खबर

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड माइक्रोफाईनान्सले दिनेभो २५ लाख

फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख, वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहको प्रदेश नं. १... पुरा पढ्नुहोस

कोरोना संक्रमित क्षेत्रबाट आएका बिरामीलाई रेफर गर्नु नाजायज नभएको चिकित्सक संघको दाबी

नेपाल चिकित्सक संघले उदयपुरबाट आएका बिरामीलाई नोबेल शिक्षण अस्पतालले कोशी अस्पताल रेफर गर्नु जायज भएको तर्क गरेको छ । चिकित्सक संघ कोशी अञ्चल शाखाले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण फैलिएको जिल्ला उदयपुरबाट आएका बिरामीलाई परीक्षण केन्द्र कोशी अस्पताल पठाउनु विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार जायज भएको तर्क गरेको... पुरा पढ्नुहोस

लकडाउनका कारण काठमाण्डौंमा अलपत्र धनकुटेलीहरुले दुई-तीन दिनमै फर्कन पाउने भए घर

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई धनकुटा ल्याइने भएको छ । काठमाण्डौंमा अलपत्र परेकाहरुलाई सहयोग गर्न जिल्लाबासीहरुको सहभागितामा निर्माण गरिएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिको संयोजन राजनीतिक दल तथा स्थानीय तहहरुको पहलमा उनीहरूलाई घर फर्काउन लागिएको हो । जिल्लाका सात वटै पालिकासँग समन्वय गरी १४ दिन अनिवार्य क्वारेनटाइन बस्ने सर्तमा... पुरा पढ्नुहोस

जन्मदिनको अबसरमा बेलबारी नपाको राहत कोषमा ३ सय केजी चामल सहयोग

बेलबारी नगरपालिकाको बिपत ब्यबस्थापन  कोषमा विभिन्न पार्टी, संघ संस्था तथा ब्यक्तिहरुबाट सहयोग थपिने क्रम जारी छ । पछिल्लोपटक बेलबारीका समाजसेवी डिपि राइले छोरा र नातिको जन्म उत्सवको अबसरमा कोषका लागि ३ सय किलो चामल, २० किलो दाल, २० किलो नुन र २० डल्ला साबुन हस्तान्तरण गरेका छन । छोरा सरोज याम्फु... पुरा पढ्नुहोस

मोरङको क्षेत्र नं.३ का बिपन्नलाई निःशुल्क र अरुलाइ आधा छुटमा एम्बुलेन्स सेवा दिंँदै नोबेल 

नोबेल अस्पताल बिराटनगरका सञ्चालक तथा काँग्रेस नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । आफ्नो फेसबुक पेज मार्फत शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका बिपन्न बिरामीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने घोषणा गरेका हुन् । आफ्नो गाउँ र... पुरा पढ्नुहोस

मोरङको पथरीमा पनि शुरु भो कोरोना परिक्षण (भिडियो सहित)

मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेकाहरुको र्यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण शुरु गरिएको हो । होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई टेस्ट गर्ने तयारी रहेको छ । परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप... पुरा पढ्नुहोस

सुनिल शर्माको राहतको निहुँमा कानेपोखरीमा दलीय मनमुटाव, छुट्टै राहत बाँड्दै कांग्रेस 

नोबेल अस्पतालका संचालक डा. सुनिल शर्माले गत बिहिबार मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितका लागि तीन नगरपालिकालाई ३० लाख ३६ हजार राहत रकम प्रदान गरे । बेलबारीमा भेला भएर सुन्दरहरैंचा, पथरीशनिश्चरे र बेलबारीका नगर प्रमुखले डा.शर्माबाट राहतको चेक बुझे र गरिब, बिपन्न तथा कोरोना प्रभावित जनतासमक्ष राहत पुर्याउने प्रतिवद्धता पनि... पुरा पढ्नुहोस

उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार गर्‍यो नोबेल अस्पतालले

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो । २०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग... पुरा पढ्नुहोस

सौर्य उर्जा प्रविधिको अनुसन्धानमा उत्कृष्ट ठहरिए नेपाली बैज्ञानिक, जापानमा पुरस्कृत

नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा  उत्कृष्ट अनुसन्धान गरेबापत जापानमा पुरस्कृत भएका छन् । जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उर्जा क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै डा.खड्कालाई पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यङ साइनटिस्ट प्रदान गरेको... पुरा पढ्नुहोस

उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई नोबेल अस्पतालले गर्यो पीपीईको व्यवस्था

सरकारले सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत पर्याप्त पीपीई उपलब्ध गराउन नसकिरहेका बेला बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो... पुरा पढ्नुहोस