ताजा अपडेट

धनकुटामा भएको प्रदेश स्तरीय महिला फुटवलको उपाधि मोरङको पोल्टामा

धनकुटामा संचालन भएको पहिलो सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप ३०७६ को उपाधी मोरङ फुटवल संघको महिला टिमलेले चुम्न सफल भएको छ । धनकुटा टुडिखेलमा सम्पन्न फाइनल खेलमा धनकुटा फुटवल संघको टिमलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधी हात पारेको हो । मोरङ्की इमा राई सर्वोकृष्ठ खेलाडी समेत घोषित भइन् ।... पुरा पढ्नुहोस

तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन

करिब ५५ लाख लागतमा बेलवारीमा निर्मित ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बुधबार  रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे  । समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार भवन निर्माणमा प्रदेश... पुरा पढ्नुहोस

ल्याब र भिडियो एक्सरेसहित नोबेलले डाँगीहाटमा गर्यो स्वास्थ्य शिविर, ५ सय ६३ जना लाभान्वित

नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको बेलबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बेलबारी नगरपालिका–९ स्थित नलबारीमा सञ्चालित शिविरबाट ५ सय ६३ बिरामी लाभान्वित भएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा १ सय ३३ जनाको ल्याव टेष्ट, १ सय ४ जनाको भिडियो एक्सरे र ८३ जनाको ईसीजी गरिएको अस्पताल प्रबन्धक... पुरा पढ्नुहोस

कसेनी स्वास्थ्य चौकी नयाँ भवनमा, शुरुभो ल्याब र गर्भपतन सेवा पनि सुचारु

बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटन भएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारी भवन तथा ल्याब उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा स्थानीयबासी, संघ संस्थाका प्रतिनिधि उपस्थित थिए । बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कसेनी स्वास्थ्य चौकीको... पुरा पढ्नुहोस

बेलबारीका मेयर भन्छन् – ‘सामुदायिक विद्यालयमा विद्यार्थी फेल भए क्षतिपूर्ति दिन्छौं’

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामुदायिक बिद्यालयमा अध्ययन  गर्ने बिद्यार्थीहरु कमजोर भए त्यसको क्षतिपुर्ति नगरपालिकाले तिर्ने बताएका  बताएका छन् । मोरङको बेलबारी ११ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा शिलालेखको अनावरण कार्यक्रममा उनलेे त्यसो भनेका हुन्  । उनले मंगलबार एक कार्यक्रमविच भवन तथा शिलालेख उद्घाटन गरेका छन् । भवनको... पुरा पढ्नुहोस

पाठेघरका विरामी महिलाहरुलाई घोपामा लगेर उपचार गराउंँदै बेलबारी नगरपालिका 

बेलबारी नगरपालिकाले केहि दिनअघि गरेको स्वास्थ्य शिबिरमा पाठेघरको सक्रमण देखिएका विरामीहरुलाई विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगेर नि:शुल्क उपचार गराएको छ । पाठेघरका ७ जना विरामीहरुलाई नगरपालिकाले आफनै गाडीमा लगेर उपचार गराएको हो । बेलबारीको वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र तथा कसेनी , बेलबारी , डांँगिहाट स्वास्थ्य चौकी र आधारभुत... पुरा पढ्नुहोस

नोबेलले २० बर्ष पुरानो रोग निको पारिदिएपछि हर्षित भइन् तारादेवी

झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीकी तारादेवी कुँवर २० बर्ष अघिदेखि दिसाघर बाहिर निस्किने समस्याबाट पीडित थिईन् । उपचारका लागि पूर्वका धेरै अस्पताल धाएकी ५१ बर्षीया कुँवरले आयुर्वेदिक औषधि र जडिबुटीसमेत पटक–पटक खाईन् । निको भएन । समस्या झन–झन बढ्दै जाँदा दिनरात पीडा झेल्न बाध्य थिईन् । तर, अहिले नोबेल शिक्षण अस्पतालमा... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क

माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ । आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो । आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि... पुरा पढ्नुहोस

अभियान लघुबित्तको ११ औं शाखा बेलबारीमा, मेयर सुवेदीद्वारा उद्घाटन

मोरङ बेलबारीमा अभियान लघुबित्त बितिय सस्थाको ११ औ शाखा बिस्तार भएको छ । एक कार्यक्रम विच सोमबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरेका छन् । गत असोज महिनामा स्थापना भएको सो बित्तिय सस्थाले सुनसरी, तेह्रथुम, सखुवाशभा, काभ्रेपलान्चोक, चितवन,नवलपुर र दाङ जिल्लामा शाखा बिस्तार गरिसकेको छ । शाखाको उद्घाटन... पुरा पढ्नुहोस

दाताको सहयोगमा बेलबारीमा बन्नेभो ट्रमा सेन्टर सहितको अस्पताल , मेयरले दिनेभए २ विघा जग्गा

मोरङको बेलबारीमा बिदेेशी दातृ संस्थाको सहयोगमा ट्रमा सेन्टरसहितको अस्पताल बन्ने भएको छ । एक बेलायती संस्थाको सहयोगमा ट्रमा सेन्टर अस्पताल बन्ने भएको हो । जग्गा उपलब्ध गराए ट्रमा सेन्टर अस्पताल बनाउनका लागि सहयोग गर्ने दातृ निकायको आश्वासन आएपछि नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले २ विघा जग्गा दिने घोषणा गरेका छन् । सम्बृद्ध नगर... पुरा पढ्नुहोस