पूर्वी नेपाल
कोरोना महामारीपछि नोबेलमा बल्ल सुचारु भो बिना चिरफार पित्त नलीको अप्रेसन
- 3 बर्ष, 10 महिना अगाडि
- ८ माघ २०७७, बिहीबार
नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो । कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै... पुरा पढ्नुहोस
धनकुटाको सवै पालिकामा कांग्रेसको शक्ति प्रर्दशन
- 3 बर्ष, 10 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
धनकुटाको हिले बजार लगायत जिल्लाका सवै पालिकामा नेपाली काग्रेसले असंवैधानिक कदम विरुद्ध भव्य प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले सुन्दर तथा रमणीय हिले बजारको तोक्वा चौकबाट भव्य रुपमा ¥याली निकालेर हिले बजारको विभिन्न भागहरुको परिक्रमा गरी सोही स्थानमा आई सभामा परिणत भएको थियो । सभालाई नेपाली... पुरा पढ्नुहोस
माया घरका झण्डै सयजना बेसहाराहरुलाई नोबेलले गरिदिनेभो नि:शुल्क उपचार
- 3 बर्ष, 10 महिना अगाडि
- २ माघ २०७७, शुक्रबार
सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो । सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका... पुरा पढ्नुहोस
अब चाहिँ बनिसक्ला कि जस्तो छ विराटनगर–इटहरी–धरान सडक
- 3 बर्ष, 10 महिना अगाडि
- १६ पुष २०७७, बिहीबार
लामो समयदेखि विवादमा परेको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणले गति लिने भएको छ । सुनसरीको दुहबीदेखि तरहरासम्मको सडक मापदण्डमा पर्ने घरहरूको मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै ६ लेन उक्त सडक निर्माण अघि बढ्ने भएको हो । आउँदो माघ महीनाभित्र सकिने गरी सडक क्षेत्रभित्र पर्ने करीब ६०० भौतिक संरचना हटाउने तयारी भइरहेको आयोजना... पुरा पढ्नुहोस
प्रदेश १ का एकलाख भुमीहिन नागरिकले पाउने भए जग्गा लालपूर्जा
- 3 बर्ष, 11 महिना अगाडि
- २९ मंसिर २०७७, सोमबार
नेपाल सरकारले सकुम्बासी समस्या समाधान आयोग मार्फत प्रदेश १ का मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ, पाँचथर र इलामका ३० वटा स्थानीय तहका एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, रंगेली, लेटाङ नगरपालिका र कानेपोखरी र मिक्लाजुङ गाउँपालिकासँग सम्झौता गरेको छ । योजना... पुरा पढ्नुहोस
समानुपातिक आधारमा शिक्षकहरुको समायोजन गर्दै बेलबारी नगरपालिका
- 3 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७७, बिहीबार
मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दी नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । दरबन्दी मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्य क्षेत्रमा खटाएको छ । धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दी मिलान गरीएको बेलबारी... पुरा पढ्नुहोस
दुई अर्ब ४० करोड लगानीमा नोबेलले बनाउने भो क्यान्सर अस्पताल पनि
- 3 बर्ष, 11 महिना अगाडि
- १८ मंसिर २०७७, बिहीबार
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ठूलो लगानीमा क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने भएको छ । २ अर्ब ४० करोड लगानी गरेर नोबेलले ‘नोबेल क्यान्सर अस्पताल’ सञ्चालन गर्ने भएको हो । बिराटनगरको कञ्चनवारीस्थित नोबेल अस्पताल परिसरमा निर्माण गर्ने तयारी गरिएको क्यान्सर अस्पतालको बुधबार सिलान्यास गरिएको छ । अब एक बर्ष भित्रमा... पुरा पढ्नुहोस
नोबेल हस्पिटलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख
- 4 बर्ष, 1 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ । निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउँने, बेतलबी राख्ने, आंसिक... पुरा पढ्नुहोस
नोबेल अस्पतालका सबै उपचार सेवा सुचारु, फेरि बढ्न थाल्यो बिरामीको चाप
- 4 बर्ष, 2 महिना अगाडि
- २५ भाद्र २०७७, बिहीबार
पाँच महिना भन्दा बढीको बन्दाबन्दीपछि बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अहिले पुनः बिरामीको चाप बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो । सरकारले देशभर गरेको लकडाउन खुलाउँनुका साथै जिल्ला जिल्लाको निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा... पुरा पढ्नुहोस
धनकुटाका स्वास्थ्य संस्थाहरुलाई धनकुटा उद्योग बाणिज्य संघले दियो सुरक्षित स्वास्थ्य सामग्री
- 4 बर्ष, 2 महिना अगाडि
- २१ भाद्र २०७७, आईतवार
कारोना भाईरस दिन प्रतिदिन फैलदै गएपछि धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटा सहित दुई निजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित स्वास्थ्य समाग्री वितरण गरेको छ । कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटालाई एक सेट पिपिई,चार थान फ्रेस शिल, माक्स, जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेशी डेण्डल... पुरा पढ्नुहोस