गाउँ/समाज
लालिगुराँस साकोसद्वारा तीन दर्जन बुवाहरु सम्मानित
- 1 बर्ष, 2 महिना अगाडि
- २८ भाद्र २०८०, बिहीबार
कुशे औंशीको अबसरमा मोरङ बेलबारीस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिक सम्मानसहित बुवाको मुख हेर्ने कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रम गरी लालिगुराँस सहकारीले ७० बर्ष माथिका तीन दर्जन शेयर सदस्य वा शेयर सदस्यका बुवाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला, बेलबारी... पुरा पढ्नुहोस
धनकुटाको हुलाकटोललाई उज्यालो बनाउन नेपाल बैकले दियो २१ वटा सडक वत्ति
- 1 बर्ष, 2 महिना अगाडि
- २५ भाद्र २०८०, सोमबार
मुख्य बजार क्षेत्र धनकुटाको वडा नं. ७ को हुलाकटोलमा नेपाल बैक लिमिटेड धनकुटा शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको सडक वत्ती आज जठान गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ७ को हुलाकटोल स्थित मदन चौक देखी अस्पताल रोड हुदै ग्रिन र्पाक चुवाको वोट,चार चौतारा सम्मको क्षेत्रमा नेपाल बैक लिमिेटेड... पुरा पढ्नुहोस
पुष्पदर्शन साकोसको १७ औं बार्षिक साधारण सभा सम्पन्न
- 1 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
माेरङकाे सुन्दरहरैँचा १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.काे १७ अाै बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सचिव डाेलेश्वर तिम्सिनाले सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्य याेजना प्रस्तुत गरेका थिए । त्यस्तै लेखा संयाेजक पुरूषाेत्तम नेपालले लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन... पुरा पढ्नुहोस
बिदेशी डाक्टरसहित धनकुटा अस्पतालमा हुनेभो १३ दिने स्वास्थ्य शिविर
- 1 बर्ष, 2 महिना अगाडि
- ६ भाद्र २०८०, बुधबार
धनकुटा जिल्ला अस्पताल अशोज १ देखि १२ गते सम्म वृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । धनकुटा अस्पतालमा हुने उक्त वृहत निशुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट विशेषज्ञ डाक्टहरुबाट पितको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताए ।... पुरा पढ्नुहोस
झण्डै २ करोडको लागतमा बेलबारीमा बन्ने भए दुइवटा शबदाह स्थल
- 1 बर्ष, 3 महिना अगाडि
- २९ श्रावण २०८०, सोमबार
बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीका २ वटा वडामा तत्काल शवदाह स्थल निर्माणको काम शुरु हुने बताएका छन । शनिबार जलाउँदै गरेको शव लोहन्द्रा खोलाको बाढीले बगाएपछि सामाजिक संजाल फेसबुक मार्फत नगरप्रमुख राईले बेलबारी ३ र बेलबारी ७ मा तत्काल शवदाह स्थल निर्माणको काम शुरु हुने बताएका हुन् । बेलबारी... पुरा पढ्नुहोस
धनकुटामा कांग्रेसको आन्तरीक संगठन सुदृढीकरण अभियान
- 1 बर्ष, 3 महिना अगाडि
- २४ श्रावण २०८०, बुधबार
नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण र विस्तार गर्न आन्तरीक विशेष अभियान शुरु गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले उक्त आन्तरीक विशेष अभियानको विरुवामा पानी लगाएर उद्घाटन गरे । नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा साउन २० गते देखी साउन ३० गते सम्म क्षेत्र,पालिका,वडा र... पुरा पढ्नुहोस
कृषि पेशाबाट छुट्टै पहिचान बनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी
- 1 बर्ष, 3 महिना अगाडि
- १५ श्रावण २०८०, सोमबार
१० बज्दा कार्यालयमा पुग्ने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिन्छन् । उनले फुर्सदको समयलाई कृषि व्यवसायमा खर्चिने गरेका छन् । केराबारी गाउँपालिका–९ घङगरुमा जग्गा लिजमा लिएर उनले कृषि फार्म खोलेका छन् । साहसहित २ जना मिलेर ओसिस स्मार्ट एग्रो फार्म सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस
रास्वपा बेलबारीको प्रथम अधिवेशन : कुमार खुलालको नेतृत्वमा समिति
- 1 बर्ष, 3 महिना अगाडि
- ८ श्रावण २०८०, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगरको प्रथम अधिवेशनले कुमार खुलाल अध्यक्ष रहेको ११ सदस्यीय नगर समिति गठन गरेको छ । अधिवेशनले भलाकाजी खड्कालाई उपाध्यक्ष, सुवास श्रेष्ठलाई सचिब र बालकुमारी बिकलाई कोषाध्यक्षमा चयन गरेको छ । अधिवेशनले बलु कार्की,अनुजा कटुवाल र जीवन राउतलाई नगरसमिति सदस्य बनाएको छ । एघार सदस्यीय समितिमा समुदाय... पुरा पढ्नुहोस
बेलबारी साना सहरी तथा खानेपानीमा गडबडी
- 1 बर्ष, 4 महिना अगाडि
- ४ श्रावण २०८०, बिहीबार
बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता समितिमा अनियमितता भएको छानबिन समितिले ठहर गरेको छ । मोरङ बेलबारी – १ मा रहेको खानेपानीको ओभर हेड ट्यांकीको कम्पाउन्ड वाल र जाली लगाउने काममा समितिले अनियमितता गरेको छानबिन समितिको ठहर छ । निर्माण कार्यमा भएको खर्च अस्वाभाविक देखिएको भन्दै छानविन समिति बनाइएको थियो... पुरा पढ्नुहोस
देविझोडा सामुदायिक वन जिल्लाकै उत्कृष्ट वन घोषित
- 1 बर्ष, 4 महिना अगाडि
- १ श्रावण २०८०, सोमबार
मोरङका उत्कृष्ट सामुदायिक वनहरु पुरस्कृत मोरङको केराबारी गाउँपालिका वडा नंम्बर ९ मा रहेको देविझोडा सामुदायिक वन उपभोक्ता समुह जिल्लाकै उत्कृष्ट सामुदायिक वन समुह घोषित भएको छ । डिभिजन वन कार्यालय मोरङले शनिवार एक कार्यक्रमको आयोजना गरी देवीझोडा सामुदायिक वनलाई जिल्लाको उत्कृष्ट सामुदायिक वन पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो ।... पुरा पढ्नुहोस