ताजा अपडेट

बुद्धिचाल खेलको हब बन्दै पथरीशनिश्चरे

भूमिप्रसाद  पाठक मोरङको पथरीशनिश्चरे नगरपालिका बुद्धिचाल (चेसं) खेलको हब बन्दै गएको छ । पथरीशनिश्चरेमा २०५९ साल जेठ १२ गते ईश्वर आँशु मगरको अध्यक्षतामा फ्रेन्डसिप चेस क्वलको गठनपछि नगरमा निरन्तर बुद्धिचाल प्रतियोगिताहुँदै आएको छ । २०६८ र २०६९ मा ’पथरी च्याम्पियन बुद्धिचाल प्रतियोगिता’ गर्दै स्थानीय स्तरमा बौद्धिक क्षमता अभिवृद्धिको साथै खेल,... पुरा पढ्नुहोस

लामाटोलीमा सार्वजनिक सुनुवाई कार्यक्रम

पथरी शनिश्चरे वडा नं. ७ को लामाटोलीमा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज वडा नं. ७ को लामाटोलीमा अवस्थित दुर्गा माध्यमिक विद्यालयमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा... पुरा पढ्नुहोस

शिविरडाँडामा बन्नेभो पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन

पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नं १० को शिविरडाँडामा निर्माण गरिने भएको छ । नगरपालिकाले नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो । पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा दिने फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषद्बाट निर्णय भएको नगर प्रमुख... पुरा पढ्नुहोस

नगरकै उत्कृष्ट बोर्डिङको रूपमा स्थापित हुँदै हसन्दह डनबस्को

रामकुमार परियार पथरी शनिश्चरे नगरपालिका वडा नं ६ , हसन्दहमा अवस्थित हसन्दह डनबस्को अंग्रेजी स्कुल नगरकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको छ । हालै सम्पन्न कक्षा ८ को नगरस्तरिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै उक्त विद्यालयले सबै विद्यालयलाई उछिनेको हो । नगरपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार नगर क्षेत्र भित्रका ४१... पुरा पढ्नुहोस

सुकुना माविका प्रध्यानाध्यापक विश्व शिक्षक महासंघको सचिवालय सदस्यमा निर्वाचित

मोरङ सुन्दरहरैंचा वडा -१० मा अबस्थित सुकुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत विश्व शिक्षक महासंघको सचिवालय सदस्यमा निर्वाचित भएका छन् । हालै सम्पन्न विश्व शिक्षक महासंघ अन्तर्गत फेडेरेसन अफ टीचर्स युनियन को २० औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट बस्नेत सचिवालय सदस्यको रूपमा निर्वाचित भएका हुन् । मोरक्कोको राजधानी रबातमा आयोजित महाधिवेशनमा... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले १ करोड ३३ लाख खर्चेर किन्यो नगरबस

बेलबारी नगरपालिकाले हालै खरिद गरेको नयाँ नगर बस बेलबारीमा आइपुगेको छ। बेलबारी नगरपालिकाले आफ्नो बजेटबाट नगरका विभिन्न क्षेत्रमा सुविधा पुर्‍याउनका लागि विद्युतीय बस खरिद गरेको हो। बेलबारी नगरपालिकाले खरिद गरेको छ । उक्त बस आज (बुधवार) बेलबारी नगरपालिकामा ल्याइएको हो । सुविधा सम्पन्न उक्त बसको औपचारिक सञ्चालन गर्न बाकी नै... पुरा पढ्नुहोस

पथरी शनिश्चरेमा चौथो राष्ट्रव्यापी बुद्धिचाल  तथा ५ औं  चेस टुर्नामेन्ट हुँदै

मोरङकाे पथरी शनिश्चरेमा सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८१ तथा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस्ट टुर्नामेन्ट २०८१ हुने भएको छ। सिनभिलेज पार्टी प्यालेसमा म‌गलबार आयोजित एक पत्रकार सम्मेलनमार्फत सो कुरा जानकारी गराईएको हो। यही चैत्र २७ गतेदेखि ४ दिन हुने प्रतियोगिता... पुरा पढ्नुहोस

कानेपोखरी गाउँपालिकाले वितरण गर्यो झन्डै ८ लाख बराबरका कृषि उपकरण

 कानेपोखरी गाउँपालिकाले रु.७ लाख ६३ हजार बराबरका कृषि उपकरण औजार वितरण गरेको छ ।  गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ४ प्रकारको औजार वितरण गरेको हो । बितरण गरिएका औजारहरुमा २२ थान च्यापकटर मेशिन, १० थान का उम्याट, ११ थान हवीलव्यारो र एक थान डिजिटल काँटा छन्  । कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती... पुरा पढ्नुहोस

सिड्लिङ मन्टेश्वरी स्कुलले मनायो ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह

पथरी शनिश्चरे -२ को बुद्धचोक स्थित सिड्लिङ मन्टेश्वरी स्कुलले ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह भव्यताका साथ मनाएको छ। आज सोमबार पथरी शनिश्चरे वडा नं २ को हरियाली सामुदायिक वनको सभाहलमा उक्त समारोह सम्पन्न भएको हो। समारोहका प्रमुख अतिथि समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले यस विद्यालयले मन्टेश्वरी... पुरा पढ्नुहोस

ईरान राईको कविता सङ्ग्रह ‘इतिहास’ सार्वजनिक

मोरङको बेलबारीका साहित्यकार ईरान राईको पछिल्लो कृति कविता सङ्ग्रह ‘इतिहास’ सार्वजनिक भएको छ । शुक्रवार बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी नगरपालिका १ स्थित सगरमाथा इङ्ग्लिस स्कुलको सभाहलमा सार्वजनीकरण कार्यक्रममा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्ष र कृतिकारहरूले संयुक्त रूपमा कृति इतिहास’को सार्वजनीकरण गरेपछि प्रमुख अतिथि वरिष्ठ... पुरा पढ्नुहोस