खबर
लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल
- 4 बर्ष, 11 महिना अगाडि
- ७ पुष २०७६, सोमबार
उत्तरी मोरङको लेटाङमा यहि पौष २५ गते देखि प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । चिसाङ भ्याली क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । लेटाङमा खेलकुद तथा पर्यटनको विकास र प्रतिभाहरुको खोजी कार्यलाई सहजता दिलाउने उद्देश्यले खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव विकल... पुरा पढ्नुहोस
मकै पकेट क्षेत्र बन्यो बेलबारी नगरपालिकाको वडा नम्बर ६
- 4 बर्ष, 11 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले एक र्वाड एक उत्पादनकाे नीति अनुसार वार्ड नं ६ लाई मकै जाेनकाे रुपमा घाेषणा गरेकाे छ । प्रत्येक वडालाई विशेष पकेट क्षेत्रकाे रुपमा घाेषणा गर्ने कार्यक्रम अनुसार वार्ड नं ६ लाई मकै पकेट जाेनकाे रुपमा घाेषणा गरिएकाे नगरपालिकाले जनाएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ६... पुरा पढ्नुहोस
केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वनमा अनियमितता, पुरानो र नयाँ समितिबिच गाँड कोराकोर
- 4 बर्ष, 11 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
मोरङ केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहको पुरानो समिति र नयाँ समितिले लामो समयसम्म हिसाब बरबुझारथ नगरेका कारण ठुलै अनियमितता भएको पाइएको छ । गत चैत महिनामै चुनावी साधारणसभा भएर नयाँ समिति आएपनि पुरानो र नयाँ समितिले हालसम्म आर्थिक र मौज्दात काठको हिसाब बुझबुझारथमा समितिले बेवास्ता गरेका कारण... पुरा पढ्नुहोस
९ करोडभन्दा बढी ठग्ने ‘घनश्यामलाई पक्राउ गर’ भन्दै फेरि आन्दोलनमा उत्रिए सयभन्दा बढी पिडितहरु
- 4 बर्ष, 11 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
मोरङको बेलबारीका एक ब्यापारीबाट ठगीमा परेका दुई सय जनाभन्दा बढी ब्यत्तिहरु आन्दोलनमा उत्रन थालेका छन् । बेलबारीका घनश्याम श्रेष्ठले आकर्षक ब्याजको प्रलोभन देखाउँदै ९ करोड बढी रकम ठगेर बेपत्ता भएपछि पिडितहरु आन्दोलनमा उत्रिएका हुन् । बेलबारी १ सिनेमा हल लाइनमा सुनको पसल गर्दै आएका श्रेष्ठले बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुसँग ब्याजको... पुरा पढ्नुहोस
नेकपा बेलबारीले शुरु गर्यो सरसफाई अभियान, महिनामा एकपटक सार्वजनिक स्थल सफाइ गरिने
- 4 बर्ष, 11 महिना अगाडि
- ५ पुष २०७६, शनिबार
नेपाल कमनिष्ट पाटी (नेकपा) नगर कमिटी बेलबारीले पौष ५ गते शनिबारदेखि सार्वजनिक स्थल सरसफाई शुरु गरेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेकपाले सरसफाई गर्न थालेको हो । सार्वजनिक स्थलमा प्रत्येक महिना दुई घन्टा सरसफाई गर्ने गरी शनिवार बेलबारीको कृषि बजारको सरसफाई गरिएको छ । 'श्रमसँग पार्टी' नामक अभियान ... पुरा पढ्नुहोस
मच्छिन्द्र माविका पुराना विद्यार्थीहरुको भेला सम्पन्न, १७ सदस्यीय पूर्व विद्यार्थी मंञ्च गठन
- 4 बर्ष, 11 महिना अगाडि
- ४ पुष २०७६, शुक्रबार
मोरङ केराबारीस्थित मच्छिन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको एक भेलाले मच्छिन्द्र मावि पूर्व विद्यार्थी मंञ्च गठन गरेको छ । केराबारी गाउँपालिकाका अध्यक्ष तथा सोही विद्यालयका पूर्व विद्यार्थी रोहितवहादुर कार्कीको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको भेलाले पुर्व विद्यार्थी मच्च गठन गरेको हो । भेलाले नविन थापा... पुरा पढ्नुहोस
धिमाल समुदायले सञ्चालन गरेको एकमात्र होमस्टे
- 4 बर्ष, 11 महिना अगाडि
- ४ पुष २०७६, शुक्रबार
झापाको दमक–३ स्थित दोघरे टोलमा रहेका धिमालहरुका दश वटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायत लगायत देशका पर्यटकहरु बास माग्दै आउँछन् । बेला बखत आइरहने यस्ता पाहुनाको बासका लागि हरेक घरमा एक एक कोठा छुट्याइएका छन् , जसलाई होमस्टेका रूपमा प्रयोग गरिन्छ । पर्यटकहरु यहाँको धिमाल संस्कृति र खानपानमा आकर्षित... पुरा पढ्नुहोस
छ महिनादेखि थलिएका ऋषिदेवले पाए उपचार, कहिले जनताको घर घरमा पुग्छ सरकार ?
- 4 बर्ष, 11 महिना अगाडि
- २ पुष २०७६, बुधबार
उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौलतपुरका ३६ वर्षीय श्यामकुमार ऋषिदेवको उद्धार गरिएको... पुरा पढ्नुहोस
सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन
- 4 बर्ष, 11 महिना अगाडि
- १ पुष २०७६, मंगलवार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको दोस्रो प्याब्सन स्पोर्टस मिट २०७६ मा सुन्दरहरैंचा ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ । सुन्दरहरैंचा क्षेत्रका २२ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगिताका विभिन्न खेलमा सबैलाई उछिन्दै ब्राइट फ्युचर पहिलो भएको हो । कुल २६ वटा खेल... पुरा पढ्नुहोस
कृषिको प्रबर्द्धन र कृषिजन्य उत्पादनमा प्रतिस्पर्धा गर्दै बेलबारी नगरपालिकाका वडाहरु
- 4 बर्ष, 11 महिना अगाडि
- ३० मंसिर २०७६, सोमबार
उत्तम पोख्रेल / मोरङ बेलबारी २ का केहि महिलाहरु उज्यालो भुईमा खसिसक्दा बारीमा आई पुगेका हुन्छन् । सामुहिक वाख्रा पालनका लागि समुह नै गठन गरेर सक्रिय भएका महिला उद्यमीहरु जग्गा लिजमा लिएर सामुहिक अभ्यास गरिहरको छन् । सुसिला श्रेष्ठ, गितादेवी पान्डे, मन्जु रिजाल, शोभा अधिकारी, सृर्जना ओलि गौतम, रन्जु तामाङ... पुरा पढ्नुहोस