कला/संस्कृति
सुन्दरहरैंचा सिङ्गिङ आईडल २०७६ हुँदै, तीन सयभन्दा बढी सहभागी हुने अपेक्षा
- 6 बर्ष, 17 दिन अगाडि
- २ भाद्र २०७६, सोमबार
सुन्दरहरैंचा, माेरङ/ स्थानीय प्रतिभालाई प्रवर्धन गर्ने उद्देश्यले सुन्दरहरैंचामा पहिलाे पटक "सुन्दरहरैंचा सिङ्गिङ आईडल -२०७६" संचालन हुने भएकाे छ । सुन्दरहरैंचा नगरपालिकामा आइतबार पत्रकार सम्मेलन गरेर आयाेजकले उक्त जानकारी गराएकाे हाे । भाद्र १३ गतेबाट छनाैट चरणबाट सुरु हुने यस प्रतियाेगिताकाे फाईनल प्रतियाेगिता भने असाेज ११ गते हुने आयाेजकले जनाएकाे छ... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा कृति विमर्श, रामायण वाचन तथा विराट वाणी सार्वजनिक
- 6 बर्ष, 1 महिना अगाडि
- ३ श्रावण २०७६, शुक्रबार
माेरङकाे सुन्दरहरैचामा २०६ औं भानु जयन्तीकाे सन्दर्भमा कृति विमर्श , रामायण वाचन तथा विराट वाणी सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । विराट साहित्य समाजकाे आयाेजनामा खोर्सानेस्थित सिद्दार्थ बोर्डिङ स्कुलमा भएको कार्यक्रममा सुन्दरहरैचा नगरपालिका , सुकुना बहुमुखी क्याम्पस ,इन्द्रपुर जेसीज तथा सिद्वार्थ वाेडिङ स्कुलले कार्यक्रमकाे व्यावस्थापन गरेकाे थियाे । सुन्दरहरैचा नपाका... पुरा पढ्नुहोस
पहिलो सुर सप्तक बेलबारी आइडल सम्पन्न, बिवेशले जिते उपाधि
- 6 बर्ष, 2 महिना अगाडि
- १४ असार २०७६, शनिबार
आउ गाउ, पहिचान बनाउ भन्ने स्लोगन सहित श्रष्टा समाज बेलबारीले आयोजना गरेको सुर सप्तक बेलबारी आइडल २०७६ को उपाधि बेलबारी ४ का बिवेश मोतेले जितेका छन् । निकै आकर्षक स्टेज, लाइटिङ र साउण्ड अनि बाजागाजा र हलभरी दर्शकको उपस्थितिमा बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न भवनमा भएको फाइनल कार्यक्रममा... पुरा पढ्नुहोस
गजल महफिलमा गजलकारसँगै खुलेर रमाए दर्शक पनि
- 6 बर्ष, 2 महिना अगाडि
- ९ असार २०७६, सोमबार
नेपालका चर्चित गजलकारहरुको सहभागितामा मोरङको बेलबारीमा 'बेलबारी गजल महफिल २०७६' भब्य रूपमा सम्पन्न भएको छ । कोशी नेपाल टेलिभिजनबाट प्रसारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तरगत शनिबार सो कार्यक्रम भएको हो । बेलबारी नगरपालिका सहयोगमा नगरपालिकाकै हलमा खचाखच दर्शक र श्रष्टाहरुको उपस्थितिमा भएको कार्यक्रमको आयोजना कोशी नेपाल मिडियाले गरेको थियो... पुरा पढ्नुहोस
बेलबारी गजल महफिल २०७६ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने
- 6 बर्ष, 2 महिना अगाडि
- २ असार २०७६, सोमबार
मोरङको बेलबारी नगरपालिकामा ‘बेलबारी गजल महफिल–२०७६’ हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा कोशी नेपाल मिडियाले राष्ट्रिय चर्चित गजलकारहरुको उपस्थितिमा गजल महफिल–२०७६ आयोजना गर्ने भएको छ । कोशी नेपाल टेलिभिजनबाट प्रशारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तर्गत बेलबारी गजल महफिल आयोजना गर्न लागिएको कोशी नेपाल मिडियाका सञ्चालक अर्जुन कुलुङ राईले... पुरा पढ्नुहोस
