ताजा अपडेट

तीजको मौलिक गीत ‘छोरी भ’र जन्मनु’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पाँच सातवटी छोरी भएपनि छोरा नजन्मेसम्म बच्चा जन्माई रहने र बशं धान्न छोरो चाहीने एक रुढीबादी परम्परा विरुद्ध सचेतना जगाउने तीज गीत "छोरी भ'र जन्मनु" को कथानक  म्युजिक भिडियो सार्वजनिक भएको छ । छोरी भएर जन्मनु कुन जुनीको पाप हो भन्दै सुरु हुने कथा छोरी र बुहारी बिच भिन्नता देख्न... पुरा पढ्नुहोस

टिपरको ठक्करबाट केराबारी ९ का रामबहादुरको मृत्यु, छोरा घाइते

टिपरको ठक्करबाट मोरङ केराबारी गाउँपालि का – ९ का एकजना बृद्दको मृत्यु भएको छ भने उनका छोरा घाइते भएका छन्। पुर्व पश्चिम राजमार्गको खोर्साने चोकदेखि पुर्वपट्टी भएको दुर्घटनामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ केराबारी गाउँपालिका –९ देवीझोडा का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा... पुरा पढ्नुहोस

गुरु बराल बने एमाले उपाध्यक्ष, शेरधनलाई कोशी इन्चार्जको जिम्मेवारी

नेकपा एमालेको स्थायी कमिटी बैठकले बाग्मती प्रदेश इन्चार्ज रहेका गुरु बराललाई पार्टी उपाध्यक्ष र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शेरधन राईलाई कोशी प्रदेश इन्चार्ज बनाएको छ । बैठकले सातै प्रदेशका प्रदेश इन्चार्जहरूले जिम्मेवारी समेत हेरफेर गरेको छ । बैठकले एकीकृत समाजवादीबाट एमाले फर्किएका मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई... पुरा पढ्नुहोस

डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय

 महान्यायाधिवक्ता कार्यालयले सांसदसमेत रहेका डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । कार्यालयले शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले जिल्ला र उच्च सरकारी वकिल कार्यालयले गरेको निर्णय सदर गरेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वर्ष शर्मालाई पक्राउ... पुरा पढ्नुहोस

बिपी स्मृति दिवसमा अमना सिसौली सामुदायिक वनमा रोपिए हजारभन्दा बढी

४२ औँ बिपी  स्मृति दिवसमा बेलबारी १ अमना सिसौली सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बेलबा री क्षेत्रमा बढ्दो हा त्ती आतंक न्यूनीकरण गर्ने उद्देश्यले  कटर, अम्बा , जामुन लगायतका १ हजार बढी बिरुवा रोपिएको हो । नेपाल तरुण दल, जिल्ला कार्य समिति मोरङ र नेवि संघ जिल्ला... पुरा पढ्नुहोस

धनकुटामा गठन भो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको तदर्थ समिति

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकाे धनकुटा जिल्ला भेलाले नारायण बिकको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । धनकुटाको महालक्ष्मी गाउँपालिकास्थित सिँधुवामा भएको जिल्ला भेलाले सर्वसम्मत तदर्थ समिति गठन गरेको हो । सिधुवास्थित नुनथला भिलेज एन्ड रिसोर्ट कोसभाहलमा भएको भेलामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष रिता थापा... पुरा पढ्नुहोस

पथरीमा निशुल्क आँखा शिविर, १ सय ४७ जना विद्यार्थीको आँखा जाँच तथा उपचार

पथरी समाचारदाता । लायन्स क्लव, पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरीको संयुुक्त आयोजनामा पथरी शनिश्चरे नगरपालिका वडा न. -७ मा रहेको दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा... पुरा पढ्नुहोस

दुर्घटनामा बेलबारी फुटबल क्लबकी खेलाडीको मृत्यु, बुवा र आमा घाइते

माेरङकाे मिक्लाजुङमा भएको सवारी दुर्घटनामा बेलबारी फुटबल क्लबकी खेलाडी समेत रहेकी एक युवतीको को मृत्यु भएको छ भने उनकै आमा-बाबू घाइते भएका छन् । मिक्लाजुङ गाउंपालिका वडा नम्बर १ झण्डे डाडाको घुमाउरोमा बा २७ प १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा बेलबारी नगरपालिका वडा नम्बर १ का ३७ वर्षिय... पुरा पढ्नुहोस

संघीय सरकारका मन्त्री तथा नेताहरूसँग भेटघाट गर्दै कांग्रेस धनकुटाको टोली

नेपाली कांग्रेस धनकुटाको एक टोलीले संघीय सरकारका मन्त्री तथा नेताहरूसँगको भेटघाट तीब्र पारेका छन् । टोलीले साउन ७ गते गृह मन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री तथा कांग्रेसका यूवा नेता प्रदिप पौडेल भेटेको थियो । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य तथा धनकुटाका नेता उदय वहादुर लिम्बु,सम्र्पक... पुरा पढ्नुहोस

कोशी टप्पु जग्गा सट्टाभर्ना समस्याबारे पथरीमा छलफल

पथरी शनिश्चरेमा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रम भएको छ । पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा समस्या र समाधानका बारेमा जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया भएको हो । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका... पुरा पढ्नुहोस