ताजा अपडेट

नोबेलमा फेरि सुरु भो इआरसीपी, बिना चिरफार मुखबाट पित्त नलीको पथरिया निकालिँदै

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि इआरसीपी हो । सामान्यतया पित्त नलीको... पुरा पढ्नुहोस

इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, १ हजार १ सयको निःशुल्क जाँच तथा उपचार

झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १ सय ३२ जनाको... पुरा पढ्नुहोस

चार करोडभन्दा बढीको लागतमा यस्तो बन्यो बेलबारी नगरको भवन, सर्यो नगरपालिका

अम्बिका भण्डारी / मोरङको बेलबारी नगरपालिका नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । बेलबारी ३ मा रहेको पुरानो र साँघुरो भवनमा रहेको  नगरपालिका बेलबारी १ मा बनेको नयाँ भवनमा सरेको हो । नवनिर्मित भवन निर्माणका लागि पहिलो चरणमा १ करोड २० लाख १९ हजार ८ सय ८२ रुपैयाँ २७ पैसा र... पुरा पढ्नुहोस

२७ कराेडमा सलकपुरमा बन्नेभो सुन्दरहरैंचा नगरको नयाँ भवन, प्रधानमन्त्रीले गरे शिलान्यास

मोरङको सलकपुरमा सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एक समारोहबिच नगरपालिकाको नयाँ भवन शिलान्यास गरेका हुन् । सुन्दरदुलारी र कोशीहरैचा नगरपालिका मिलेर बनेको सुन्दरहरैंचा नगरपालिकाको पहिलो नगरसभाले सलकपुरमा कार्यालय बनाउने निर्णर्यको थियो । सोही अनुसार सर्वपक्षीय सहमति र नगरसभाको निर्णय अनुसार सुन्दरहरैँचा ८ सलकपुरमा... पुरा पढ्नुहोस

धनकुटामा एमालेलाई चुनौती दिँदै चुनावी गठबन्धन गर्न सहमत भए सत्तापक्षीय दलहरू

धनकुटामा क्रियाशिल चारवटा दलहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको सोमबार भएको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो । बैठकपछि सोमबार गरिएको पत्रकार सम्मेलनमा चार पार्टीका जिल्ला अध्यक्षहरुले धनकुटाका सात वटै पालिकामा... पुरा पढ्नुहोस

शिक्षकले विद्यार्थीलाई जबर्जस्ती गरेको भन्दै लेटाङमा झडप, एक प्रहरीको मृत्यु

मोरङको लेटाङ ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ बर्षिया एक वालिकालाई जबरजस्ती करणीको प्रयास गरेको बिरोधमा भएको झडपमा घाइते भएकी एक प्रहरी जवानको मृत्यु भएको छ । आक्रोशित अभिभावक र विद्यार्थीले आइतबार प्रहरी नियन्त्रणमा रहेका आरोपित शिक्षकमाथि आक्रमण प्रयास गरेपछि भएको... पुरा पढ्नुहोस

माया घरका सयभन्दा बढी असहायहरुको एक बर्षसम्म निःशुल्क उपचार गरिदिँदै नोबेल

नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रित व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । सडक मानब, मानसिक रोगी लगायत असहाय लगायत १ सय ३ जना व्यक्तिहरु आश्रय... पुरा पढ्नुहोस

पढाई छुटेका विद्यार्थीका लागि बेग्लै कक्षा सञ्चालन गर्दै नोबेल

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने सहमति भएको हो । सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्रा.डा.रामहरी... पुरा पढ्नुहोस

नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकामा कसरी भयो त्यत्रो गडबडी ?

मोरङको बेलबारी नगरपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा ९ करोड ५४ लाख ८८ हजार बेरुजु देखिएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७८ अनुसार सो बजेट बेरुजु देखिएको हो । सो मध्ये असुल गर्नुपर्ने ३ करोड ३४ लाख २० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड ८५ लाख ११ हजार,नियमित गर्नुपर्ने २... पुरा पढ्नुहोस