पूर्वी नेपाल
सुकुना क्याम्पसमा नि:शुल्क स्वास्थ्य शिविर, दुई सयभन्दा बढी विरामीले लिए सेवा
- 5 बर्ष, 9 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
विराट मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा मोरङको बिराटचोकस्थित सुकुना वहुमुखी क्याम्पसमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको स्वास्थ्य शिविरमा दुई सय विरामीले सेवा लिएका छन् ।मेडिकल कलेजका कृष्ण कडेंलको नेतृत्वमा आएको चिकित्सक टोलीले आवश्यक उपचार परामर्श दिएको हो । विहान १० बजेवाट संचालित उपचार सेवामा... पुरा पढ्नुहोस
तीनवटा वडामा स्वास्थ्य चौकी स्थापना गर्नेभो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका बेलबारी नगरपालिकाले ३ वडामा स्वास्थ्य चौकी स्थापना गर्ने भएको छ । आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका वडा नम्बर ४, ११ र ८ नम्बर वडामा स्वास्थ्य चौकीहरु स्थापना गर्न लागेको हो । नगरवासी कसैले पनि रोगले थला पर्नु नपरोस् भनेर स्वास्थ्य चौकीहरु स्थापना गर्न लागिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस
खोटाङमा बांदर समात्ने अभियान शुरु, एउटा बांदर समाएको २ हजार रुपैयाँ दिइंदै
- 5 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
बाँदरले किसानलाई हैरान पारेपछि खोटाङमा बाँदर नियन्त्रण तथा व्यवस्थापन अभियान शुरु गरिएको छ । बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति नै बनाएर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट ‘बाँदर समाउ अभियान’ शुरु गरिएको हो । बाँदर नियन्त्रणका लागि भारतबाट पेसेवरी सिकारी नैै ल्याइएको छ । बाँदरलाई खोर र जाल थापेर समात्न भारत... पुरा पढ्नुहोस
बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं
- 5 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
सरकारले प्रदेश स्तरमै श्रम स्वीकृति दिने नीति लिएसंगै बुधबारदेखि श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु गरिएको छ । बुधवार श्रम कार्यालय बिराटनगरले प्रदेश १ मा पहिलो पटक श्रम स्वीकृत प्रदान गर्न थालेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका... पुरा पढ्नुहोस
करोड कारोबारको लक्ष्य सहित गछियामा हुनेभो तेश्रो सुन्दरहरैचा एक्स्पो, तयारी तीब्र
- 5 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७५, सोमबार
'कृषि , पर्यटन , उधोग र व्यापार : आर्थिक समृद्धिको मुल आधार' भन्ने नाराका साथ सुन्दरहरैचा नगरपालिका स्थित गछियामा तेश्रो सुन्दरहरैचा एक्स्पो २०७५ आयोजना हुने भएको छ । एक्स्पो आयोजकले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सुन्दरदुलारी उधोग वाणिज्य संघको आयोजनामा हुने उक्त एक्स्पो फागुन ४ गते देखी फागुन १२ गतेसम्म... पुरा पढ्नुहोस
राष्ट्रपतिले पढाएको नक्सलबारी स्थित जनता माविको ५१ औं बार्षिकोत्सव
- 5 बर्ष, 9 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
कुनैबेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पढाएको बेलबारी १ मा अबस्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४ को समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन भएको छ । ५१ औं बार्षिक उत्सव कार्यक्रमको अबसरमा शनिबार स्वर्ण महोत्सवको समापन तथा ५१ औं बार्षिकोत्सबको उद्घाटन गरिएको हो । बिक्रम सम्बत २०२४ सालमा स्थापित विद्यालयले... पुरा पढ्नुहोस
सप्तकोसीमा चल्न आंट्यो सय यात्रु अट्ने शौचालय सहितको पानीजहाज
- 5 बर्ष, 9 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
सरकारले सप्तकोसीमा पानीजहाज चलाउन जहाज खरिद गर्ने र कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । जल यातायातका लागि अहिले सप्तकोसीको चतरा पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने... पुरा पढ्नुहोस
दाउरामा बसेर तमोर नदी तर्न बाध्य छन् तेलिया र चौबिसेका बासिन्दाहरु
- 5 बर्ष, 9 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
धनकुटाको चौबिसे गाउँपालिका ५ सदामटार र छथर गाउँपालिका ४ तेलिया बीचको तमोर नदीमा झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ। अस्थायी रूपमा सुकेका दाउराबाट बनाइएको चेफाबाट नदी तरेर दिनहुँ सयौँ स्थानीय आउने जाने गर्छन्। झोलुंगे पुल नहुँदा सर्वसाधारणको... पुरा पढ्नुहोस
लेटाङ नगरपालिकाले फुसको छानो भएका ४ सय २५ परिवारलाई दिनेभो जस्तापाता
- 5 बर्ष, 9 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
गोपाल काफ्ले, लेटाङ मोरङ / फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले गरिब तथा बिपन्न टिनको छानो बितरण शुुुुरु गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडि खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो... पुरा पढ्नुहोस
झापामा कोरो ढिकुरो गरेरै बाबुको काजकिरियामा बसे छोरीहरु
- 5 बर्ष, 9 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
परम्परागत मान्यता तोड्दै झापाको बिर्तामोडमा तीन जना छोरीहरु बाबुको काजकिरियामा बसेका छन् । साबिक गरामनी गाविसका अध्यक्ष हाल बिर्तामोडका ६२ वर्षीय घिमिरेको मृत्युपछि ३ जना छोरी विञ्जु लुइँटेल, इञ्जु प्रसाइं र सञ्जु सङ्ग्रौला बाबुको काजकिरियामा बसेका हुन् । मृतक घिमिरेकी पत्नी चन्द्रकला घिमिरेसहित तिनैजना छोरीहरू कोरो ढिकुरो गरेर नै काजकिरियामा बसेको... पुरा पढ्नुहोस