढ्नुहोस
रोजगार सेवा केन्द्र पथरीद्वारा ३६ वटा योजना संचालन, तीन सय बढीले पाए रोजगारी
- 4 महिना, 10 दिन अगाडि
- २८ असार २०८१, बिहीबार
पथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरेको छ । रोजगार सृजना (आई.डी.ए.) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २७ वटा र रोजगारी सृजना (नेपाल सरकार) प्रधानमन्त्री रोजगार अन्तर्गत जम्मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरिएको रोजगार सेवा केन्द्रका प्रमुख हिमाल राईले... पुरा पढ्नुहोस
पञ्चायत माविका छात्रा एसइईमा मोरङ प्रथम, रेडस्टारका दुई विद्यार्थीले ल्याए ४ जीपीए
- 4 महिना, 24 दिन अगाडि
- १४ असार २०८१, बिहीबार
मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । पञ्चायत मावि प्रदेश सरकारबाट नमुना घोषित विद्यालय हो । २०८० को एइई नजिता आज (बिहिबारं) सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले... पुरा पढ्नुहोस
पथरीशनिश्चरे नगरस्तरीय खुला कविता प्रतियोगिता हुँदै
- 5 महिना, 2 दिन अगाडि
- ६ असार २०८१, बुधबार
मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता - २०८१ हुने भएको छ। कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। यही असार ०८ गते शनिवार सो प्रतियोगिताको प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगितामा सहभागिता जनाउने छन्।... पुरा पढ्नुहोस
पथरीशनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत
- 5 महिना, 17 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
पथरीशनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत भएका छन् । आर्थिक वर्ष २०८०/०८१ को मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरका दुई सञ्चारकर्र्मी र एक सञ्चारमाध्यमलाई नगरले पत्रकार वितरण गरेको हो । लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवं प्रवक्ता नविन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा अग्रज पत्रकार÷नगरको पूर्व सूचना... पुरा पढ्नुहोस
पथरी जेसीजद्वारा अक्षयकोष स्थापनाका ५१ हजार रुपैयाँ सहयोग
- 5 महिना, 19 दिन अगाडि
- २० जेष्ठ २०८१, आईतवार
मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ मा रहेको जनकल्याण आधारभुत विद्यालयका अति विपन्न तथा गरिब छात्रछात्राको लागि पथरी जेसीजले अक्षय कोष स्थापनार्थ रकम सहयोग गरेको छ । आज आइतबार जरायो टोलस्थित सो विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको हो। वडा... पुरा पढ्नुहोस
पूर्वी नेपालमै पहिलो पटक नोवेलमा सुरु भयो अटोइम्यून रोगको विशेष जाँच
- 5 महिना, 25 दिन अगाडि
- १४ जेष्ठ २०८१, सोमबार
पूर्वी नेपालमा पहिलो पटक विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले यो प्रविधीबाट अटोइम्यून डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार शरिरको कोशिकाहरुमाथि हमला गर्दै रोग प्रतिरोधात्मस क्षमता घटाएर शरिरको विभिन्न अङ्गमा समस्या ल्याउने अटोइम्यून डिजिजको जांच नोबेलमा शुरु भएको हो।... पुरा पढ्नुहोस