पूर्वी नेपाल

कोशी प्रदेश सरकारले गर्यो आम्दानी भन्दा बढी खर्च

कोशी प्रदेश सरकारले गत आर्थिक बर्षको अबधिमा आम्दानी भन्दा २ अर्ब ९३ करोड ४ लाख ५१ हजार रुपैयाँ बढी खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आम्दानी विवरण अनुसार प्रदेशले ३ अर्ब ८७ करोड ९६ लाख ४१ हजार ९ सय ३० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।... पुरा पढ्नुहोस

मोरङ क्षेत्र ३ र ४ का सांसदहरुलाई बेलबारी क्याम्पसले गर्यो सम्मान 

बेलबारी क्षेत्रबाट बिजयी सांसदहरुलाई बेलबारी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मोरङको क्षेत्र ३ र ४ बाट बिजयी सांसदहरुलाई सम्मान गरिएको हो  । क्षेत्र नम्बर ४ का सांसद सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ,क्षेत्र न ४ (क) का सांसद जयप्रकाश चौधरी ,क्षेत्र... पुरा पढ्नुहोस

सिर्जना सामुदायिक वनका अध्यक्षले किर्ते बिल बनाएर बेचे लाखौंको काठ

मोरङको बेलबारी-११ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले मनोमानी ढंगले काठ बिक्री गरेर आर्थिक अनियमितता गरेको पाइएको छ । नेपाली कांग्रेस बेलबारीका नगर सभापतिसमेत रहेका समिति अध्यक्ष छत्र लिम्बूले वन समूहका उपभोक्तालाई काठ दिएको कागजात बनाएर उपभोक्तालाई नदिई अन्यत्र लगेर बिक्री गरेको पाइएको हो । कार्यकाल सकिएर चुनावी... पुरा पढ्नुहोस

सन्यासी बने सांसद सुनिल शर्मा, ओशो आश्रमलाई ५० लाख सहयोग

रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन्... पुरा पढ्नुहोस

धनकुटामा रोजगार मेला : रोजगारी खोज्दै ४५५ जना, १७० जनाको माग

बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले आयोजना गरेको एक दिने वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमका १५ स्टल राखिएको मेलामा बेरोजगार व्यक्ति र रोजगारदाताको जमघट थियो । रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५... पुरा पढ्नुहोस

बेरोजगार र रोजगारदाताबिच भेट गराउन धनकुटामा हुनेभो रोजगार मेला

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिवार मेला आयोजना गर्न लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख चिन्तन तामाङले बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी÷कामदार उपलब्ध गराउन... पुरा पढ्नुहोस

पुर्वमा पनि शुरुभो लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम ‘जुनेली’

  संस्कृति, कला र लोक एवम् दोहोरी गीत संगीतको जगेर्ना एवम् प्रबर्धन गर्ने मुल उद्देश्यसहित पुर्वी नेपालबाट लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम 'जुनेली' शुरु भएको छ । “कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहित संयन्त्र मिडियाको आयोजनामा कार्यक्रम 'जुनेली' शुरु भएको हो । मोरङ बेलबारी... पुरा पढ्नुहोस

खोटाङ केपिलागढीका विपन्न विरामीहरुलाइ केएमसीमा एक बर्षसम्म हुनेभो निःशुल्क उपचार

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न विरामीलाई निःशुल्क र... पुरा पढ्नुहोस

हिलेपछि धनकुटा बजारमा पनि विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भएको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा... पुरा पढ्नुहोस

गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न दिने आश्वासन दिएका छन् । मोरङको गोठगाउँमा पुर्वाञ्चल विश्वविद्यालयको ११ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले ऐन कानुनमा देखिएका समस्यालाई चाडै हल गर्ने र स्थानीय स्तरमा मेडिकल कलेज पढ्न पाउने ब्यबस्था गर्ने बताए उनले नेपालमा... पुरा पढ्नुहोस