खबर

गैरआवसीय नेपाली संघ कतारको परिषद भेला सम्पन्न

गैरआवसीय नेपाली संघ कतारको  दोस्रो परिषद भेला सम्पन्न भएको छ । कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजको आतिथ्यतामा दोस्रो परिषद भेला भएको हो । गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउन आग्रह गरे । कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा... पुरा पढ्नुहोस

समानुपातिक आधारमा शिक्षकहरुको समायोजन गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दी नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । दरबन्दी मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्य क्षेत्रमा खटाएको छ । धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दी मिलान गरीएको बेलबारी... पुरा पढ्नुहोस

दुई अर्ब ४० करोड लगानीमा नोबेलले बनाउने भो क्यान्सर अस्पताल पनि

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ठूलो लगानीमा क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने भएको छ । २ अर्ब ४० करोड लगानी गरेर नोबेलले ‘नोबेल क्यान्सर अस्पताल’ सञ्चालन गर्ने भएको हो । बिराटनगरको कञ्चनवारीस्थित नोबेल अस्पताल परिसरमा निर्माण गर्ने तयारी गरिएको क्यान्सर अस्पतालको बुधबार सिलान्यास गरिएको छ । अब एक बर्ष भित्रमा... पुरा पढ्नुहोस

अनलाइनबाट अर्डर लिएर सिन्धुलीका जुनार बेेेच्दै हिलटप सहकारी

अनलाइन मार्फत अर्डर लिएर सिन्धुलीका जुनार काठममाडाैंका घरघर पुर्याइने भएकाे छ । तीनकुनेस्थित हिलटप बहुउद्देश्यीय सहकारी र संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडका रसिला जुनार बिक्रीका लागि काठमाडौँ ल्याएको हाे । हिलटपकाे केन्द्रीय कार्यालयमा रहेकाे सहकारी पसलबाट जुनार बिक्री गर्ने छ । सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर... पुरा पढ्नुहोस

पथरीका पूर्व गाविस अध्यक्षलाई पनि लग्यो कोरोनाले

मोरङको तत्कालिन पथरी गाविसका पूर्व अध्यक्ष  तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । दुई साता अघिदेखि उपचाररत राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मंंगलबार मृत्यु भएको हो । कात्तिक २१ गते पीसीआर परीक्षण गराउँदा राइलाइ कोरोना पुष्ठी भएको थियो । शुुुरुमा  उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य... पुरा पढ्नुहोस

मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेलका विद्यार्थीलाई दियो पीपीई 

नेपाल मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टर (इन्टर्न) लाई पीपीईसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । कलेजमा एमबीबीएस अध्ययनका क्रममा इन्टर्नसिप गर्दै आएका ९० जनालाई सोसाईटीले पीपीई, मास्क, फेससिल्ड, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो । सोसाईटीले कलेजमा आयोजना गरेको कार्यक्रममा प्राचार्य डा.रामहरी घिमिरे, नेपाल... पुरा पढ्नुहोस

सुकुनाको संयोजनमा प्रदेश १ र २ का शैक्षिक संस्थाहरूको भर्चुअल प्रबोधीकरण

कक्षा ११ र १२  सञ्चालन गरेका प्रदेश नं १ र २ का विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाहरूको प्रतिनिधिमूलक सहभागितामा सुकुना क्याम्पसमा भर्चुअल प्रबोधीकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्तिक २० देखि २२ गतेसम्म भएको कार्यक्रममा ११ र १२ मा अनिवार्य अङ्ग्रेजी अध्यापन गर्ने ३०० शिक्षकहरू सहभागी थिए । नेपाल सरकार,... पुरा पढ्नुहोस

पुर्वमा सक्रिय बन्दै साझा पार्टी, सुन्दरहरैँचामा पनि बन्यो साझा युवा संगठन

साझा पार्टी आबद्ध साझा युवा संगठनको भेलाले सुन्दरहरैचा नगर कमिटी गठन गरेको  छ ।                                               बुधबार गोठगाउंँमा एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैंचामा साझाले युवा संगठन विस्तार गरेको हो ।... पुरा पढ्नुहोस

केएमसीमा दशैं विदामा पनि कोरोना परीक्षण, पीसीआर ल्याब २४ सैं घण्टा खुल्ने

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ ।                                            धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको विदामा पनि कोरोना... पुरा पढ्नुहोस

एनआरएन मध्यपूर्वको सातौं क्षेत्रीय भेला हुँदै, खाडीका संभावना खोज्न सुझाव

दोहा कतार / यही अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलाको तयारी पुरा भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावना र समाधान पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका... पुरा पढ्नुहोस