प्रमुख

बेलबारी ७ का वडा सचिवलाइ कार्यालयमै कुटे शहरी बिकास कार्यालय बिराटनगरका लेखा अधिकृतले

उत्तम पोख्रेल,बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ का वडा सचिब उमेश खनाललाई  शहरी बिकास कार्यालय बिराटनगरका लेखा अधिकृत मदन वहादुर कार्कीले कुटपिट गरेका छन् । वडा नम्बर ९ बाट लिनुपर्ने छोराको जन्मदर्ताको प्रतिलिपि लिन बाहुनीस्थित बेलबारी ७ को वडा कार्यालयमा आएका लेखा अधिकृत  कार्कीले वडा सचिवलाई त्यहीँबाट प्रतिलिपी दिन ... पुरा पढ्नुहोस

सुनसरीमा भारतीय अपराधीको हत्याकाण्ड, गोली हानेर नेकपाका नेताको हत्या, प्रहरी घाइते

सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरी नेकपाका एक  नेताको  हत्या भएको छ ।  सुनसरी  भुटाहाको रेयान नेशनल पब्लिक स्कुलको ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका ५१ बर्षिय खुर्शिद आलमको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । प्रहरीका अनुसार स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट... पुरा पढ्नुहोस

नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने

नेपालमा केही बर्षपछि देशभर नेपालमै उत्पादित ग्यास प्रयोग गर्न पाइने  भएको  छ। नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ भने स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।... पुरा पढ्नुहोस

ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ

बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको  छ । बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ  शनिबार  बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा  जेब्रा क्रसिङ निर्माण... पुरा पढ्नुहोस

पुरानो हवाई जहाजलाई सिंगारेर गोकुलम रिसोर्टमा बनाइनेभो जहाजभित्रको संग्रहालय

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा सञ्चालित गोकुलम रिसोर्टमा हवाई जहाज संग्रहालय बन्ने भएको छ । रिसोर्ट सञ्चालक राधेश्याम पौडेलका अनुसार बिहीबार काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण आकर्षणको रूपमा विकास गर्ने लक्ष्य अनुसार  सो जहाज ल्याइएको  हो । गोकुलम रिसोर्टमा यहि हवाई जहाज भित्र... पुरा पढ्नुहोस

बन्द भएको सात आठ महिनापछि फेरि चल्न थाल्यो बिराटनगर जुटमिल

गत माघदेखि बन्द भएको मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ ।  पुराना र जीर्ण  मेसिन मर्मत गरी जुटमिल  सञ्चालन गरिएको हो । जुटमिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार  अहिले दैनिक ६ टन उत्पादन हुन थालेको छ भने  दैनिक २० टनसम्म उत्पादन गर्ने क्षमता छ । मिल्समा... पुरा पढ्नुहोस

भत्केको बर्षदिन नाघ्दा पनि बन्नै थालेन लोहोन्द्राको पुल, खोलो तर्दा बगाउला कि भन्ने पिरलो

उत्तम पोख्रेल, मोरङ / मोरङ बेलबारी नगरपालिकास्थित लोहान्द्रा खोलाको पुल बाढीले बगाएको एक वर्ष बित्यो । मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुकोे अनुगमन भने पटक-पटक भयो । केही दिन अघि मात्रै ऊर्जा मन्त्री बर्षमान पुनले पनि पुल रहेको स्थानको निरीक्षण गरे । गत वर्षको साउन २८ गते बर्षासँगै आएको बाढीले बेलबारी नगरपालिका... पुरा पढ्नुहोस

जनप्रतिनिधि आएयता दोस्रो बर्षसम्म के के प्रगति गर्यो केराबारी गाउँपालिकाले ?

अम्बिका भण्डारी / मोरङको केराबारी गाउँपालिकाले जन प्रतिनिधि निर्वाचित भएयता करिब डेढ बर्षे अबधिमा बिकास निर्माण लगायतका काममा उल्लेख्य प्रगति गरेको छ । स्थानीय निर्वाचनपछि जिल्लामै पहिलोपटक गाउँ परिषद गरेको गाउँपालिकाले चालू आर्थिक बर्षको अबधिमा केहि बहुबर्षे योजना अगाडि बढाएको छ । जस अन्तरगत तीनवटा सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु... पुरा पढ्नुहोस

गाउँसभामै कुटाकुट गरे जनप्रतिनिधि, लिनुपर्यो पुलिसको सहारा

झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिबीच हात हालाहाल भएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरूबीच हातपात भएको हो। जनप्रतिनिधिबीच भएको घम्साघम्सीमा परी कचनकवल -७ महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएका छिन्। उनको टाउँकोमा चोट लागेकोले उपचारका लागि बिर्तामोड लगिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष अञ्जार आलमले बहुमतको... पुरा पढ्नुहोस

मानवसेवामा जुट्दै सुकुना क्याम्पसका विद्यार्थीहरु

केशु विरही, सुन्दरहरैचा, माेरङ/ प्यारालाईसिस भएर अाेछ्यानमा लडिरहेका सुन्दरहरैचाका विक्रम चाैधरीलाई वचाउन सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीहरु एकजुट भएका छन् ।  क्याम्पसमा बुधबार एक अनाैपचारिक कार्यक्रमकाे अायाेजना गरेर उनीहरूले अार्थिक सहयाेग संकलन सुरु गरेका हुन । विगत २ वर्षदेखि प्यारालाईसिस भएर थला परिरहेका सुन्दरहरैचा नगरपालिका वार्ड नंं १२ का चाैधरीको सहयोगको लागि ... पुरा पढ्नुहोस