गाउँ/समाज
सिद्वार्थ स्कुलले विभिन्न कार्यक्रम गरी मनायो २९ औं बार्षिकोत्सव
- 9 महिना, 11 दिन अगाडि
- २८ माघ २०८०, आईतवार
माेरङ सुन्दरहरैँचा १० मा रहेको सिद्वार्थ सेकेन्डरी स्कुलले २९ औं बार्षिकोत्सवको अबसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले यसै हप्ता तीन दिनसम्म विभिन्न कार्यक्रम गरी 'क्लास अनुअन डे सेलिब्रेसन' कार्यक्रम सम्पन्न गरेको छ । बर्षकै ठुलो कार्यक्रम भनिएको क्लास अनुअन डे सेलिब्रेसन' अन्तरगत, नृत्य, गायन,बकृत्वकला, रचना बाचन तेक्वान्दो,... पुरा पढ्नुहोस
बेलबारी साहित्य पुरस्कारबाट बिरही र बेलबारी कला पुरस्कारबाट लामा सम्मानित
- 9 महिना, 12 दिन अगाडि
- २७ माघ २०८०, शनिबार
बेलबारी साहित्य बिकास समितिले रु. २५ हजार पुरस्कार राशीको बेलबारी साहित्य पुरस्कार’ बाट साहित्यकार केशु विरही र रु. १५ हजार नगद राशी भएको बेलबारी कला पुरस्कार’ बाट ललितकलाकार गणेश लामा ‘आँसु’ लाई सम्मानित गरेको छ । बेलबारी साहित्य बिकास समितिको छैठौं बार्षिकोत्सवको अबसरमा बिरही र लामालाई नगद र सम्मानसहित पुरस्कृत... पुरा पढ्नुहोस
सुन्दरहरैंचाका पुर्व लेखा अधिकृत ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
- 9 महिना, 25 दिन अगाडि
- १४ माघ २०८०, आईतवार
घुस लिएको अभियोगमा पक्राउ परेका मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका ढकाललाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाश फैसला गरेसंगै ढकाललाई ६ महिना... पुरा पढ्नुहोस
सिंहदेवी सामुदायिक वनको १८ औं बार्षिक साधारणसभा सम्पन्न
- 9 महिना, 29 दिन अगाडि
- १० माघ २०८०, बुधबार
केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको १८ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र मनमाया मगरको बिशेष आतिथ्यतामा वनको आफ्नै हलमा साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कृष्ण लुइँटेल, केराबारी ९ का... पुरा पढ्नुहोस
पाँचौ राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्णसहित २२ पदक जित्दै प्रथम भयो मच्छिन्द्र स्कुल
- 10 महिना, 5 दिन अगाडि
- ३ माघ २०८०, बुधबार
केराबारीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सरकार खेलकुद मन्त्रालय, खेलकुद विभाग अन्र्तगत तयार गरिएको खेलकुद नीति एवं निर्देशिका बमोजिम वार्षिक क्यालेण्डरमा नै समेटेर हरेक स्थानीय तहमा गरिने प्रतियोगिता केराबारीमा सम्पन्न भएको हो । पालिका भरीका स्कुलहरुबाट छनौटमा परेका १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म... पुरा पढ्नुहोस
धनकुटाका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित
- 10 महिना, 10 दिन अगाडि
- २७ पुष २०८०, शुक्रबार
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको... पुरा पढ्नुहोस
सुन्दरहरैचाको जंगलमा साथी मारिएपछि झन् उपद्र्याहा हुन थाले हात्ती, सतर्क रहौँ है
- 10 महिना, 20 दिन अगाडि
- १७ पुष २०८०, मंगलवार
मोरङको सुन्दरहरैँचामा गोली हानेर एउटा जंगली हात्तीको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वन क्षेत्रको नर्सरी नजिकै सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले बताए । मृत फेला परेको हात्तीको पुच्छर पनि काटेर लगिएको छ ।... पुरा पढ्नुहोस
शेयर बजारबारे गुरुकुल पाठशालाका सयभन्दा बढी अभिभावकले लिए तालिम
- 11 महिना, 10 दिन अगाडि
- २६ मंसिर २०८०, मंगलवार
गुरुकुल पाठशाला बेलबारी ३ मा १ दिने अभिभावक शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार अर्थात मंसिर २५ गते अभिभावक सपोर्ट कार्यक्रम अन्तर्गत शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । करिब १ सय बढी अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा अभिभावककहरुलाई प्राथमिक शेयर भर्ने तरिका, प्राथमिक शेयरबाट प्राप्त गर्न सकिने लाभ... पुरा पढ्नुहोस
म्याङलुङमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, एघार सयभन्दा बढीको जाँच तथा उपचार
- 11 महिना, 11 दिन अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याङलुङ नगरपालिकाको आयोजना र तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंसिर २२ र २३ गते तेह्रथुम सदरमुकामको म्याङलुङ नगरपालिकास्थित जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय १७ जना विरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् । नोवेल शिक्षण... पुरा पढ्नुहोस
धनकुटा नगरका पर्यटकीय क्षेत्र पहिचान र अवलोकन गर्न आए पर्यटनकर्मी
- 11 महिना, 12 दिन अगाडि
- २४ मंसिर २०८०, आईतवार
धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो । धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको... पुरा पढ्नुहोस