ताजा अपडेट

बेलबारीमा क्यान्सरजन्य रोगका बिरामीहरु बढ्दै, उपचार खर्च दिँदै नगरपालिका

क्यान्सरजन्य नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दै जाँदा त्यस्ता बिरामीहरुलाइ उपचार खर्च दिने बेलबारी नगरपालिकाको कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिको अघिल्लो कार्यकालमा शुरु गरिएको जटिल रोगका बिरामीलाइ औषधि उपचार खर्च दिने कार्यक्रम प्रभावकारी देखिएको हो । बिक्रम सम्बत २०७४ सालमा ज्ञानेन्द्र सुवेदीको नेतृत्वमा जनप्रतिनिधि भएको बेला कार्यपालिका बैठकको निर्णयबाट... पुरा पढ्नुहोस

विद्यार्थीहरुको सिकाइका लागि फलदायी बन्यो शैक्षिक प्रदर्शनी

बेलबारी नगरपालिकाको आयोजनामा भएको प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी विद्यार्थीहरुको सिकाइका लागि प्रभावकारी देखिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीहरूद्वारा निर्मित रोबोटबाट उद्घाटन गरेको चार दिने प्रदर्शनी विद्यार्थीहरुको सृजनाको हिसाबले प्रभावकारी देखिएको हो । बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा माघ ३ देखि ६ गतेसम्म सञ्चालन भैरहेको... पुरा पढ्नुहोस

शनिश्चरेमा प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट चल्दै

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे ( प्याब्सन) द्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट अन्तर्गतको पहिलो दिन बुधबार विभिन्न विद्यालय का फुटबल तथा भलिबल प्रतियोगिताहरु सम्पन्न भएका छन् । बुधबार पथरिशनिश्चरे वडा नम्बर ०१ को जाँते मोडमा सञ्चालित उक्त टुर्नामेन्ट अन्तर्गतको... पुरा पढ्नुहोस

पथरी जेसीजको बर्ष २०२५ का अध्यक्षसहित पदाधिकारीहरुद्वारा पदभार ग्रहण

भुमि पाठक । पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले अध्यक्षसहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष  निर्मला भट्टराई लगायत अन्य पदाधिकारीहरुले पदभार सम्हालेका हुन्। प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्मा को... पुरा पढ्नुहोस

लर्ड बुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम आयोजना, १ सय ९ प्रिन्ट रगत संकलन

मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। बिहीबार उक्त साकोसले आफ्नै कार्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा १ सय ९ जना विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको हो। "रक्तदान: जीवनदान" भन्ने मूल नाराका साथ लडबुद्ध... पुरा पढ्नुहोस

तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक

मोरङ केराबारी ९ बेलचौरीमा भएको तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । पौष ७ देखि १६ गतेसम्म भएको प्रतियोगिताको हिसाब सोमबार सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगिताका लागि कुल ६ लाख १० हजार आम्दानी भएको थियो । त्यसैगरी खर्चतर्फ पुरस्कारमा १ लाख ७१ हजार १७७, खेलमैदान... पुरा पढ्नुहोस

लोक दोहोरी प्रतिष्ठानको ईलाम जिल्ला तदर्थ समिति गठन

राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे ईलाम जिल्ला तदर्थ समिति गठन भएकाे छ । ईलाम निवासी, राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे संस्थापक केन्द्रीय सदस्य देवी गाैतमकाे अध्यक्षता, प्रदेश संयाेजक राेम घिमिरेको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य ताेयानाथ भट्टराईकाे सञ्चालनमा आइतबार सम्पन्न जिल्ला भेलाले तदर्थ समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस

केराबारीमा एकैसाथ ऐतिहासिक मच्छिन्द्र मेला र तेस्रो मच्छिन्द्र कप फुटबल सुरु

मोरङको केराबारीमा ऐतिहासिक, धार्मिक, सास्कृतिक मच्छिन्द्र मेला सुरु भएको छ । परम्परागत रुपमा हरेक वर्ष लाग्दै आएको मच्छिन्द्र मेला यस वर्ष पनि केराबारी ८ स्थित प्रस्तावित केराबारी रंगशालामा शनिबारदेखि सुरु भएको हो । मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिङ मगरले गरेका थिए । मेला उद्घाटन कार्यक्रममा साकेला नृत्य,किरात राई यायोक्खाले... पुरा पढ्नुहोस

केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न

प्रस्तावित केराबारी उद्योग बाणिज्य संघको रूपमा रहेकोे केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । केराबारी ८ मा अबस्थित बन्धु पार्टी प्यालेसमा शुक्रबार साधारणसभा भएको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशुन शाहीको अध्यक्षतामा साधारणसभा भएको हो... पुरा पढ्नुहोस

बागदेवी सामुदायिक वनद्वारा उपभोक्ताहरुलाइ निशुल्क दाउरा बितरण

। बेलबारी २ मा अबस्थित बागदेवी सामुदायिक वन उपभोक्ता समूहले हुस्सु र शितलहरबाट प्रभावित उपभोक्ताहरुलाइ निशुल्क दाउरा बितरण गरेको छ । हुस्सु र शितलहर आइ अत्याधिक चिसो बढ्न गई कष्टकर जनजीवन बिताइरहेका उपभोक्ताहरुको लागि वनले टोल टोलमा दाउरा बितरण गरेको हो । अध्यक्ष रामचन्द्र भट्टराईका अनुसार वालवालिका, बृद्धवृद्धा र असहाय... पुरा पढ्नुहोस