बिजनेस
चाडपर्ब नजिकिदै गर्दा बेलबारी नगरपालिकाले शुरु गर्यो बजार अनुगमन
- 6 बर्ष, 1 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
बेलबारी, मोरङ / चार्डपर्ब नजिकिदै जाँदा बेलबारी नगरपालिकाले बजार अनुगमन थालेको छ । बजार ब्यस्त बन्दै जान थालेपछि नगरपालिकाले अनुगमन थालेको हो । उपभोक्ताहरु नठगिउन भनेर अनुगमन गर्न थालिएको अनुगमन समितिले जनाएको छ । आईतबार बेलबारी २ लालभित्तिमा गरीएको अनुगमनमा अधिकाश पसलहरु दर्ता नभइ चलेका, सामग्री किन बेच गर्दा बिल... पुरा पढ्नुहोस
खुलेको महिना पनि नबित्दै विराटचोकको कर कार्यालयमा ठगिन थाले सर्वसाधारण
- 6 बर्ष, 1 महिना अगाडि
- ११ आश्विन २०७५, बिहीबार
मोरङ / मोरङको उत्तरी भेगका जनतालाई राहत होस् भन्ने उदेश्यले विराटचोकमा स्थापना भएको करदाता सेवा कार्यालयको सेवा प्रवाहबारे गुनासो बढ्न थालेको छ । गत भदौ १८ गते त्यस भेगका व्यवसायीहरुको पहलमा स्थापना भएको कर सेवा कार्यालयको सेवाबारे खुलेको महिना दिन पनि नबित्दै सुनासो बढ्न थालेको हो । हाल सेवा सहजीकरण गर्न... पुरा पढ्नुहोस
नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने
- 6 बर्ष, 2 महिना अगाडि
- ३ आश्विन २०७५, बुधबार
नेपालमा केही बर्षपछि देशभर नेपालमै उत्पादित ग्यास प्रयोग गर्न पाइने भएको छ। नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ भने स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।... पुरा पढ्नुहोस
सुस्मित इनर्जीसंग कुन्बाङ खोला जलविद्युतको विजुली खरिद सम्झौता, यसै बर्ष पहुँच मार्ग बनाइने
- 6 बर्ष, 2 महिना अगाडि
- २ आश्विन २०७५, मंगलवार
सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरे । म्याग्दीको मुडी गाउँपालिकामा निर्माण हुने आयोजनाको क्षमता... पुरा पढ्नुहोस
बन्द भएको सात आठ महिनापछि फेरि चल्न थाल्यो बिराटनगर जुटमिल
- 6 बर्ष, 2 महिना अगाडि
- २७ भाद्र २०७५, बुधबार
गत माघदेखि बन्द भएको मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ । पुराना र जीर्ण मेसिन मर्मत गरी जुटमिल सञ्चालन गरिएको हो । जुटमिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार अहिले दैनिक ६ टन उत्पादन हुन थालेको छ भने दैनिक २० टनसम्म उत्पादन गर्ने क्षमता छ । मिल्समा... पुरा पढ्नुहोस
विराटचोकमा स्थापना भयो कर कार्यालय, उत्तरी मोरङका हजारौं जनतालाइ राहत
- 6 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
उत्तरी मोरङका जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले मोरङको विराटचोकमा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । सोमवार उद्घाटन भएको छ । सेवा कार्यालय स्थापनाकापछि उत्तरी मोरङका सुन्दरहरैंचा, केराबारी, बेलबारी, लेटाङ, पचथरी शनिश्चरे,कानेपोखरी,उर्लाबारी लगायतका करदाताहरु लाभान्वित हुने भएका छन् । सुन्दरहरैंचामा मात्र ३ हजार ७ सय ९५ जना करदाता रहेको वाणिज्य... पुरा पढ्नुहोस
रिसाएर आउँछन् तर हांस्दै फर्कन्छन् करदाता
- 6 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
उत्तम पोख्रेल, बेलबारी मोरङ/ कर तिर्नका लागी बेलबारीका वडा नम्बर ६ का गोपाल कोईराला वडा कार्यालयमा पुगे । कर बढेको छ अरे भन्दै उनी अत्तालिदैै वडा कार्यालयमा पुगेका थिए । उनले वडा अध्यक्षलाई पसिना पुस्दै ठट्यौली पारामा भने - कर तिर्दा जग्गा त बेच्नु पर्दैन होला नी ! कर्मचारीबाट करको रकम सुनेपछि... पुरा पढ्नुहोस
अमेरिकामा नेपालीले स्थापना गरे बैंक, अमेरिकी सरकारबाट अनुमति
- 6 बर्ष, 2 महिना अगाडि
- ९ भाद्र २०७५, शनिबार
न्यूयोर्क (अमेरिका) / अमेरिकामा नेपालीले स्थापना गरेको बैंकले अनुमति त्यहाँको सरकारबाट अनुमति पाएको छ । ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए) ले सञ्चालन अनुमति दिएको हो । बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य... पुरा पढ्नुहोस
दुइ मेगावाटको सोलार प्लान्ट बनाउने जिम्मा अपि पावर कम्पनीलाइ
- 6 बर्ष, 3 महिना अगाडि
- ४ भाद्र २०७५, सोमबार
अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच आइतबार विद्युत् खरिद सम्झौता भएको हो । कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार प्लान निर्माण गर्न लागेको हो । ती आयोजनासँग... पुरा पढ्नुहोस
बढ्दैछ अलैची खेति, तर घट्दैछ बजार भाउ
- 6 बर्ष, 3 महिना अगाडि
- ४ भाद्र २०७५, सोमबार
तेह्रथुम जिल्लाको ग्रामिण भेगमा अलैची खेती पछिल्लो समय बढ्दो रहेको छ । किसानहरुले परम्परा देखी खेती गर्दै आएको अन्नबालीलाई मास्दै अलैची खेतीलाई बिस्तार गर्न थालेका छन । अन्नबालीबाट राम्रो आम्दानी लिन नसकेका यहाँका किसानहरु खेतीयोग्य जमिन मासेर अलैची खेतीलाई रोज्न थालेका हुन । ४ बर्षअघी प्रति मन १ लाख माथी... पुरा पढ्नुहोस