ताजा अपडेट

खदामाथि प्रतिबन्ध लगाई धिमाल गलबन्दी प्रयोग गर्ने बेलबारी नगरपालिकाको तयारी 

उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाले खदा प्रयोगमाा प्रतिबन्ध लगाएर अन्य  विकल्प खोज्ने भएको छ ।  नगरकै पहिलो जातिको रुपमा घोषणा गरीएको धिमाल जातिले लगाउने गलफनलाई नै खदाको रुपमा प्रयोग गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले वाह्य बस्तु भन्दा आफ्नै मौलिक र सस्कृतिसंग जोडिएका बस्तु प्रयोग गर्ने बताए ।... पुरा पढ्नुहोस

बिराटचोकमा पुर्वराजाको कार दुर्घटना, कारको ठक्करबाट एकजनाको मृत्यु

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएका सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार एउटा मोटरसाइकललाई ठक्कर दिंँदा  एकजनाको मृत्यु भएको छ । दुर्घटनामा को १५ प ९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम... पुरा पढ्नुहोस

पदमार्गले बल्ल जोडिने भए ऐतिहासिक हरिहरपुरगढी र सिन्धुलीगढी

तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी र चौधौं शताब्दीमा बनेको अनि तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेको सिन्धुलीगढी पदमार्गले जोडिने भएका छन् । समृद्ध सिन्धुली अभियानले  हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन पूरा गरेको छ । अध्ययनका लागि अभियानका संयोजक लीलानाथ घिमिरेसहित प्राविधिक, समाजशास्त्री, पत्रकारलगायत ८ जनाको टोली हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म पुगेको... पुरा पढ्नुहोस

सिसौली सिमसारमा सम्पन्न भो छैटौं साहित्य परिक्रमा कार्यक्रम

बेलबारी साहित्य विकास समितिको छैटौं साहित्य परिक्रमा कार्यक्रम मोरङ बेलबारी-१ स्थित सिसौली सिमसारमा सफलताका साथ सम्पन्न भएको  छ । हरेक महिना एउटा साहित्य परिक्रमा गर्दै आएको  समितिले बुधबार बेलबारी–१ मा अवस्थित पर्यटकीय स्थल सिसौली सिमसारमा यसपालीको कार्यक्रम  गरेको हो । सर्जकहरुले सुन्दर तथा जैविक विविधताले भरिपूर्ण  सिसौली सिमसारको बिषयमा आधारित... पुरा पढ्नुहोस

‘जनतासँग मेयर’ कार्यक्रम लिएर बस्ती बस्तीमा पुग्न थाले बेलबारीका मेयर

मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी जनतासँग मेयर कार्यक्रम नै लिएर गाँउ गाँउमा जान थालेका छन् । विकास निर्माणदेखि नगरवासीको जीवनस्तरको अबस्था वुझ्न गाँउ गाँउमा जाने गरेका मेयर सुवेदी 'जनतासँग मेयर' कार्यक्रम  नै लिएर  वस्तिमा जान थालेका हुन् । बेलबारी वडा नम्बर ६ मा रहको मुसहर वस्तिमा पुगेर मेयर सुवेदीले... पुरा पढ्नुहोस

विद्युत चोरी र दुर्घटना रोक्नका लागि धनकुटामा गरियो विविध कार्यक्रम

नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले मंगलबार विद्युत सुरक्षा दिवस २०७५ को अबसरमा विभिन्न कार्यक्रम गरेको छ । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौँ’ भन्ने मूल नाराका साथ मनाइएको विद्युतीय सुरक्षा दिवसमा ‘हुकिङ गरी बत्ति नबालौँ , विद्युतीय दुर्घटनाबाट बचौँ’, विद्युत वाइरिङ गर्दा ‘अर्थिङ’ अनिवार्य गरौँ र... पुरा पढ्नुहोस

केराबारीका श्रष्टाहरु संगठित, केराबारी साहित्य तथा कला विकास केन्द्र गठन

साहित्य र कलाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले केराबारीका साहित्यकार तथा श्रष्टाहरु संगठित भएका छन् । मंगलबार भएको एक भेलाले केराबारी साहित्य तथा कला विकास केन्द्र नामक संस्थाको तदर्थ समिति गठन गरेको  हो ।  नवीन थापा क्षेत्रीको अध्यक्षतामा गठित तदर्थ समिति ११ सदस्यीय छ । नव गठित समितिमा युपल रुचाल... पुरा पढ्नुहोस

टोल विकास संस्थाहरुलाई सक्रिय बनाउंँदै बेलबारी नगरपालिका 

बेलबारी नगरपालिकाले टोलविकास सस्थाहरुलाई सक्रिय बनाउन थालेको छ । बेलबारी ३ ले वडाको विकासका लागि वडावासीलाई आफैं सकृय बनाउन थालेको हो । वडाले बेलबारीमै पहिलो पटक वडाबासीकै सहभागितामा दैवी प्रकोप उदार समिति समेत बनाएको छ । मोहन पोख्रेलको अध्यक्षतामा ११ सदस्य समिति निर्माण गरेको वडाले मंगलवार टोल विकास सस्थाका पदाधिकारीहरुलाई... पुरा पढ्नुहोस

जेलमै सडिनेभो छोरीलाई करणी गर्ने मोरङको एउटा पापी, ४१ बर्ष कैदको फैसला

आफ्नै दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ कानेपोखरीका एक ब्यक्तिलाई अदालतले जन्मकैद सजाय तोकेको छ । मोरङको कानेपोखरी–५ का नाम बदलिएका ३९ वर्षीय जिते माझीलाई अदालतले जन्मकैद सजाय तोकेको हो । आफ्नै १२ र १४ वर्षका दुुई छोरीहरूलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा माझीलाई गत असोजमा इलाका प्रहरी कार्यालय पथरीले... पुरा पढ्नुहोस

इटहरीमा जारी मेयरकप क्रिकेटको सेमिफाईनलमा पुग्यो बेलबारी 

इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगितामा बेलबारी विजयी भएको छ । सोमवार भएको प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गर्दै बेलबारी बिजयी भएको हो । टस जितेर ब्याटिङ राजेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा आठ विकेटको क्षतिमा पथरी शनिश्चरे नगरपालिका समक्ष १ सय ७३ रनको लक्ष्य दिएको थियो ।... पुरा पढ्नुहोस