पूर्वी नेपाल
बेलबारीका ७ वटा वडा कार्यालय भवन बन्दै, वडा ४ को भवन शिलन्यास
- 3 बर्ष, 6 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
बेलबारी नगरपालिकाका ७ वटा वडा कार्यालय भवन निर्माण शुरु भएको छ । बेलबारी १, २, ४, ६, ८,१० र ११ नम्बर वडा कार्यालयका भवनको निर्माण शुरु गरेको हो । । त्यसै क्रममा बेलबारी नगरपालिका वडा नम्बर ४ को भवन शिलन्यास गरीएको छ । एक कार्यक्रमका बिच नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले... पुरा पढ्नुहोस
बेलबारी क्याम्पसमा पढ्ने नयाँ बिद्यार्थीले तिर्नै नपर्ने भो भर्ना शुल्क
- 3 बर्ष, 7 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
आर्थिक अभावका कारण शैक्षिक उदेश्य नै पुरा नगरी छाड्ने गरेका बेला बेलबारी नगरपालिकाले भने बेलबारी बहुमुखी क्यापसमा अध्ययन गर्न आउने नयाँ बिद्यार्थीको भर्ना शुल्क तिरीदिने भएको छ । २०७७ /०७८मा प्रथम बर्षमा भर्ना हुने शबै सकायका बिद्यार्थीरुहको भर्ना शुल्क नगरपालिकाले तिरीदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । क्यापसमा शिक्षा शास्त्र,... पुरा पढ्नुहोस
धनकुटाका असिनापीडित कृषकलाई राहत दिन कांग्रेस, माओवादी र एमालेको माग
- 3 बर्ष, 7 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
धनकुटामा असिना सहितको बर्षाबाट पीडित कृषकहरुलाई राहत उपब्ध गराउन नेपाली कांग्रेस, माओवादी केन्द्र र बिद्रोही एमालेले सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, माओवादी केन्द्रका जिल्ला संयोजक रिषिराम ढुंगाना र बिद्रोही एमालेका जिल्ला अध्यक्ष अर्जुन राइले प्रेस विज्ञप्ती जारी गरी पीडित कृषकहरुलाई तत्काल राहत उपलब्ध... पुरा पढ्नुहोस
स्थापनाको पन्ध्र बर्षपछि बेलबारी क्याम्पस आफ्नै भवनमा, बन्यो नयाँ संचालक समिति
- 3 बर्ष, 7 महिना अगाडि
- १ बैशाख २०७८, बुधबार
बेलबारी बहुमुखी क्याम्पसको तेस्रो परिषद भेलाले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । निबर्तमान अध्यक्ष रहेका सुवेदी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । सुवेदी पहिलो पटक अध्यक्ष हुदाँ जग्गा ब्यबस्थापन गरी भवन समेत निर्माण गरीएको थियो । क्याम्पस भवन उद्घाटन ... पुरा पढ्नुहोस
मोरङमा माधव नेपाल पक्षले बनायो एमालेको जिल्ला कमिटी र बिराटनगर कमिटी
- 3 बर्ष, 7 महिना अगाडि
- २७ चैत्र २०७७, शुक्रबार
माधव नेपाल पक्षले नेकपा एमालेको समानान्तर मोरङ जिल्ला कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले ३ सय २५ सदस्यीय कमिटी घोषणा गरेको हो । नवगठित जिल्ला समितिमा एमालेका पुराना नेता चन्द्रविर राईले नेतृत्व गरेका छन् । उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन्।... पुरा पढ्नुहोस
एमाले निकट राष्ट्रिय शिक्षक संगठन मोरङ विभाजित, असन्तुष्ट पक्षले पनि बनाए समिति
- 3 बर्ष, 7 महिना अगाडि
- २२ चैत्र २०७७, आईतवार
मोरङमा नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन विभाजित भएको छ । शुक्रबार सुन्दरहरैंचाको बागझोडास्थित सामुदायीक बनको सभाहलमा भएको शिक्षक भेलाले संगठनको ३९ सदस्सीय नयाँ जिल्ला समिति घोषणा गरेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन, संगठन सुदृढीकरण अभियान अन्तरगत समिति गठन गरिएको छ। चैतभरमा जिल्लाका १७ वटै स्थानीय तहमा समानान्तर... पुरा पढ्नुहोस
पथरी शनिश्चरेका हाकिमसहित ६ जनाविरुद्ध मुद्दा, भ्रष्टाचार गरेको आरोप
- 3 बर्ष, 7 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
भ्रष्टाचार गरेको आरोपमा पथरीशनिश्चरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्दा दायर भएको छ । चुरे भावर संरक्षण कार्यक्रमअन्तर्गत शनिश्चरे नगरपालिकामा पोखरी निर्माणका लागि प्राप्त रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा खेप्नेमा... पुरा पढ्नुहोस
गोठगाउँस्थित पुर्वान्चल शिक्षण अस्पतालमा पनि हुनेभो २४ सै घण्टा उपचार
- 3 बर्ष, 8 महिना अगाडि
- ९ चैत्र २०७७, सोमबार
पुर्वान्चल बिश्व बिद्यालय केन्द्रिय कार्यालयमा अबस्थित पुर्वान्चल बिश्व बिद्यालय शिक्षण अस्पतालले २०७८ बैशाख देखि २४ सै घण्टा सेवा दिने तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयको अनुगमन गर्न गएका राष्ट्रिय सभाका सांसद रमेश जंग रायमाझी र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतको टोलीसँगको भेटघाटका क्रममा सो जानकारी दिइएको... पुरा पढ्नुहोस
भब्य रूपमा सकियो ‘नोबेल स्पोर्टस फियस्टा’ अर्थात खेलकुद उत्सव
- 3 बर्ष, 8 महिना अगाडि
- ३ चैत्र २०७७, मंगलवार
नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ भब्य रूपमा सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले आयोजना गरेको आठ दिने फियस्टा अर्थात खेलकुद उत्सवमा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत २४ वटा प्रतियोगिता भएका थिए । जसमध्ये पुरुष फुटबलतर्फ सुरक्षागार्ड टिमलाई पराजित गर्दै एमवीवीएस नवौं... पुरा पढ्नुहोस
उपचार गर्न बिदेशिने प्रथा तोड्दै कांग्रेस नेता कोइराला, नोबेलमै गरियो पित्तथैलीको शल्यक्रिया
- 3 बर्ष, 8 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली कांग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ । १ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैलीमा भएको ढुंगा निकालेको हो । सामान्य... पुरा पढ्नुहोस