ताजा अपडेट

ढाका बुन्ने ब्यबशायतिर आकर्षित बन्दै बेलबारीका महिला, धमाधम तालिम दिँदै नगरपालिका

महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले ढाका बुन्ने तालिम दिन थालेको छ । वडा नम्बर ७ र ८ का ३० जना भन्दा वढी महिलाहरुलाई तालिम दिन थालेको हो । उत्पादनसँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पाथिभरा सिप बिकास... पुरा पढ्नुहोस

रहेनन् कांग्रेस नेता तथा सुशीलका भाइ अशोक कोइराला

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अचानक अचेत भएपछि बुधबार राति बिराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान उनको निधन भएको थियो । कोइराला पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाका कान्छा भाइ हुन् ।... पुरा पढ्नुहोस

‍बेलबारी खानेपानीको नेतृत्वका लागि ठुलै राजनीति, कांग्रेस र एमालेका उम्मेद्वार भिड्दै

‍बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि कांग्रेस र एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने भएको छ । कार्यकाल सकिएको लामो समय भइसक्दा पनि साधारणसभा गर्न नसकेको भनी आलोचना खेपिरहेको संस्थाको यही चैत ७ गते हुने चुनावी साधारणसभामा निर्बाचन नै हुने भएको छ । खानेपानी संस्थाको... पुरा पढ्नुहोस

केराबारीको पुरानो संस्था शुभ खानेपानीको साधारणसभा सम्पन्न, नयाँ समिति गठन

‍‍‍झण्डै १५ सय बढी नीजि धारा मार्फत केराबारीका तीनवटा वडामा खानेपानी वितरण गर्दै आएको केराबारीको अग्रणी र ४० बर्ष पुरानो संस्था शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभाले गोकुल बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केराबारीको वडा नम्बर १०, ८ र ३ नम्बरका वडाबासीलाइ खानेपानी... पुरा पढ्नुहोस

भब्य रूपमा सकियो ‘नोबेल स्पोर्टस फियस्टा’ अर्थात खेलकुद उत्सव

नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ भब्य रूपमा सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले आयोजना गरेको आठ दिने फियस्टा अर्थात खेलकुद उत्सवमा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत २४ वटा प्रतियोगिता भएका थिए । जसमध्ये पुरुष फुटबलतर्फ सुरक्षागार्ड टिमलाई पराजित गर्दै एमवीवीएस नवौं... पुरा पढ्नुहोस

पाँच जिल्लाका ठाउँ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर गर्दै केएमसी 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चैत महिनामा उपत्यकाका तीनसहित आसपास क्षेत्रका पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । काठमाडौं, ललितपुर भक्तपुर, नुवाकोट र काभ्रेपलान्चोक जिल्लाका बिभिन्न स्थानमा फरक–फरक मितिमा शिविर गर्न लागिएको केएमसीले जनाएको छ । स्थानीय संघ सस्थाहरुसँग सहकार्य गरेर चैत ३ देखि ३० गतेसम्मको अवधिमा पाँच... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न, दुई बिधेयक पारित

‍बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न भएको छ । फागुन २९ गते शुरु भएको नगरसभा चैत २ गते सकिएको हो । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेक र सौर्यउर्जा प्रबर्धन बिधेयक पास गरेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको... पुरा पढ्नुहोस

‍कांग्रेसतिर लागे धनकुटाको महालक्ष्मीका तीन सयभन्दा बढी राप्रपा नेता कार्यकर्ता

‍धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ बाट  तत्कालिन राप्रपाका ३ सय २ जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेसतिर लागेका छन् । धनकुटा कांग्रेसले मूर्तीढुगाको गणेशटारमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी समायोजन तथा खाने कार्यक्रममा उनीहरू कांग्रेसमा समायोजित भएका हुन् । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ का तत्कालिन... पुरा पढ्नुहोस

सलकपुरमा नोबेलको र गोदावारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ब्राइट फ्यूचर स्कूलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ७४८ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।        शिविरमा ३२० जनाको ल्याव टेष्ट, २१३ जनाको भिडियो एक्सरे र ४७ जनाको ईसीजी गरिएको नोबेल... पुरा पढ्नुहोस

९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुन्दरहरैंचा नगरपालिकाले दिनेभो मासिक १ हजार

‍सुन्दरहरैंचा नगरपालिकाले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको छ । ‘ज्येष्ठ अभिभावक सम्मान’ कार्यक्रम अन्तर्गत नगरपालिकाले मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको हो । हालै सम्पन्न नगरसभाले सो निर्णय पारित गरेको छ । ज्येष्ठ नागरिकले यही फागुन महिनादेखि सो भत्ता पाउने नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस