ताजा अपडेट
धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन
- 1 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०८०, मंगलवार
धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि... पुरा पढ्नुहोस
धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण, कार्यालय पनि उद्घाटन
- 1 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०८०, मंगलवार
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर,... पुरा पढ्नुहोस
साहित्यकार केशु विरही र कलाकर्मी गणेश लामा सम्मानित हुँदै
- 1 बर्ष, 5 महिना अगाडि
- १९ माघ २०८०, शुक्रबार
लेखक, साहित्यकार तथा पत्रकार केशु विरही कलाकर्मी गणेश लामा ‘आसुँ’ लाई बेलबारी साहित्य बिकास समितिले सम्मान गर्ने भएको छ । लेखन, पत्रकारिता तथा साहित्यको माध्यमबाट नेपाली समाजलाई योगदान पुर्याए बापत आएका विरही नगद २५ हजारसहित बेलबारी साहित्य सम्मानबाट सम्मानित हुन लागेका हुन् । त्यस्तै कला क्षेत्रमा विशेष योगदान पुर्याए बापत... पुरा पढ्नुहोस
नोबेलमा वालवालिकाको निःशुल्क उपचार सुरु
- 1 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०८०, सोमबार
विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोसी प्रदेश सरकारको योजनाअन्तर्गत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको उपस्थितिमा नोबेल शिक्षण अस्पतालमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू भएको हो। स्वास्थ्य मन्त्रालयकी सचिव डा. देवकोटाले उपचारका लागि विरामी बालबालिकाको स्थायी बसोबास खुल्ने सरकारी काजपत्र आवश्यक हुने... पुरा पढ्नुहोस
बेलबारीका वाल गायक प्रज्वल पौडेलको नयाँ गीत ‘नेपाली भाका’ सार्वजनिक (भिडियो सहित)
- 1 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०८०, आईतवार
मोरङको बेलबारीमा एक समारोहका बीच बाल गायक प्रज्वल पौडेलको नयाँ गीत 'नेपाली भाका' सार्वजनिक गरिएको छ। अलङ्कार कला केन्द्र बेलबारीको आयोजनामा बेलबारीमा अबस्थित सांस्कृतिक भवनको सभाहलमा आयोजित विमोचन समारोहका प्रमुख अतिथि बेलबारी वडा नं. ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी रहेका थिए । विमोचन समारोहमा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष... पुरा पढ्नुहोस
सुन्दरहरैंचाका पुर्व लेखा अधिकृत ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
- 1 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०८०, आईतवार
घुस लिएको अभियोगमा पक्राउ परेका मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका ढकाललाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाश फैसला गरेसंगै ढकाललाई ६ महिना... पुरा पढ्नुहोस
धनकुटामा रहेका सरकारी कार्यालयहरु अन्यत्र नसार्ने मुख्य मन्त्री कार्कीको प्रतिबद्धता
- 1 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०८०, आईतवार
नेपाली कांग्रेस धनकुटा नेतृत्वको टोलीले कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीलाई धनकुटामा रहेका सरकारी कार्यालयहरु कतै पनि नसार्न आग्रह गरेको छ । मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा कांग्रेस धनकुटाको टोलीले भेटी धनकुटामा रहेको सरकारी कार्यालय विराटनगर लगायत अन्यत्र नर्सान मुख्य मन्त्री केदार काकीलाई ज्ञापन पत्र मार्फत माग गरेको हो... पुरा पढ्नुहोस
इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवाले नोवेलमा बढ्न थाले मुटुका विरामी
- 1 बर्ष, 5 महिना अगाडि
- ११ माघ २०८०, बिहीबार
विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मुटु रोग विभागमा मुटुको धडकन् बढ्ने विरामीहरुको दीर्धकालिन उपचारको लागि इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु भएपछि पूर्वी नेपालका यस्ता समस्या भएका विरामीहरुको चाप बढ्न थालेको छ । मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गए... पुरा पढ्नुहोस
सिंहदेवी सामुदायिक वनको १८ औं बार्षिक साधारणसभा सम्पन्न
- 1 बर्ष, 5 महिना अगाडि
- १० माघ २०८०, बुधबार
केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको १८ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र मनमाया मगरको बिशेष आतिथ्यतामा वनको आफ्नै हलमा साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कृष्ण लुइँटेल, केराबारी ९ का... पुरा पढ्नुहोस
मोरङ सुनसरी सेवा समाज नेपालको १२ औं साधारणसभा सम्पन्न, नयाँ समिति गठन
- 1 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०८०, आईतवार
मोरङ सुनसरी सेवा समाज नेपालको १२ औं साधारणसभाले टेकनाथ बरालको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रको खोर्सनेभन्दा पुर्वपटी आफ्नै जग्गा अर्थात भवन निर्माण स्थलमा संस्थाले वनभोज सहित १२ औं साधारणसभा गरेको हो । साधारणसभाले दोस्रो कार्यकालका लागि पुन: टेकनाथ बराललाई नै अध्यक्ष चयन... पुरा पढ्नुहोस