पूर्वी नेपाल
धनकुटाका जनप्रतिनिधि र कांग्रेस नेताहरूले संघीय सरकारका पाँच मन्त्रीलाइ बुझाए ज्ञापन
- 2 बर्ष, 3 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
धनकुटाको स्थानीय तहका जनप्रतिनिधि र नेपाली कांग्रेस धनकुटाको प्रतिनिधि मण्डलले धनकुटाको विकास र समृद्धीका लागि भन्दै नेपाल सरकारका पाँच जना संघिय मन्त्रिहरुलाई माग पत्र बुझाएको छ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापा, पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापति दिनेश राई, उपसभापति निर्मल... पुरा पढ्नुहोस
बयरको रुखमा कसैले लड्काइदियो कि आफैं झुन्डिए तिन किशोरीहरु ?
- 2 बर्ष, 4 महिना अगाडि
- ८ श्रावण २०७९, आईतवार
झापाको कचनकवलब – ५ मा रहस्यमय तरिकाले एउटै रूखमा पासो लागेर तीन किशोरीको परान गएको छ । एउटै रुखमा झुन्डिएर मर्नेमा १६ वर्षिया करिना, कल्पना र १७ वर्षिया अञ्जली गणेश छन् । नजिकैको चिया बगानमा काम गर्ने उनीहरू शनिबार दिउँसो १२ बजे सँगसँगै घरबाट निस्किएका थिए । तर बेलुका अबेरसम्म... पुरा पढ्नुहोस
नोबेलद्वारा विराटचौकमा १ सय १६ जना बुढापाकाको मुटु जाँच तथा उपचार
- 2 बर्ष, 4 महिना अगाडि
- ८ श्रावण २०७९, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवार मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित विराटचौकमा मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ । स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको हो । शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथा फोक्सोसँग सम्बन्धित... पुरा पढ्नुहोस
नोबेलले सुरु गर्यो ‘टोकन सिस्टम, अब हुन्न पूर्जी काट्न लाइन बस्नुपर्ने बाध्यता
- 2 बर्ष, 4 महिना अगाडि
- ४ श्रावण २०७९, बुधबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’ लागू गरेको छ । विरामी र विरामीका आफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमा उभिनुपर्ने झन्जटबाट मुक्त गर्न नोबेलले टोकन सिस्टम सुरु गरेको हो । अहिले पहिलो चरणमा पुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिएको छ । विरामीले टोकन नम्बर लिएर स्क्रीनमा... पुरा पढ्नुहोस
धनकुटाको मेयर र महालक्ष्मी ८ का वडाध्यक्षको मतगणनाका कागजात झिकाउन अदालती आदेश
- 2 बर्ष, 4 महिना अगाडि
- १ श्रावण २०७९, आईतवार
स्थानीय तहको निर्वाचनको क्रममा धनकुटा नगरपालिकामा मेयर पदको र महालक्ष्मी नगरपालिका वडा नं. ८ मा वडाध्यक्षको पदको मतगणना दोहो¥याई पाउँ भनी दिएको निवेदनमा उच्च अदालत धनकुटाको ईजलासले मतगणना गर्दा गरिएको मुचुल्का फायलहरु लगायतकाका कागज झिकाउन आदेश दिएको छ । उच्च अदालतले मतगणना गर्दा गरिएको मुचुल्का, फायलहरु, मतगणना स्थलको सि.सि. टि.... पुरा पढ्नुहोस
खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार सेवा दिँदै नोबेल र केएमसी
- 2 बर्ष, 4 महिना अगाडि
- २६ असार २०७९, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागी नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पिकमा सहभागी नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई... पुरा पढ्नुहोस
नोबेलको ‘एम्बुलेन्स क्याम्प’ : १५ दिनमा १२ हजार बिरामीले पाए निःशुल्क उपचार
- 2 बर्ष, 4 महिना अगाडि
- २१ असार २०७९, मंगलवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १२ हजार भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा एम्बुलेन्स क्याम्प सञ्चालन गरेर दुई साताको अवधिमा १२ हजार ३ सय ६४ विरामीको निःशुल्क... पुरा पढ्नुहोस
पाँचथरमा बन्यो नेपालकै ठूलो धातुको बुद्द मुर्ति, बजेट निकासा रोकिँदा रंगरोगन प्रभावित
- 2 बर्ष, 4 महिना अगाडि
- १४ असार २०७९, मंगलवार
पाँचथरको मिक्लाजुङ गाउँ पालिका ४ मा नेपालकै सबैभन्दा ठूलो धातुबाट निर्मित बुद्द मुर्तिको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुर्वी पहाडी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ स्थित रबि बजारभन्दा उत्तरपट्टी जडिबुटे सामुदायिक वन क्षेत्रको जडिबुटी डाँडामा ३८ फिट अग्लो देशकै ठूलो धातुको बुद्धमूर्ति सहितको पार्क निर्माणको काम अन्तिम चरणमा... पुरा पढ्नुहोस
धनकुटामा ६ महिनाभित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक
- 2 बर्ष, 4 महिना अगाडि
- १३ असार २०७९, सोमबार
अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले धनकुटामा वितेका ६ महिना भित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक गरेको छ। इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो। मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि संकलित... पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति मोरङमा निर्वाचनको रन्को, सुन्दरहरैचाका राईले सभापति जित्ने पक्का
- 2 बर्ष, 5 महिना अगाडि
- २५ जेष्ठ २०७९, बुधबार
जिल्ला समन्वय समिति मोरङको निर्वाचन जेठ ३१ गते हुने टुंगो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदाता नामावली प्रकासन तथा नामावली सच्याउने वा छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकासन बुधबार हुनेछ । त्यस्तै मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने... पुरा पढ्नुहोस