गाउँ/समाज
पथरी जेसीजद्वारा अक्षयकोष स्थापनाका ५१ हजार रुपैयाँ सहयोग
- 5 महिना, 20 दिन अगाडि
- २० जेष्ठ २०८१, आईतवार
मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ मा रहेको जनकल्याण आधारभुत विद्यालयका अति विपन्न तथा गरिब छात्रछात्राको लागि पथरी जेसीजले अक्षय कोष स्थापनार्थ रकम सहयोग गरेको छ । आज आइतबार जरायो टोलस्थित सो विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको हो। वडा... पुरा पढ्नुहोस
पथरीशनिश्चरेमा एक बाच्छीले नब्याउँदै दिन्छ दिनहुँ अढाई लिटर दुध
- 5 महिना, 20 दिन अगाडि
- २० जेष्ठ २०८१, आईतवार
भुमी पाठक मोरङको पथरीशनिश्चरेमा नब्याएको बाछी अर्थात कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । पथरीशनिश्चरे –९ रिगुवाका पिताम्बर नेपालले पालेका गाईले बिगत ९ महिनादेखि दैनिक दुध दिन थालेको हो। नेपालले पाँच हजार रुपैयाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याएका थिए। ल्याएको सात महिनादेखि गाईको फाँचोमा... पुरा पढ्नुहोस
भुस्याहाहरुको संख्या घटाउन धनकुटा बजार क्षेत्रका ७५ कुकुरहरुको परिवार नियोजन
- 6 महिना, 15 दिन अगाडि
- २५ बैशाख २०८१, मंगलवार
धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण धनकुटा बजार क्षेत्रका कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने... पुरा पढ्नुहोस
हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, भीरगाउँका बासिन्दामा खुशीयाली
- 6 महिना, 15 दिन अगाडि
- २५ बैशाख २०८१, मंगलवार
धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भिरगाउँबासी खुशी भएका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिलेमा एक कार्यक्रमकाबीच केही दिनअघि शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो । मेयर तामाङको पहिलो कार्यकालमा निर्माण शुरु भएको सो सडक उनकै दोस्रो कार्यकालमा सडक कालोपत्रे थालिएको... पुरा पढ्नुहोस
व्यवस्थापन संकायका पूर्व डिन थपलिया पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त
- 6 महिना, 21 दिन अगाडि
- १९ बैशाख २०८१, बुधबार
मोरङ / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेको आधारमा थपलिया उपकुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका छन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका... पुरा पढ्नुहोस
पक्राउ परे झापा र मोरङका दर्जनभन्दा बढी सहकारी लुट्ने चोरहरु
- 7 महिना, 2 दिन अगाडि
- ८ बैशाख २०८१, शनिबार
बिर्तामोड — झापाका एक दर्जनभन्दा बढी सहकारीसहित पूर्वका विभिन्न सहकारीहरुमा श्रृङखलावद्ध चोरी तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा झापा र सुनसरी प्रहरीले ६ जनाको समूहलाई शुक्रबार इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरु र उनीहरुले चोरी गरेको विवरणको पहिचान खुलाइएको छैन । पक्राउ उनीहरुलाई... पुरा पढ्नुहोस
निवृत्त राष्ट्रसेवक समाज कोशी प्रदेशकाे चाैथाे साधारण सभा सम्पन्न नयाँ समिति चयन
- 7 महिना, 22 दिन अगाडि
- १८ चैत्र २०८०, आईतवार
सुन्दरहरैँचा । निवृत्त राष्ट्रसेवक समाज नेपाल काेशी प्रदेशले एक कार्यक्रमकाविच आफ्नाे चाैथाे साधारणसभा सम्पन्न गरेकाे छ । सुन्दरहरैँचा ८ सलकपुरमा रहेकाे संस्थाकाे कार्यालयमा आयाेजित कार्यक्रममा साधारणसभा सम्पन्न गरेकाे हाे । साधारणसभामा काेशी प्रदेशका १४ ओटै जिल्लाबाट प्रतिनिधिहरूकाे सहभागिता थियाे । अधिवेसनबाट छत्रबाबु आेझाकाे अध्यक्षतामा १६ सदस्सीय प्रदेस समिति र कृष्णप्रसाद... पुरा पढ्नुहोस
बेलबारीमा श्रीमतिको हत्या गरी ६० बर्षिय श्रीमानले गरे आत्महत्या
- 8 महिना, 2 दिन अगाडि
- ७ चैत्र २०८०, बुधबार
मोरङ बेलबारी नगरपालिका १ स्थित भेडा टोल बस्ने ६० बर्षिय बम बहादुर लिम्बुले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आपसी बादबिबाद हुँदा बम बहादुर लिम्बुले श्रीमति गिता लिम्बुलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरेका हुन् । बुधबार बिहानको ०१:४० बजेतिर घटना भएपछि तत्काल ०१:५० बजेतिर ईलाका प्रहरी... पुरा पढ्नुहोस
पथरी घटनामा भाउजू ठानेर नन्दको हत्या गरेको खुलासा
- 8 महिना, 11 दिन अगाडि
- २८ फाल्गुन २०८०, सोमबार
मोरङ पथरीशनिश्चरे–७ की १५ वर्षीया वालिका ज्ञानमति थुलुङ राई (सन्जना) को हत्यामा संलग्न धिरेनकुमार खाँ चौधरीले भाउजुलाइ भनी खुकुरी हानेको तर झुक्किएर ज्ञानमतिलाइ लागेको बयान प्रहरीलाइ दिएका छन् । ज्ञानमतिको हत्या आरोपमा पक्राउ परेका मोरङको ग्रामथान गाउँपालिका घर भइ बाराको जितपुर सिमरा बस्ने ३८ वर्षीय चौधरीले भाउजुलाई प्रहार गरेको खुकुरी... पुरा पढ्नुहोस
मदन भण्डारी राजमार्ग बनेपछि स–साना बजार पनि व्यापारिक केन्द्र बन्दै
- 8 महिना, 13 दिन अगाडि
- २६ फाल्गुन २०८०, शनिबार
सरकारको प्राथमिकतामा राखेको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता पाएसँगै कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी र उदयपुरमा ब्यापारिक चहलपहल बढ्म थालेको छ । राजमार्ग आयोजना कार्यालयले सातवटा प्याकेजमा पूर्वीखण्डको ९५ दशमलव आठ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । पहिलो खण्ड सर्दु–भलुवाको २४ दशमलव आठ किलोमिटर सडक... पुरा पढ्नुहोस