प्रथम केराबारी साहित्य उत्सव-२०७६ भब्य रूपमा सम्पन्न
- 6 बर्ष, 2 महिना अगाडि
- १ असार २०७६, आईतवार
युवराज ठकुरी, केराबारी,मोरङ / मोरङको केराबारी गाउँपालिकामा "प्रथम केराबारी साहित्य उत्सव-२०७६" सम्पन्न भएको छ । केराबारी गाउँपालिकाको सहयोग तथा केराबारी साहित्य तथा कला विकास केन्द्र र श्री राष्ट्रिय पुस्तकालय केराबारीको संयुक्त आयोजनमा जेठ ३२गते हजारविघा सामुदायिक वनको सभाहलमा कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको थियो। श्री राष्ट्रिय पुस्तकालयका अध्यक्ष महाप्रसाद लुइँटेलको सभापतित्वमा... पुरा पढ्नुहोस
दोब्बर भन्दा धेरै बढ्यो सुर सप्तक बेलबारी आईडलको पुरस्कार राशी
- 6 बर्ष, 2 महिना अगाडि
- २३ जेष्ठ २०७६, बिहीबार
स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको पुरस्कार बृद्धि भएको छ । आयोजक समितिका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर (जेबी) थुलुङका अनुसार प्रथम पुरस्कार १० हजार बाट बढाएर २५ हजार बनाईएको छ । दोस्रो पुरस्कार ७ हजार बाट बढाएर १५ हजार बनाइएको छ भने तेस्रो पुरस्कार ५ हजारबाट... पुरा पढ्नुहोस
साकेला गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम’ सार्वजनिक
- 6 बर्ष, 3 महिना अगाडि
- १७ जेष्ठ २०७६, शुक्रबार
पूर्वमा साकेला सिलिको रैनकता छाइरहेको बेला सोही भाबको गीत 'ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम...’ सार्वजनिक भएको छ । भ्यू टावर युट्युब च्यानलबाट ५ मिनेट १२ सेकेन्डको गीत विहिबार दर्शक स्रोता माझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा संगीतकार नन्दु गुरुङले संगीत भरेका छन्... पुरा पढ्नुहोस
बेलबारीमा आयोजित कला तथा साहित्य महाेत्सव भब्य रूपमा सम्पन्न
- 6 बर्ष, 3 महिना अगाडि
- ११ जेष्ठ २०७६, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ कला तथा साहित्यकाे संरक्षण गर्ने उद्देश्यका साथ बेलबारी जारी बेलबारी कला तथा साहित्य महाेत्सव २०७६ काे शनिबार एक कार्यक्रमका विच समापन गरिएकाे छ । जेठ १० गतेबाट जारी दुईदिने महाेत्सवकाे दाेश्राे दिनकाे विशेष कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका थिए । बेलबारी... पुरा पढ्नुहोस
बेलबारी कला तथा साहित्य महाेत्सव, चित्रकला प्रतियोगिता पनि सम्पन्न
- 6 बर्ष, 3 महिना अगाडि
- ११ जेष्ठ २०७६, शनिबार
बेलबारी, माेरङ/ कला तथा साहित्यकाे प्रवर्धन गर्ने उद्देश्यले शुक्रबारदेेखि दुईदिने बेलबारी कला तथा साहित्य महाेत्सव छ । बेलबारी नगरपालिका वार्ड नं ११ काे स्वर्गिक भवनमा संचालन गरिएकाे साे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे कार्यक्रममा, वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदी, प्राज्ञ गंगा सुवेदी, डा. वद्रिविशाल पाेखरेल,... पुरा पढ्नुहोस