स्पोर्ट्स

एन प्याव्सन स्पोर्टस मिट २०७५ को समापन : प्रतियाेगिताकाे उपाधी पिनाकललाई

केशु विरही, बेलवारी, माेरङ / नीजि तथा अावासिय विद्यालयहरुकाे संस्था एनप्याव्सन मोरङले आयोजना गरेको एन प्याव्सन स्पोर्टस मिट २०७५ काे उपाधी कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ । मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी जारी खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा फुटसल प्रतियाेगिता जारी

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा अाजबाट प्रथम सुविजिमुर मेमोरियल पूर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिता शुरु भएको छ । प्लानेट रिक्रिएसन सेन्टर सुन्दरहरैचाकाे अायाेजनामा संचालन भएकाे फुटसल प्रतियाेगिताकाे उद्घाटन मुख्य प्रायोजक रहेको सुविजिमुर मेमोरियल उच्च मा.वि. का प्रीन्सिपल गोविन्द कार्किले गरेका थिए । आज भएको पहिलो खेलमा हरैचामोडलले शिक्षा निकेतनलाई पाखा लाउदै... पुरा पढ्नुहोस

लक्ष्मीमार्गमा शुरुभो एन प्याब्सन स्पाेर्ट्स मिट २०७५, मन्त्री कार्कीद्वारा उद्घाटन

केशु विरही, बेलबारी, माेरङ/ निजी तथा आवासीय विद्यालयहरुकाे संगठन एन प्याब्सन माेरङले आयाेजना गरेकाे जिल्ला स्तरीय स्पाेर्टस मिट २०७५ बिहीबारबाट सुरु भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ११ मा रहेकाे लक्ष्मी खेलमैदानमा संचालन भैरहेकाे दुईदिने प्रतियाेगिताकाे बिहीबार एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत... पुरा पढ्नुहोस

लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने

एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता  हुने भएको छ । बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल... पुरा पढ्नुहोस

केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु

महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो । ... पुरा पढ्नुहोस

यूएईलाई १४ रनले पराजित गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज

 युएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्दै २–१ ले सिरिज कब्जा गरेको छ । नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाएपछि नेपाल १४ रनले विजयी भएको हो । ... पुरा पढ्नुहोस

टी-ट्वान्टी क्रिकेटको दोस्रो खेलमा युएईलाइ ४ विकेटले पराजित गर्दै नेपाल विजयी

टी-ट्वान्टी क्रिकेट अन्तरगत युएईविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । शुक्रबार दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा १ सय ८ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १९.३ ओभरमा पूरा गरेको हो । शुरूवात चरणमा ४६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन... पुरा पढ्नुहोस

सिद्धार्थ बोर्डिङद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट भब्य रूपमा सम्पन्न

सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सिद्धार्थ बोर्डिङ स्कुलद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट २०७५ सम्पन्न भएको छ । माघ १४-१५ गतेसम्म विद्यालय परिसर र बाघझोडा खेल मैदानमा भएको स्पोर्ट्स मिटमा प्रत्येक कक्षाका विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । कक्षा नर्सरी देखि १२ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न खेलमा ब्यक्तिगत तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए ।... पुरा पढ्नुहोस

प्याब्सन माेरङकाे १० औं स्पोर्ट्स मिट २०७५ शुरु, खेलकुदमय बन्दै बेलबारी

विवेक मिश्र/ केशु बिरही, लक्ष्मीमार्ग । निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले आयोजना गरेको दशौं प्याब्सन स्पोर्टस् मिट बेलवारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शुरु भएको छ । प्याब्सन माेरङकाे १० औं  स्पाेर्टस मिट २०७५ बेलबारी स्थित लक्ष्मीमार्गमा सुरु भएपछि पूरै बेलबारी खेलकुदमय बनेकाे छ । जिल्ला भरका निजी... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न, डवल मेन्सतर्फकाे उपाधि सेनाकाे टिमलाई

केशु विरही, सुन्दरहैंचा, मोरङ/ पाैष २७ गतेबाट मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५  समापन भएकाे छ । दुर्गादेवी दुलाल कवडहलमा संचालन भएकाे डवल मेन्सतर्फकाे उपाधी सेनाकाे टिमले हात पार्न सफल भएकाे छ । बुधबारकाे मेन्स डवलकाे फाईनल खेलमा एपिएफ दिपेश धामी र विजित थापामगरकाे टिमलाई २१।... पुरा पढ्नुहोस