ताजा अपडेट

एक्ली देशमायाको लागि निर्माण गरिएको घर हस्तान्तरण, आम्दानी र खर्च पनि सार्वजनिक

मोरङको बेलबारी २ की बेसहरा देशमाया राईको लागि   ५ लाखभन्दा बढीको लागतमा स्थानीयबासीको पहलमा निर्माण गरिएको घर एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ । बर्षौंदेखि मागेको भरमा गुजारा चलाउँदै आएकी एक्ली देशमायालाई वडा सदस्य खिनामाया थापालगायतको  अगुवाइमा ३ कोठाको १ तले घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा... पुरा पढ्नुहोस

केराबारीस्थित मच्छिन्द्र माविको ६२ औं बार्षिकोत्सव सम्पन्न, ३० जनाले गरे रक्तदान

मोरङको केराबारी गाउँपालिका ८ स्थित मच्छिन्द्र माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा सोमबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सब मनाइएको हो । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की प्रमुख अतिथि थिए । कार्यक्रममा... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न, जनताका थुप्रै गुनासा

केराबारी गाउँपालिकाले आर्थिक बर्ष २०७५/ ०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ । केराबारी ६ साबिक याङ्शिलास्थित फिलिप नयाँ करार बत्तीस मण्डली (चर्च) मा भएको सार्वजनिक सुनुवाइमा केराबारी ६ का स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो । सार्वजनिक सुनुवाइमा केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेलले गत मंसिरदेखि चैत मसान्तसम्मको... पुरा पढ्नुहोस

धनकुटामा कोदालोको पासोले हानेर आफ्नै बाबुलाई मारे बालक छोराले

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा बालक छोराद्धारा बाबुको हत्या भएको छ। सहिदभूमि गाउँपालिका ४ पिप्ले निवासी १४ वर्षीय बालक विज्ञान राईले शनिबार राति आफ्नै बुबा ५५ वर्षीय इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजेतिर घरायसी विवादका कारण विज्ञानले उनका बुबालाई कोदालाको पासोले टाउकोमा प्रहार गरेको... पुरा पढ्नुहोस

बित्थामा आफ्नो बदनाम गर्न खोजिएको भन्दै प्रतिबादमा उत्रिए बेलबारी ६ का वडाध्यक्ष

मोरङको बेलबारी ६ कसेनीकी २७ बर्षिया सिर्जना राई (मुना) को मृत्युको बिषयलाइ लिएर आफुलाइ बदनाम गर्न खोजिएको भन्दै बेलबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उदयवहादुर राईले बिज्ञप्ति निकालेर प्रतिबाद गरेका छन् । बिज्ञप्तिमा राइले सिर्जनाको गत वैशाख ५ गते  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको र डाक्टर... पुरा पढ्नुहोस

कसेनीमा बन्नेभो कैलासेश्वर धर्मशाला, बेलबारी ६ मा सामुदायिक भवनको शिलान्यास

बेलबारी नगरपालिका वडा नम्बर ५ कसेनीमा कैलासेश्वर धर्मशालाको उद्घाटन गरीएको छ । नगरपालिकाको ३ लाख ५० हजार तथा अन्य संघ संस्था तथा ब्यक्तिहरुको ९ लाख भन्दा वढी लागतमा निर्माण गरिएको धर्मशालाको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन । उक्त धर्मशालाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी... पुरा पढ्नुहोस

सशस्त्रको टोली सक्रिय नहुँदा सुनसरीको सीमा क्षेत्रमा बढ्न थाल्यो तस्करी

सुनसरीको सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको पाइएको छ । छोटी भन्सार कार्यालय लौकहीको कर्मचारी रमिते बनेपछि भारतको बेला बसमतिया र लौकही क्षेत्रमा तस्करहरू सलबलाउन थालेका  छन् ।  कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको हो। छोटी भन्सार कार्यलयका केही कर्मचारीहरुले सना देखी ठुला व्यापारीहरुसँग... पुरा पढ्नुहोस

ट्युबवेल वितरणमा अनियमितता, वितरण नै नगरेको आरोप

दिपेन्द्र यादव, सुनसरी । ट्युवेल (कल) वितरणको नाममा भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले भ्रष्टाचार गरेको स्थानीयबासीहरुले आरोप लगाएका छन् । वडा स्तरीय योजना अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष यादव र वडा सचिव ब्रहमदेव साहको मिलोमतोमा ट्युवेल (कल) वितरणको नाममा भ्रष्टाचार गरेको भोक्राहा ७ का... पुरा पढ्नुहोस

अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा गुन्जिए रेखा सुवेदीका कविताहरु

जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार काठमाण्डौंमा आयोजना गरिंँदै आएको अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा बेलबारी मोरङकी कवि रेखा सुवेदीका कविता बाचन भएका छन्  । जनसाँस्कृतिक महासंघको कार्यालय बागबजारमा भब्यरूपमा भएको कार्यक्रम प्राज्ञ राम विनयको अध्यक्षता र डा. विन्दु शर्माको सञ्चालनमा गरिएको हो । शुक्रबार भएको सो कार्यक्रममा कवि सुवेदी आफैंले... पुरा पढ्नुहोस

सिर्जना राईको हत्या भएको भनी गरिएको हल्लाप्रति परिवार र गाउँलेको आपत्ति

मोरङको बेलबारी ६ स्थित बोराबाँधकी २७ वर्षिया सिर्जना राईको मृत्युबारे झुठो प्रचार गरेर समाजकै वदनाम गरिएको भन्दै परिवार र गाउँलेले आपत्ति  जनाएका छन् । सिर्जनाका श्रीमान् पर्वत राई, उनको परिवार र छिमेकी सहितका करिव २ सय जति गाउँलेको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो । सिर्जनाकै घरमा गरिएको पत्रकार सम्मेलनमा  सिर्जनाको मृत्युपछि शव... पुरा पढ्नुहोस