ताजा अपडेट
पथरी शनिश्चरे- ८ मा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु
- 10 महिना, 23 दिन अगाडि
- २९ श्रावण २०८१, मंगलवार
पथरी शनिश्चरे वडा नं. ८ कार्यालयको आयोजनामा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ । आईतबारदेखि सो वडाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित गरी हरेक तीन/ तीन महिनामा नियमित विद्यालय स्वास्थ्य कार्यक्रम सुरुवात गरेको हो । बुद्ध माविबाट सुरूवात गरिएको सो कार्यक्रममर्फत वडाभित्रका... पुरा पढ्नुहोस
मोरङ फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण कार्यक्रम
- 10 महिना, 23 दिन अगाडि
- २९ श्रावण २०८१, मंगलवार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण तथा शुभकामना आदनप्रदान गरेको छ । संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरी शनिश्चरे–१० मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा फलफूल लगायत विभिन्न प्रजातिको विरुवा रोपेको हो । फोनिज मोरङका जिल्ला अध्यक्ष दिनेश... पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी पथरी बहुमुखीको अध्यक्षमा प्रितिका, ३५ सदस्यीय कमिटी गठन
- 10 महिना, 27 दिन अगाडि
- २५ श्रावण २०८१, शुक्रबार
पथरी समाचारदाता - साउन- २४ गते। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाइ कमिटीको सम्मेलनबाट प्रितिका भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको छ । बुधबार क्याम्पस परिसरमा सम्पन्न अधिवेशनले कमिटीको उपाध्यक्षद्वय राज लोहार, विमला पोखरेल, सचिवमा कृतिका खनाल, सह–सचिवमाद्वय हिमाल सिन्चुरी समिर, निशान दुलाल र... पुरा पढ्नुहोस
एनप्याब्सनद्वारा बेलबारीमा हाजिरीजवाफ सम्पन्न, जिल्ला स्तरीय प्रतियोगिताको तयारी
- 10 महिना, 28 दिन अगाडि
- २४ श्रावण २०८१, बिहीबार
जिल्ला स्तरीय प्रतियोगिताको तयारीका लागि बेलबारीमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। एनप्याब्सन बेलबारीको आयोजनामा बेलबारी नगरपालिका वडा नं.३ अवस्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा बुधबार प्रतियोगिता भएको हो । बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यता र एनप्याब्सन मोरङका अध्यक्ष नारायण प्रसाद ढकालको बिशेष आतिथ्यतामा भएको कार्यक्रमको... पुरा पढ्नुहोस
पथरी नगर अस्पताललाई दाताले दिए एम्बुलेन्स, हुन थाल्यो सञ्चालन
- 10 महिना, 30 दिन अगाडि
- २२ श्रावण २०८१, मंगलवार
भुमिप्रदाद पाठक । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरी नगर अस्पताललाई प्रदान गरेको एम्बुलेन्स विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । पथरी शनिश्चरे नगगरपालिका परिसरमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले रिवन काटेर चाबी चालकलाई प्रदान गरी सो एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । सो कार्यक्रममा नगरका स्वास्थ्य शाखा... पुरा पढ्नुहोस
झापा र सुनसरीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जिल्ला तदर्थ समिति गठन
- 10 महिना, 30 दिन अगाडि
- २२ श्रावण २०८१, मंगलवार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको झापा र सुनसरी जिल्ला तदर्थ समिति गठन भएका छन् । झापा र सुनसरीका छुट्टाछुट्टै भेलाले तदर्थ समिति गठन भएका हुन् । झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा सोमबार भएको भेलाले टंक ढकालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । भेलामा लोक... पुरा पढ्नुहोस
फ्रान्सेली स्काउट टोलीद्वारा पथरी शनिश्चरे भ्रमण, रेडस्टार र पञ्चायतका विद्यार्थीहरूसँग भेटघाट
- 11 महिना अगाडि
- २१ श्रावण २०८१, सोमबार
पथरी समाचारदाता । फ्रान्सेलि स्काउट टोलिले पथरी शनिश्चरे नगरपालिका क्षेत्रका स्काउट विद्यार्थीहरूसँग विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको छ । सांस्कृतिक आदानप्रदान र स्काउटिङको अनुभवलाई साझा गर्ने उद्देश्यका साथ उनिहरुले स्थानीय विद्यालयहरूमा भ्रमण गर्दै विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका हुन् । फ्रान्सबाट आएका चार सदस्यीय टोलीले पथरी शनिश्चरे वडा नं. २ स्थित... पुरा पढ्नुहोस
भ्वाइस अफ किड्सको भोटिङ राउण्डमा पुगिन् पथरीकी तुलसा थापा
- 11 महिना, 1 दिन अगाडि
- २० श्रावण २०८१, आईतवार
पथरी शनिश्चरे वडा नं. २ देविगन्ज घर भएका थापाले द भ्वाइस अफ किड्सको लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेकी छिन् । एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा ‘सिरी सिरी हावा चल्यो ’ गीत प्रस्तुत गरेकी थिइन् । सो भन्दा अघि उनले किड्सको ब्लाइन्ड अडिसन सानदार तरिकाले... पुरा पढ्नुहोस
लापसे परीक्षण गर्दा १० जना लागू औषध प्रयोगकर्ता पक्राउ, प्रहरीले बनायो एडीएस टिम
- 11 महिना, 1 दिन अगाडि
- २० श्रावण २०८१, आईतवार
मोरङ पथरीशनिश्चरेमा लागू औषध प्रयोग कर्ता न्युनीकरण गर्ने उदेश्यले लापसे (लागू पदार्थ सेवनं) परीक्षण सुरु भएको छ । लापसे परीक्षण सुरु भएकै दिन मंगलबार ११ जना युवा युवतीहरु लागूू पदार्थ सेवन प्रयोग गरेको प्रमाणित भएर प्रहरी नियन्त्रणमा परेका छन् । लागू पदार्थ सेवन गरेको कारण पक्राउ पर्नेमा ४ जना युवती... पुरा पढ्नुहोस
दुर्गा माविका दुई दर्जन विद्यार्थीले मञ्चन गरे “छिमेकी”नामक नाटक
- 11 महिना, 1 दिन अगाडि
- २० श्रावण २०८१, आईतवार
पथरी समाचारदाता साउन-१५ गते । दुर्गा माध्यमिक विद्यालय पथरी शनिश्चरे ७ मोरङका विद्यार्थीहरुले “छिमेकी” नाटक मञ्चन गरेका छन । विद्यालयमा अध्यानरत विद्यार्थी कलाकारहरुले आफ्नै भवनमा नाटक मञ्चन गरेका हुन । रोशन मण्डल, शजिउ शर्मा, आशिक दर्जी, रापुन्जेल हेमरन, अस्मीता रसाइली, रविना गुप्ता, नम्रता श्रेष्ठ, हेन्खामा राई, नेल्शन राई, आशिका दर्जी,... पुरा पढ्नुहोस