पूर्वी नेपाल

जुत्ता चप्पल किन्ने योजना छ ? सस्तो, राम्रो र ब्राण्डेड नै रोज्ने भए विराटनगर जानोस्

नेपालका जुत्ताचप्पल उत्पादकलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ताघरले विराटनगर फुटवेयर एक्स्पो २०७६ (जुत्ताचप्पल मेला) आयोजना गरेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ मंंगलबारदेखि बिराटनगरस्थित जैनभवनमा मेला  हुन लागेको हो ।आयोजक नेपाली जुत्ताघरले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेला पुस १५ गतेसम्म चल्ने छ... पुरा पढ्नुहोस

हराएका मोबाइल खोज्नमा सफल बन्दै इप्रका बेलबारी, एक महिनाभित्रै १९ जनाले फिर्ता पाए मोबाइल

ईलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न समयमा विभिन्न स्थानबाट हराएका ११ वटा मोबाइल खोजी गरी सम्बन्धित ब्यक्तिहरुलाई बुझाइ दिएको छ। एक महिनाको बिचमा दोस्रोपटक मोबाइल हस्तान्तरण कार्यक्रम तथा पत्रकार सम्मेलनमा  गर्दै इप्रका बेलबारीका प्रमुख गुणराज बुढाथोकीले फेला परेका ११ थान मोबाइल सेटहरु मोबाइल धनीलाई बुझाएका हुन् । हराएका मोबाइल प्राप्त गर्नेमा मोरङ केराबारीका... पुरा पढ्नुहोस

गोठगाउँमा भो पुर्वान्चल बिश्व विद्यालयको नवौं दिक्षान्त समारोह, दिक्षित भए झण्डै दश हजार बिद्यार्थी

पुर्वाञ्चल विश्वविद्यालयको नवौ दिक्षान्त समारोह मोरङको सुन्दरहरैचास्थित गोठगाँउमा शुक्रबार भब्य रूपमा सम्पन्न भएको छ । दिक्षान्त समारोहमा यस बिश्वविद्यालय अन्तरगत शैक्षिक वर्ष २०७२, २०७३, २०७४ र २०७५ का  कला, शिक्षा, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका गरी जम्मा ९ हजार ९ सय ८ जना विद्यार्थीहरुमध्ये उपस्थित विद्यार्थीहरुलाई विश्वविद्यालय... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा जताततै भत्कियो पुर्व पश्चिम राजमार्ग, आन्दोलनमै उत्रिए बाँसबारीका जनता

पुर्व पश्चिम राजमार्ग मर्मत नभएको भन्दै सुन्दरहरैचा वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दा आन्दोलित भएका छन् । भत्किएको लामो समयसम्म पनि सडक मर्मत नगरेको भन्दै स्थानीयबासीले शनिबारदेखि सांकेतिक आन्दोलन शुरु गरेका हुन् । उनीहरू आइतबार १५ मिनेट सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका छन् । सुन्दरहरैचाको बाँसबारी चौकमा लामो... पुरा पढ्नुहोस

सरस्वती गुरुङ बचाउ अभियानमा बिश्वभरबाट उठ्यो ३८ लाख, मृगौला पिडित सरस्वतीले पाइन् नयाँ जीवन

मोरङको बेलबारी नगरपालिका वाड ४ निवासी मृगौला रोगबाट पीडित सरस्वती गुरुङले नयाँ जीवन पाएकी छिन् । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित उनको शल्यक्रिया सफल भएको छ । दुई वर्षदेखि  मिर्गौलामा आएको समस्याका कारण उनी बिरामी थिइन् । उनको उपचारका लागि सरस्वती गुरुङ बचाउ अभियान समिति गठन गरी रकम संकलन अभियान... पुरा पढ्नुहोस

बेलबारीमा बन्नेभो पार्क सहितको ठुलो जनयुद्ध संग्रहालय

 मोरङको बेलबारी नगरपालिका २ लालभित्तिमा पार्क सहितको  जनयुद्ध संग्राहलय बन्ने भएको छ । जनयुद्ध स्मृति प्रतिष्ठानको पहल र नेपाल सरकारलो सहयोगमा सो संग्राहलय निर्माण हुने भएको हो ।  बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले  केही महिनाअघि जनयुद्ध प्रतिष्ठानलाई आठ बिघा जमिन दान गरेका थिए । नेता बस्नेतका अनुसार यस जनयुद्ध संग्रहलयमा... पुरा पढ्नुहोस

मोरङमै अब्बल बन्दै बेलबारी नगरपालिकाको न्यायिक समिति, एकै दिन दश वटा उजुरी दर्ता

मोरङमै न्याय सम्पादनमा उत्कृष्ट मानिएको बेलबारी नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय उजुरीको चाप बढ्न थालेको छ । मुद्दाको चापलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन छलफल एवम् मेलमिलापको कार्यलाई प्राथमिकता दिएर उजुरीको निकास दिंदै गएपछि उजुरी बढ्न थालेका हुन् । मंङ्सिर १६ गते अर्थात सोमबार एकैदिन बेलबारी नगरपालिकाको न्यायिक समितिमा... पुरा पढ्नुहोस

पत्रकारितासँगै भुकम्प प्रतिरोधात्मक घर बनाउने ब्यबशायतिर लागे भण्डारी

पत्रकारिताका माध्यमबाट समाज र राष्ट्रका लागि केही गर्ने सोचले दुई दशकदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी अम्बिका भण्डारीले निर्माण सम्बन्धि नयाँ ब्यबशाय शुरु गरेका छन् । सञ्चारकर्ममा लामो समय विताएका भण्डारीले भौतिक विकासमा पनि योगदान गर्न यस्तो व्यवसायमा लागेको बताएका छन् । बिगत पन्ध्र सोह्र बर्षदेखि मोरङको बेलबारीलाइ पत्रकारिताको कार्यथलो बनाउँदै... पुरा पढ्नुहोस

कांग्रेसले जित्यो धरानको मेयर; कांग्रेसीहरु दंंग, बामपन्थीको किल्ला भंग

धरान उपमहानगरपालिकाको मेयरमा  कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् । तीन चार दशकदेखिको कम्युनिष्टको किल्ला तोड्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउँदै तिलक बिजयी भएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाए भने प्रकाशले २३ हजार ९ सय... पुरा पढ्नुहोस

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल बिजयी

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा बिजयी भएका हुन् । मत परिणाम अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी भए ।  कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका थिए  ।  यसअघि पनि... पुरा पढ्नुहोस