ताजा अपडेट
केराबारी ९ मा दोश्रो कुसुमे उद्यौली कप २०७६ हुँदै, तयारी अन्तिम चरणमा
- 5 बर्ष, 7 महिना अगाडि
- १९ मंसिर २०७६, बिहीबार
मोरङको केराबारी ९ कुसुमेमा आयोजना गरिएको दोश्रो कुसुमे उद्यौली कप २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । कुसुमे साईनिङ क्लवद्धारा आयोजित मंसिर २० गते अर्थात शुक्रबारदेखि शुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । “दोस्रो कुसुमे उद्यौली कप २०७६” को तयारी अन्तिम चरणमा पुगेको क्लवका सचिव अमर राईले बताए... पुरा पढ्नुहोस
मोरङमै अब्बल बन्दै बेलबारी नगरपालिकाको न्यायिक समिति, एकै दिन दश वटा उजुरी दर्ता
- 5 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
मोरङमै न्याय सम्पादनमा उत्कृष्ट मानिएको बेलबारी नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय उजुरीको चाप बढ्न थालेको छ । मुद्दाको चापलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन छलफल एवम् मेलमिलापको कार्यलाई प्राथमिकता दिएर उजुरीको निकास दिंदै गएपछि उजुरी बढ्न थालेका हुन् । मंङ्सिर १६ गते अर्थात सोमबार एकैदिन बेलबारी नगरपालिकाको न्यायिक समितिमा... पुरा पढ्नुहोस
गीत सृजना गर्दागर्दै ग्रामीण परिवेशको चलचित्र बनाउनतिर लागे धनकुटाका श्रीमन खजुम
- 5 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
युवराज ठकुरी / केराबारी,मोरङ / मोफसलमा बसेर पनि निरन्तर गीतसंगीत र साहित्यको क्षेत्रमा लागिरहेका चौविसे गाँउपालिका- ८ धनकुटाका श्रीमन खजुमले नेपाली कथानक चलचित्र 'प्रतिघात' ल्याउने भएका छन् । विभिन्न गीत मार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले पहिलो पल्ट नेपाली कथानक चलचित्र निर्माण गरेका हुन । चलचित्रमा उनकै गीतको म्युजिक भिडियोमा अभिनय... पुरा पढ्नुहोस
साना तथा मझौला ब्यवसायी महासंघ सिन्धुलीको नयाँ समिति, महिला ब्यबशायी पनि संगठित
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
सिन्धुलीमा भएको साना तथा मझौला ब्यवसायीहरुको बृहद् भेलाले लीलानाथ घिमिरेको अध्यक्षतामा साना तथा मझौला ब्यवसायी महासंघ, सिन्धुली गठन गरेको छ । केन्द्रीय अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेलको उपस्थितिमा भएको भेलाले संस्थाको उपाध्यक्षद्वयमा खडानन्द तिमल्सिना र सीता सत्याल, सचिवमा अशोक गुरुङ, सचिव केदार देवकोटा र कोषाध्यक्ष... पुरा पढ्नुहोस
केराबारीमा शुरु भो फुड फेस्टिबल एण्ड टुरिजम फेयर, जाने हैन प्याराग्लाइडिङ खेल्न ?’
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने तथा पर्यटनको प्रबर्द्धन र बिकास गर्ने उदेश्यले सोमबारदेखि मोरङको केराबारीमा फुड एण्ड म्युजिकल फेस्टिबल तथा टुरिजम फेयर शुरु भएको छ । केराबारी गाउँपालिकाको सहयोग र केराबारी होटल तथा पेय पदार्थ व्यवसायी संघको आयोजनामा फेष्टिबल शुरु भएको हो । मंसिर २४ गतेसम्म चल्ने फेस्टिबल तथा... पुरा पढ्नुहोस
पत्रकारितासँगै भुकम्प प्रतिरोधात्मक घर बनाउने ब्यबशायतिर लागे भण्डारी
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
पत्रकारिताका माध्यमबाट समाज र राष्ट्रका लागि केही गर्ने सोचले दुई दशकदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी अम्बिका भण्डारीले निर्माण सम्बन्धि नयाँ ब्यबशाय शुरु गरेका छन् । सञ्चारकर्ममा लामो समय विताएका भण्डारीले भौतिक विकासमा पनि योगदान गर्न यस्तो व्यवसायमा लागेको बताएका छन् । बिगत पन्ध्र सोह्र बर्षदेखि मोरङको बेलबारीलाइ पत्रकारिताको कार्यथलो बनाउँदै... पुरा पढ्नुहोस
कांग्रेसले जित्यो धरानको मेयर; कांग्रेसीहरु दंंग, बामपन्थीको किल्ला भंग
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् । तीन चार दशकदेखिको कम्युनिष्टको किल्ला तोड्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउँदै तिलक बिजयी भएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाए भने प्रकाशले २३ हजार ९ सय... पुरा पढ्नुहोस
अस्पतालबाटै एकाबिहानै पक्राउ परे ‘सिद्धबाबा’, एम्बुलेन्समा हालेर लगियो प्रहरी खोरमा
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
सिद्धबाबा भनिने चतराधामाका कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउदै उनलाई नियन्त्रणमा लिइएको हो । बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो । गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी शर्माले... पुरा पढ्नुहोस
कास्कीमा बिजयी भइन् विद्या, धरानमा चाहिँ कांग्रेसको अग्रता
- 5 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७६, आईतवार
कास्की २ को उप निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । तत्कालीन पर्यटनमन्त्री रबिन्द्र भट्टराईको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो स्थानमा रबिन्द्रकी पत्नी विद्या उम्मेदवार भएकी हुन् । उनले २४ हजार ३ सय... पुरा पढ्नुहोस
संखुवासभा र कास्कीमा नेकपा बिजयी, धरानमा कांग्रेस, पाँचथर र दाङमा नेकपा अगाडि
- 5 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७६, आईतवार
भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका थिए । त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाए । त्यहाँ यसअघि नेकपाले... पुरा पढ्नुहोस