गाउँ/समाज

केराबारी स्वास्थ्य चौकी अब बन्यो पालिका अस्पताल, फिजियोथेरापी र स्वास्थ्य बीमा पनि सुचारू

केराबारी स्वास्थ्य चौकीबाट स्तरोन्नति भएको केराबारी पालिका अस्पतालले विभिन्न सुबिधासहित १२ घण्टे स्वास्थ्य सेवा शुरु गरेको छ। अस्पतालमा विरामीको चाप बढ्दै जान थालेपछि अस्पतालले १२ घण्टे सेवा शुरु गरेको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले साउन १८गते रिबन काटेर १२ घण्टे स्वास्थ्य सेवाको उद्घाटन गरेका छन् । १२... पुरा पढ्नुहोस

उर्लाबारीमा छोरीहरुले छोरासरह गरे बाबुकाे किरिया

मोरङको उर्लाबारीमा छोरीहरूले छोरासरह बाबुकाे किरिया गरेका छन् । उर्लाबारी नगरपालिका ४ सृजना टोलका ५६ वर्षीय सोमनाथ खतिवडाको निधनपछि उनका तीन छोरी मध्ये दुई जना छोरीहरू दश गात्र कर्ममा बसेका हुन् । खतिवडाको केहि दिनअघि ह्दयघातका कारण मृत्यु भएको थियो । छोरा नभएका खतिवडाका तीन छोरी मध्ये जेठी एलिजा र... पुरा पढ्नुहोस

धनकुटाको मेयर र महालक्ष्मी ८ का वडाध्यक्षको मतगणनाका कागजात झिकाउन अदालती आदेश

स्थानीय तहको निर्वाचनको क्रममा धनकुटा नगरपालिकामा मेयर पदको र महालक्ष्मी नगरपालिका वडा नं. ८ मा वडाध्यक्षको पदको मतगणना दोहो¥याई पाउँ भनी दिएको निवेदनमा उच्च अदालत धनकुटाको ईजलासले मतगणना गर्दा गरिएको मुचुल्का फायलहरु लगायतकाका कागज झिकाउन आदेश दिएको छ । उच्च अदालतले मतगणना गर्दा गरिएको मुचुल्का, फायलहरु, मतगणना स्थलको सि.सि. टि.... पुरा पढ्नुहोस

धनकुटामा ६ महिनाभित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक

अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले धनकुटामा वितेका ६ महिना भित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक गरेको छ। इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो। मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि संकलित... पुरा पढ्नुहोस

नोबेलको शिविरमा डा. शेखर कोइरालाले पनि जाँचे बिरामी

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कांग्रेस नेता शेखर कोइरालाले पनि बिरामीको जाँच गरेका छन् । नोना कोइराला स्मिृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरे... पुरा पढ्नुहोस

भद्रपुर र चक्रघट्टीमा नोबेलको स्वास्थ्य शिविर, दुई हजारभन्दा बढीको जाँच तथा उपचार

झापाको भन्द्रपुर नगरपालिका–१ मा पनि सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र जिल्ला प्रशासन कार्यालय झापाको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।     शिविरमा नोबेल अस्पतालका डाक्टरहरुले ९ सय ५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।     शिविरमा १ सय ६३... पुरा पढ्नुहोस

धनकुटाका कुन कुन पालिकामा कति परेछ बजेट ?

१. चौबिसे गाउँ पालिका - ३३ करोड ६१ लाख २. सागुरिगढी गाउँ पालिका - ३४ करोड ७० लाख ३. छथरजोरपाटी गाउँपालिका -३३ करोड ३१ लाख ४. सहिदभुमी गाउँ पालिका - ३३ करोड १७ लाख ५. पाख्रीबास नगरपालिका - ३७ करोड २१ लाख ६. महालक्ष्मी नगरपालिका- ४३ करोड ३५ लाख ७.... पुरा पढ्नुहोस

उत्तरी मोरङका चार पालिकाका बिरामीले नोबेलबाट फेरि पाउन थाले नि:शुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा सुचारु गराएका छन् । मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि केही बर्ष अघिदेखि टोल–टोलमा डाक्टर पठाएर विरामीहरुको निःशुल्क उपचार गर्ने अभियान कोरोनाको महामारीका कारण रोकिएकोमा अहिले पुनः सुरु... पुरा पढ्नुहोस

धनकुटामा गठबन्धनले जितेका ४ पालिकासहित ३० वडामा घट्नेभो कर, नि:शुल्क स्वास्थ्य बिमाको योजना

पाँच दलिय गठबन्धनको बैठकले धनकुटामा गठबन्धनले जितेका सातवटै पालिकाका ३० वटा वडामा कर घटाउनुका साथै व्यक्तिगत घट्ना दर्ता र स्वास्थ्य बिमा समेत नि:शुल्क गर्ने घोषणा गरेको छ । धनकुटा जिल्लामा गठबन्धनले जितेको पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकामा पद वहालीसँगै विगतमा एमालेको स्थानीय सरकारले बढाएको कर घटाउने... पुरा पढ्नुहोस

धनकुटाका चार पालिकामा कांग्रेस र दुइ पालिकामा एमालेले पाए नेतृत्व

धनकुटामा मत परिणाम आएका छ मध्ये गठबन्धनबाट कांग्रेसले चारवटा पालिका प्रमुख र एमालेले दुइवटा प्रमुख जितेको छ। कांग्रेस बाहेकका गठबन्धनको दल माओवादीले आफ्नो भागमा परेको उपप्रमुख एउटामा मात्र जित्न सकेको छ। तर, कांग्रेसले प्रमुख जितेका चार वटा पालिकामा माओवादी र समाजवादीको भाग खोस्दै एमालेले चारवटा उपप्रमुख जितेको छ। एमालेले यसअघि... पुरा पढ्नुहोस