गाउँ/समाज
बांसको पुल भएका ठाउँमा २९ लाखको पुल शिलान्यास
- 5 बर्ष, 8 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
मोरङको पथरीशनिश्चरे ७ स्थित मंगलवारे पूर्व पथरी खोलामा २९ लाखको लागतमा वन्ने पुल शिलान्यास भएको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा वडाध्यक्ष कपिलमिण ढकाल सहितका जनप्रतिनिधि र समाजसेवीहरुले पुलको शिलान्यास गरेका हुन् । नगरपालिकाका कार्यालयको २८ लाख १३ हजारमा उपभोक्ताहरुले थप रकम जुटाई ३३ फिट लम्वाई र... पुरा पढ्नुहोस
एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण
- 5 बर्ष, 8 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा मोरङले एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समिति मोरङका सचिब राजुदेव राइका अनुसार बेलबारी नगरपालिका वार्ड नम्बर २ लालभित्तीमा रहेको कबिर माध्यमिक विद्यालयमा अध्ययनरत ती नेत्रहीन विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो । न्यानो कपडा (ज्याकेट)... पुरा पढ्नुहोस
सामुदायिक वनको साधारणसभामा कानुनमन्त्रीको आतिथ्यता, नेकपामा आए सातजना कांग्रेस
- 5 बर्ष, 8 महिना अगाडि
- २८ पुष २०७५, शनिबार
पथरीशनिश्चरे, मोरङ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले मोरङ पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविर छेउमा निर्माण गर्न लागिएको आदिवासी जनजाति संग्रहालय निर्माणको विषयमा अनावश्यक टिका टिप्पणी नगर्न आग्रह गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का संघीय सांसद तथा मन्त्री ढकालले शनिबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको पथरीशनिश्चरेमा सम्पन्न... पुरा पढ्नुहोस
बुढीगंगामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुरु, नेपालसंग भारत पराजित
- 5 बर्ष, 8 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
ईश्वरी घिमिरे, बुढीगंगा मोरङ/ मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कब्बडी प्रतियोगिता शुरु भएको छ । मोरङ कब्बडी संघले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार एक भव्य समारोहकाबिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका छन् । बुढीगंगा गाउँपालिका ३ बाँसबारीस्थित जनप्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालित सो... पुरा पढ्नुहोस
साउनयता मात्रै स्वहा भएछ राज्यकोषको सवा पाँच करोड, यही हो सुशासन ?
- 5 बर्ष, 8 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
सरकारले मापदण्ड र आधारविना आफू निकटकालाई राज्यकोषबाट करोडौं रुपैयाँ आर्थिक सहायता वितरण कार्य जारी राखेको छ। आर्थिक मितव्ययिता र सुशासनको नारा दिँदै आएको सरकारले साढे पाँच महिनामा राज्यकोषबाट पाँच करोड २३ लाख ६५ हजार एक सय ३४ रुपैयाँ वितरण गरेको हो। गत साउनदेखि पुसको दोस्रो सातासम्म सरकारनिकट ८४ जना ब्यक्ति... पुरा पढ्नुहोस
फिक्कलडाँडालाई विश्वसामू चिनाउन फिक्कल महोत्सव हुंंदै, १ लाख पर्यटक भित्र्याउने लक्ष
- 5 बर्ष, 8 महिना अगाडि
- २६ पुष २०७५, बिहीबार
सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रबर्धन गर्न फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो फिक्कलडाँडालाई विश्वसामू चिनाउन उही माघ २ देखि महोत्सव आयोजना गर्न लागिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । फिक्कल डाँडाको उचाइ ७ हजार ७ सय ७१ फिट छ... पुरा पढ्नुहोस
क्यान इन्फोटेकमा अफैर अफर, अवलोकनकर्ताको भिड
- 5 बर्ष, 8 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
विराटनगर स्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । शक्रवार र शनिवार इन्फोटेकमा दशौ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । । क्यान महासंघ मोरङ शाखाको मख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन ।शक्रवार र... पुरा पढ्नुहोस
बेलबारी जेसिसकाे तेश्राे वार्षिक साधारणसभा सम्पन्न : दिपेन्द्र खुलालको नेतृत्वमा समिति चयन
- 5 बर्ष, 8 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ लगातार दुईपट नेपालकै एक उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले एक कार्यक्रमबिच अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे प्रमुख अातिथ्यमा, बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा सम्पन्न साधारणसभामा बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष... पुरा पढ्नुहोस
बुढीगंगामा बृहत युवा सम्मेलन, पाँच सयभन्दा बढी युवाहरूको सहभागिता
- 5 बर्ष, 8 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
ईश्वरी घिमिरे, विराटनगर / "समृद्धिका लागि युवा अभियान" भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन शुरु भएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ। युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण कला, उद्यमशीलता,... पुरा पढ्नुहोस
विराटनगरमा अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स हुँदै, चार सयभन्दा बढी सहभागी हुने
- 5 बर्ष, 8 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
विराटनगरमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स आयोजना हुनेे भएको छ । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने ओपेन सोर्स सफ्टवेयर वर्डप्रेस सम्बन्धि एक दिने सम्मेलन हुुुन लागेेको हो । ’वर्डक्याम्प २०१८’ नाम दिइएको उक्त सम्मेलन पुस ७ गते विराटनगर स्थित होटल एसियान्टिकमा आयोजना हुने छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने... पुरा पढ्नुहोस