गाउँ/समाज
गोलढुंगा रङ्गशालाको सहयोगार्थ सप्ताहब्यापी ज्ञान महायज्ञ गरिंदै
- 5 बर्ष, 7 महिना अगाडि
- २२ माघ २०७५, मंगलवार
गोलढुङ्गा खेलकुद समाजले रङ्गशालाको स्तरोन्नतिको सहयोगार्थ यही फागुन ४ गतेदेखि १० गतेसम्म काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तरोन्नतिका लागि महायज्ञ आयोजना गर्न लागिएको हो । मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ... पुरा पढ्नुहोस
विद्यार्थीहरुलाई धमाधम अस्ट्रेलियाको भिषा निकाल्दै इम्पेरियल ईन्स्टिच्युट
- 5 बर्ष, 7 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
दिपा थापा, इटहरी / बिगत २ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इटहरीस्थित इम्पेरियल ईन्स्टिच्युट एण्ड एजुकेसन सर्भिसले अस्ट्रेलिया भिसाको लागि नयाँ उपलब्धि हासिल गरेको छ । अस्ट्रेलिया अध्ययन गर्न ४ बर्ष भन्दा बढी ग्याप भएका बिद्यार्थीलाई भिसा लगाएर उपलब्धि हासिल गरेको हो । २०७२ सालमा बिज्ञान बिषयमा १२ कक्षा अध्ययन... पुरा पढ्नुहोस
धुर्मुस सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगशक्ति टीएमटीको साथ
- 5 बर्ष, 7 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु... पुरा पढ्नुहोस
बिराटनगरमा कोठाभित्र मृत भेटिए महिला र पुरुष, आत्महत्या गरेको आशंका
- 5 बर्ष, 7 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
बिराटनगरमा कोठाभित्र झुन्डिएर मरेको अबस्थामा एक महिला र पुरुषको शव फेला परेको छ । बिराटनगर महानगरपालिका – १४ स्थित अशोक यादवको घरको कोठाभित्र उनीहरूको शब फेला परेको हो । उनीहरू नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउटै कोठा भित्र शव भेटिएका दुबै जना श्रीमान श्रीमती भएको... पुरा पढ्नुहोस
मालपोत कार्यालयमा शाखा नै पिच्छे घुस खुवाउन बाध्य छन् सेवाग्राही
- 5 बर्ष, 7 महिना अगाडि
- १६ माघ २०७५, बुधबार
दिपेन्द्र यादव, सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीहरुलाई प्रत्येक शाखामा घुस खुवाउनुपर्ने बाध्यता रहेको खुलेको छ । लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले घुस खाईरहेको खुलेको हो । विभिन्न नगरपालिका र गाउँपालिकाबाट आएका सेवाग्रहीलाई दवाब र तनावमा राखेर कर्मचारीहरुले घुस खाने गुरेको र... पुरा पढ्नुहोस
बेरोजगार हुनुहुन्छ ? चिन्ता लिनैपर्दैन अब श्रीयोगले खोजिदिनेछ रोजगारीका अबसर
- 5 बर्ष, 7 महिना अगाडि
- १६ माघ २०७५, बुधबार
के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कुन काम गर्ने, कुन नगर्ने । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो... पुरा पढ्नुहोस
निबन्ध शिरोमणि लामिछानेको जन्म जयन्ती मनाइयो
- 5 बर्ष, 7 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार निबन्ध शिरोमणि शंकर लामिछानेको जन्मजयन्ती मनाइयो । जन्म जयन्ती कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासकार डा. सुरेन्द्र के.सीले शंकर लामिछानेको लेखन र साहित्यिक क्रियाशीलताबारे चर्चा गरेका थिए । यसै गरी युवाका हेराइमा शंकर लामिछाने सत्रमा निबन्धकार... पुरा पढ्नुहोस
फिक्कल महोत्सवमा कलाघर, प्याराग्लाइडिङ र र्याफ्टिङको आकर्षण,कलाकारसँगै झुम्दै दर्शक
- 5 बर्ष, 7 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
लीलानाथ घिमिरे, खाङसाङ्ग (सिन्धुली)/ सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । महोत्सवमा अवलोकनकर्ताको भीड बढिरहेको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अबलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज... पुरा पढ्नुहोस
एउटा त्यस्तो नगरपालिका, जसले तीन सय ६० वटा भैंसीलाई दिइसक्यो ‘सुत्केरी भत्ता’
- 5 बर्ष, 8 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
पनौती नगरपालिकाले आफ्नो क्षेत्रका तीन सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् ... पुरा पढ्नुहोस
झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन
- 5 बर्ष, 8 महिना अगाडि
- २ माघ २०७५, बुधबार
झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन भएको छ । खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले कभर्ड हल उद्घाटन गरेका हुन् । अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिताकाे समापन, पुरस्कार बितरण तथा कबर्ड हल उद्घाटन कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि एवम् खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले... पुरा पढ्नुहोस