प्रमुख

मोरङमा भएका यी सात अपराध, जसले प्रदेश सदरमुकामको सुरक्षामै प्रश्न उठाए

तीन हप्तासम्म पनि पहिचान नै खुलेन बलात्कारपछि हत्या भएकी युवतीको विराटनगरमा गत साउन १८ गते एक युवतीको शव नग्न अवस्थामा फेला परेको थियो।  बिराटनगर  १४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटिएको थियो। तराईमूलको जस्तो देखिने ती युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ... पुरा पढ्नुहोस

जनप्रतिनिधि आएयता १५ महिने अबधिमा के के उल्लेखनीय काम गर्यो बेलबारी नगरपालिकाले ?

बेलबारी नगरपालिकाको प्रथम अधिवेशनबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागि कुल ६६ करोड ४ लाख २ हजार २ सय २ रुपैँया ९२ पैसाको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ का लागि दोस्रो नगरसभाबाट ८० करोड २ लाख १४ हजार बराबरको बजेट विनियोजन भएको छ ।  जनप्रतिनिधि आएयता दोस्रो... पुरा पढ्नुहोस

कालोपत्रे हुनेभो बसन्तपुर म्याग्लुङ सडक, दुई अर्ब सात करोड बिनियोजन

तेह्रथुमको बसन्तपुरदेखि म्याग्लुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रे गर्न सरकारले २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ अन्तरगत तेह्रथुम जिल्लाको बसन्तपुर— म्यागलुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रको लागि बजेट विनियोजन गरेको  अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रिय गौरबको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको... पुरा पढ्नुहोस

राजकुमार राईको उपचार खर्च सार्वजनिक, दिदी देशमायाका लागि घर वनाईदिने निर्णय

बेलबारी, माेरङ/ उपचारकाे क्रममा मृत्यु भएका बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीका राजकुमार राईकाे उपचारका लागि उठेकाे रकम  सार्वजनिक गरेकाे छ । अादर्श टाेलविकास संस्था बेलबारीले  पत्रकार सम्मेलन गरेर राजकुमारकाे उपचारका क्रममा उठेकाे खर्चकाे विवरण सार्वजनिक गरेकाे छ । पत्रकार सम्मेलनमा दिईएकाे जानकारी राजकुमारकाे उपचारका लागि १ लाख ३० हजार... पुरा पढ्नुहोस

यी हुन् जनप्रतिनिधि जसले गाउँपालिकामा सरकारी गाडी किन्नुको सट्टा एम्बुलेन्स किने

रसुवाको नौकुण्ड गाउँपालिकाले कार्यालय प्रयोजनका लागि सरकारी गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गरेको छ  । गाउँपालिकामा एम्बुलेन्स अत्यावश्यक रहेकाले गाडीको साटो एम्बुलेन्स खरिद गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष नुर्बु घलेले  बताए । जनताको समस्या लाई मध्ये नजर गरी एम्बुलेन्स खरिद  गरिएको उनको भनाइ छ । नौकुण्ड गाउँपालिकामा अस्पताल र एम्बुलेन्स... पुरा पढ्नुहोस

उर्लाबारीमा तम्तयार भो मदन भण्डारी संग्रहालय, राष्ट्पतिबाट उद्घाटन गराइने

पथरी/ जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको राजनीतिक, सामाजिक र पारिवारिक गतिविधि समेटेर मोरङको उर्लाबारी ३ मंगलवारेमा मदन भण्डारी संग्रहालयको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको हाताभित्र प्रतिष्ठानद्धारा निर्मित संग्रहालयको एक समारोहबीच मदनकी धर्मपत्नी अर्थात राष्ट्पति विद्यादेवी भण्डारीले उद्घाटन् गर्नुहुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ... पुरा पढ्नुहोस

एतिहासिक बाघझाेडा पोखरीको संरक्षणमा जुटे स्थानीयहरु, जनप्रतिनिधिले नै सहयाेग नगरेकाे आराेप

केशु विरही, सुन्दरहरैचा, माेरङ/ पर्यटकीय स्थलहरुकाे संरक्षण र संवर्धनमा कुनै कमी हुन नदिने राज्यकाे नीति भएकाे वताईरहँदा सुन्दरहरैचामा रहेकाे, ऐतिहासिक र पुराताात्त्विक  महत्वकाे बाघझाेडा पाेखरी भने लामाे समयदेखि संरक्षण र संवर्धनकाे अभावमा छ । पाेखरी पूर्व पश्चिम राजमार्गबाट करिव २ किलाे मिटर उत्तरमा पर्छ । त्यसाे त कालाेपत्रे बाटाे भएरै... पुरा पढ्नुहोस

दश वर्ष बित्दा पनि राहत पाएनन् कोशी पिडितले

सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको (भदौ २) शनिबार १० वर्ष पूरा भएको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले भुल्न सकेका छैनन । विसं २०६५ भदौ २ गते १३ बजेर २६ मिनेट जाँदा कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन... पुरा पढ्नुहोस

अदालतको आदेशलाई खिल्ली उडाउंदै प्रहरी, रिहा गरिएको एकैछिनमा पुनः गिरफ्तार

  धनुषाको मिथिला नगरपालिका बडा नं ६ निवासी देवनारायण शाहलाई धनकुटा जिल्ला प्रशासन  तथा जिल्ला प्रहरी कार्यालयले झुठो मुद्धा लगाई अनुसन्धानको नाममा गैरकानूनी थुनामा १० दिनदेखि राखेको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासले आजै वन्दीप्रत्यक्षीकरणको आदेशबाट थुना मुक्त गरेको केही छिन पछि नै जिल्ला प्रहरी कार्यालयको प्रहरीको टोलीले पुनः... पुरा पढ्नुहोस

बेलबारी क्याम्पसलाई सरकारले दियो चार बिघाभन्दा बढी जग्गा, बन्नेभो आफ्नै भवन

अम्बिका भण्डारी / बिगत १० बर्ष देखि संचालनमा रहेको बेलबारी बहुमुखी क्याम्पसलाई  नेपाल सरकारले चार बिघाभन्दा बढी जग्गा उपलब्ध गराएको छ । नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट हालै सो जग्गा उपलब्ध गराइएको हो । सरकारले भोगाधिकारका लागि  उपलब्ध गराएको जग्गा बेलबारी नगरपालिका ३ स्थित पुरानो बेलबारीको सेक्टर बन कार्यालयभन्दा दक्षिणपट्टी... पुरा पढ्नुहोस