खबर

माल्टामा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

मोरङसुनसरी सेवा समाजको  आठौं शाखाको रूपमा माल्टा शाखा बिस्तार  भएको छ । यूरोपियन मुलुक माल्टामा रहेका मोरङ सुनसरीबासीहरुको भेलाले मोसुको नयाँ शाखा गठन भएको हो । नवगठित तदर्थ समितिमा तेज माझी संयोजक छन् । तदर्थ समितिमा चन्द्रकला राई उप संयोजक, सुवास तिम्सिना सचिव, सरिन कटुवाल सह– सचिव र सुजना खड्का कोषाध्यक्ष छन् । त्यसैैैगरी सदस्यहरुमा रोसन निरौला, जोनाधन मगर, अनु... पुरा पढ्नुहोस

मुआब्जा तथा क्षतिपुर्ति दिएर मात्रै रेलमार्ग बनाउन बेलबारीबासीको माग, सिडियोलाइ ज्ञापन

रेल विभागले पूर्व–पश्चिम रेलमार्गका लागि जग्गा अधिग्रहणको प्रक्रिया थालेपछि  बेलबारी क्षेत्रका जग्गाधनीहरुले चलन चल्ती अनुसार जग्गाको मुआब्जा तथा क्षतिपुर्ति दिएर मात्रै रेलमार्गको काम शुरु गर्न माग गरेका छन् । रेल विभागले जग्गा अधिग्रहण प्रकृया अन्तरगत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि उनीहरूले मुआब्जा र क्षतिपुर्तिको ब्यवस्था गरेर मात्र काम अगाडी... पुरा पढ्नुहोस

नोबेल अस्पतालमा लेजर प्रबिधिबाट उपचार शुरु, घाउ नबनाई निकालिन्छ मृगौलाको पथरीया

बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर  प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न थालिएको हो । ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरीया निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत... पुरा पढ्नुहोस

पहुँचवालाको हालिमुहाली झन् बढ्यो भन्दै प्रदेश सांसद लोक संग्रौलाको पिरलो

प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । प्रदेश सभाको बिहिबार बसेको बैठकमा बोल्दै सांसद संग्रौलाले पहुँचका आधारमा सेटिङ मिलाएर काम गर्ने प्रवृत्ति बढ्दा बिनापहुँचका व्यक्तिहरु पीडित बन्नुपर्ने अवस्था सृजना भएको बताएका हुन् । ‘प्रदेशमा पनि अहिले सेटिङ मिलाएका भरमा... पुरा पढ्नुहोस

इटहरीमा जनगायक जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास

जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी १० मा भवनको शिल्यान्यास गर्नुभएको हो । नेकपा इटहरी अध्यक्ष वहादुर सिं तामांग र फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेलगायतको उपस्थितिमा भवन शिल्यान्यास गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४०... पुरा पढ्नुहोस

लकडाउनलाइ प्रभावकारी तर जनजीवनलाई सामान्य बनाउने कसरतमा इटहरी उपमहानगर

इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले पालना गर्दै जनजीवनलाई पनि सामान्य वनाउँदै लाने निर्णय गरिएको छ । विहान नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले शैक्षिक सँस्थाहरु र तोकिएका ब्यापार ब्यवसाय वाहेक अन्य ब्यापार ब्यवसाय विहान १० सम्म खुल्ला गर्ने निर्णय गरिएको छ । लकडाउन वन्दावन्दीको समय लामो अवधि हुदै जाँदा ब्यापार... पुरा पढ्नुहोस

सुत्केरीका घर घरमा पुग्दै इटहरीकी उपमेयर, २७ जना सुत्केरी र नवजात शिशुले पाए खाध्यान्न र गिफ्ट

इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्तरगत उपमेयर लक्ष्मी गौतम दुई दर्जनभन्दा बढी सुत्केरीका घर  घरमा पुगेकी छिन् । लकडाउनकै विचमा यो समेत पाँच पटक गरि २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले वताइन् । लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत पनि फारु फारु गरेर चलाउदै आएका विपन्न... पुरा पढ्नुहोस

मोरङकै ठुलो ग्रामीण सुधार सामुदायिक वनमा आन्तरिक किचलो, घाटगद्दीमै कुहिन लाग्यो एक करोडको काठ

कानेपोखरी गाउँपालिका–७ स्थित मोरङको सबैभन्दा ठुलो ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहको करिब एक करोड बराबरको काठ घाटगद्दीमै सडिने अबस्थामा पुगेको छ । ग्रामीण सुधार सामुदायिक वन समूहमा भएको आन्तरिक कलहका कारण काठ कुहिने अबस्थामा पुगेको हो । शनिवार वन समूहले प्रेस बिज्ञप्ति जारी गर्दै गलत सूचनाका आधारमा उजुरी परेपछि... पुरा पढ्नुहोस

बेलबारीमा हालसम्म १ सय २२ जनाको कोरोना जाँच, दलहरूको माग : परिक्षण तिब्र पारियोस्

मोरङको बेलबारी नगरपालिकाले आरडिटी र पिसिआर प्रबिधिबाट १ सय २२ जनाको कोरोना परिक्षण गरेको छ । नगरपालिकाले हालसम्म र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रबिधिबाट १ सय ९ जना र पिसिआर प्रबिधिबाट १३ जनाको कोरोना परिक्षण गरेको हो ।  शनिबार ५ जनाको र्र्र्यापिड डाइग्नोष्टिक टेस्ट (किट) को प्रयोग वाट कोरोनाको परिक्षण गरेको छ ।... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा साझा पार्टीको खुल्ला रक्तदान कार्यक्रम, ५३ प्रिन्ट रगत संकलन

बेलबारी, माेरङ / साझा पार्टी निकट  "साझा युवा सङ्गठन गछियाकाे आयाेजनामा सुन्दरहरैंचामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न  गरिएको छ । गछिया चाेकमा शुक्रबार गरिएकाे खुल्ला रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत संकलन भएकाे गछिया साझा युवा सङ्गठनका सदस्य दीपक फुयालले बताए । लकडाउनका कारण उत्पन्न भएको रगतकाे अभावलाई थाेरै भए पनि न्यूनिकरण... पुरा पढ्नुहोस