ताजा अपडेट
एक्ली देशमायाको लागि निर्माण गरिएको घर हस्तान्तरण, आम्दानी र खर्च पनि सार्वजनिक
- 6 बर्ष, 2 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
मोरङको बेलबारी २ की बेसहरा देशमाया राईको लागि ५ लाखभन्दा बढीको लागतमा स्थानीयबासीको पहलमा निर्माण गरिएको घर एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ । बर्षौंदेखि मागेको भरमा गुजारा चलाउँदै आएकी एक्ली देशमायालाई वडा सदस्य खिनामाया थापालगायतको अगुवाइमा ३ कोठाको १ तले घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा... पुरा पढ्नुहोस
केराबारीस्थित मच्छिन्द्र माविको ६२ औं बार्षिकोत्सव सम्पन्न, ३० जनाले गरे रक्तदान
- 6 बर्ष, 2 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
मोरङको केराबारी गाउँपालिका ८ स्थित मच्छिन्द्र माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा सोमबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सब मनाइएको हो । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की प्रमुख अतिथि थिए । कार्यक्रममा... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न, जनताका थुप्रै गुनासा
- 6 बर्ष, 2 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
केराबारी गाउँपालिकाले आर्थिक बर्ष २०७५/ ०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ । केराबारी ६ साबिक याङ्शिलास्थित फिलिप नयाँ करार बत्तीस मण्डली (चर्च) मा भएको सार्वजनिक सुनुवाइमा केराबारी ६ का स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो । सार्वजनिक सुनुवाइमा केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेलले गत मंसिरदेखि चैत मसान्तसम्मको... पुरा पढ्नुहोस
धनकुटामा कोदालोको पासोले हानेर आफ्नै बाबुलाई मारे बालक छोराले
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा बालक छोराद्धारा बाबुको हत्या भएको छ। सहिदभूमि गाउँपालिका ४ पिप्ले निवासी १४ वर्षीय बालक विज्ञान राईले शनिबार राति आफ्नै बुबा ५५ वर्षीय इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजेतिर घरायसी विवादका कारण विज्ञानले उनका बुबालाई कोदालाको पासोले टाउकोमा प्रहार गरेको... पुरा पढ्नुहोस
बित्थामा आफ्नो बदनाम गर्न खोजिएको भन्दै प्रतिबादमा उत्रिए बेलबारी ६ का वडाध्यक्ष
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
मोरङको बेलबारी ६ कसेनीकी २७ बर्षिया सिर्जना राई (मुना) को मृत्युको बिषयलाइ लिएर आफुलाइ बदनाम गर्न खोजिएको भन्दै बेलबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उदयवहादुर राईले बिज्ञप्ति निकालेर प्रतिबाद गरेका छन् । बिज्ञप्तिमा राइले सिर्जनाको गत वैशाख ५ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको र डाक्टर... पुरा पढ्नुहोस
कसेनीमा बन्नेभो कैलासेश्वर धर्मशाला, बेलबारी ६ मा सामुदायिक भवनको शिलान्यास
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
बेलबारी नगरपालिका वडा नम्बर ५ कसेनीमा कैलासेश्वर धर्मशालाको उद्घाटन गरीएको छ । नगरपालिकाको ३ लाख ५० हजार तथा अन्य संघ संस्था तथा ब्यक्तिहरुको ९ लाख भन्दा वढी लागतमा निर्माण गरिएको धर्मशालाको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन । उक्त धर्मशालाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी... पुरा पढ्नुहोस
सशस्त्रको टोली सक्रिय नहुँदा सुनसरीको सीमा क्षेत्रमा बढ्न थाल्यो तस्करी
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
सुनसरीको सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको पाइएको छ । छोटी भन्सार कार्यालय लौकहीको कर्मचारी रमिते बनेपछि भारतको बेला बसमतिया र लौकही क्षेत्रमा तस्करहरू सलबलाउन थालेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको हो। छोटी भन्सार कार्यलयका केही कर्मचारीहरुले सना देखी ठुला व्यापारीहरुसँग... पुरा पढ्नुहोस
ट्युबवेल वितरणमा अनियमितता, वितरण नै नगरेको आरोप
- 6 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
दिपेन्द्र यादव, सुनसरी । ट्युवेल (कल) वितरणको नाममा भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले भ्रष्टाचार गरेको स्थानीयबासीहरुले आरोप लगाएका छन् । वडा स्तरीय योजना अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष यादव र वडा सचिव ब्रहमदेव साहको मिलोमतोमा ट्युवेल (कल) वितरणको नाममा भ्रष्टाचार गरेको भोक्राहा ७ का... पुरा पढ्नुहोस
अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा गुन्जिए रेखा सुवेदीका कविताहरु
- 6 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार काठमाण्डौंमा आयोजना गरिंँदै आएको अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा बेलबारी मोरङकी कवि रेखा सुवेदीका कविता बाचन भएका छन् । जनसाँस्कृतिक महासंघको कार्यालय बागबजारमा भब्यरूपमा भएको कार्यक्रम प्राज्ञ राम विनयको अध्यक्षता र डा. विन्दु शर्माको सञ्चालनमा गरिएको हो । शुक्रबार भएको सो कार्यक्रममा कवि सुवेदी आफैंले... पुरा पढ्नुहोस
सिर्जना राईको हत्या भएको भनी गरिएको हल्लाप्रति परिवार र गाउँलेको आपत्ति
- 6 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
मोरङको बेलबारी ६ स्थित बोराबाँधकी २७ वर्षिया सिर्जना राईको मृत्युबारे झुठो प्रचार गरेर समाजकै वदनाम गरिएको भन्दै परिवार र गाउँलेले आपत्ति जनाएका छन् । सिर्जनाका श्रीमान् पर्वत राई, उनको परिवार र छिमेकी सहितका करिव २ सय जति गाउँलेको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो । सिर्जनाकै घरमा गरिएको पत्रकार सम्मेलनमा सिर्जनाको मृत्युपछि शव... पुरा पढ्नुहोस