नगरभित्रका उत्कृष्ट विद्यालय तथा शिक्षकहरु सम्मानित

  • ३२ असार २०७५, सोमबार

केशु विरही, बेलबारी, मोरङ/ बेलबारी नगरपालिकाले एक कार्यक्रम गरी उत्कृष्ठ परीक्षाफल दिने नगरपालिका भित्रका सामूदायिक विद्यालय र तिनका विषयतग शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

नगरपालिकाले साँस्कृतिक हलमा कार्यक्रममा संचालन गरेर नगरपालिकाको सुचांकमा उत्कृष्ठ देखिएका विद्यालय तथा शक्षकहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेको हातबाट पुरस्कार तथा सम्मान गरेको हो । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षकहरुले परिवर्तित अवस्थालाई वुझेर अगाडि वढ्नु पर्ने कुरामा जोड दिए । राम्रो काम गर्नेलाई सम्मान तथा गल तगर्नेलाई दण्डित गरिने वताए ।

कार्यक्रमका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले आफू र सिङ्गै नगरपालिका नगरको समग्र शैक्षिक अवस्थालाई माढि उठाउँने योजनामा रहेको । नगरप्रमुख सुवेदीले पुरस्कृत विद्यालय तथा विषयगत शिक्षकहरुलाई हार्दिक वधाई पनि दिएका थिए । नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, प्रदेशसभा सांसद विजय विस्वास, नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली लगायत विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्याप तथा व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले कार्यक्रमको औचित्यको वारेमा वताउँदै उपस्थित सबैलाई स्वागत गरेका थिए भने शिक्षकहरुको संस्थाको तर्फबाट गोविन्द भण्डारी, राजनैतिक दलको तर्फबाट पर्शुराम सुवेदी, पूर्व सांसद हर्कमान तामाङ, प्रदेशसभा सांसद विजय विस्वासले आ आफ्ना मन्तव्य राख्ने क्रममा कार्यक्रमले शिक्षकहरुमा उत्प्रेरणा जगाउने आसा व्यक्त गरेका थिए । साथै उनीहरुले नगरपालिकालाई धन्यवाद पनि दिएका थिए । २

०७३ सालको माध्यमिक शिक्षा परीक्षामा विद्यार्थीले प्राप्त गरेको जिपिएको आधारमा लक्ष्मी मावि बेलबारी –११ र गत सालको कक्षा ८ को परीक्षाफको आधारमा रामजानकी आधारभूत विद्यालय बेलबारी –७ लाई उत्कृष्ठ विद्यालय घोषण गरी तिनीहरुलाई १÷१ लाख रुपैया वरावरको चेक र प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री घिमिरेले पुरस्कृत विद्यालयलाई चेक तथा प्रशंसा पत्र प्रदान गरेका थिए । साथै सोहि अवसरमा विभिन्न १० जना विषयगत शिक्षकहरुलाई रु १० हजारका साथमा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख जीवन गड्तौलाले गरेका थिए ।