ताजा अपडेट
धनकुटामा महोत्सवका लागि विराटनगर, ईनरुवा न. पा. र प्रदेश महासंघले सहयोग गर्ने
- 2 बर्ष, 6 महिना अगाडि
- १४ पुष २०७९, बिहीबार
प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरले सहयोग गर्ने भएका छन् । धनकुटा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसंग भेटघाट गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, नेपाल उद्योग... पुरा पढ्नुहोस
केराबारीमा हुनेभो मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव
- 2 बर्ष, 6 महिना अगाडि
- ११ पुष २०७९, सोमबार
मोरङ केराबारीमा यहि पौष १३ गतदेखि १९ गतेसम्म मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक,धार्मिक,साँस्कृतिक मच्छिन्द्र मेलाको पहिचान,कृषि र आन्तरिक पर्यटन हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सव बारे आईतबार आयोजक केराबारी ब्यापार प्रबन्ध समिति ले पत्रकार सम्मेलन गरी जानकारी... पुरा पढ्नुहोस
राजनीतिक उथलपुथलसँगै तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड
- 2 बर्ष, 6 महिना अगाडि
- ११ पुष २०७९, सोमबार
कांग्रेससहितको गठबन्धन टुतेसँगै नेकपा एमाले सहितका दलहरूको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत केही दलहरूको समर्थनमा आइतबार प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान... पुरा पढ्नुहोस
फ्रान्सलाई स्तब्ध पार्दै तेस्रो पटक अर्जेन्टिनाले जित्यो बिश्वकप उपाधी
- 2 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाइ स्तब्ध पार्दै अर्जेन्टिनाले उपाधी जितेको छ । कतारको अल बायट रंगशालामा आइतबार भएको फाइनलमा फ्रान्सलाइ पेनाल्टीबाट पराजित गर्दै अर्जेन्टिनाले बिश्वकप उपाधी जितेको हो । निर्धारित समयमा अर्जेन्टिना र फान्सले तीन तीन गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा पनि उहीँ नतिजा... पुरा पढ्नुहोस
‘बेलबारीको साहित्यिक इतिहास’ लोकार्पण
- 2 बर्ष, 6 महिना अगाडि
- ३ पुष २०७९, आईतवार
पूर्वेली लेखक तथा पत्रकार केशु विरहीद्वारा लिखित अनुसन्धानमूलक कृति 'बेलबारीको साहित्यिक इतिहास' सार्वजनिक भएको छ । शनिबार एक भव्य कार्यक्रमकाबिच कृतिको लोकार्पण गरिएको हो । बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, लेखक तथा समालोचक देवी पन्थी, भाषाविद ‘आचार्य अ’, स्रष्टा तथा पूर्व... पुरा पढ्नुहोस
धनकुटामा प्रदेश स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवको तयारी
- 2 बर्ष, 6 महिना अगाडि
- २८ मंसिर २०७९, बुधबार
धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा धनकुटामा माघ पहिलो साता देखि प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ हुने भएको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको बैठकले आगामी माघ ६ गते देखि माघ १६ गते सम्म धनकुटाको टुडिखेलमा औद्योगिक... पुरा पढ्नुहोस
उत्तरी मोरङमा रोकिएन दुई हप्तादेखिको हात्ती आतंक, हात्तीकै आक्रमणबाट वृद्धको मृत्यु
- 2 बर्ष, 7 महिना अगाडि
- २१ मंसिर २०७९, बुधबार
मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मंगलबार एक बृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तर तर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय बृद्व जयप्रसाद वास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए । मृतक वास्तोलासँगै घाँस काट्न... पुरा पढ्नुहोस
३ सय शैयाको अस्पतालसहित गोठगाउँमा मेडिकल कलेज सुचारु गर्न खोज्दै सुनिल शर्मा
- 2 बर्ष, 7 महिना अगाडि
- २० मंसिर २०७९, मंगलवार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्ण क्षमताको अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले पुर्ण मेडिकल कलेज संचालनका लागि आवश्यक पुर्वाधार सहितको अस्पताल सुचारु गर्न लागिएको जानकारी गराएका... पुरा पढ्नुहोस
एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा
- 2 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७९, शनिबार
कतारमा जारी विश्वकप फुटबलमा एसियाका तीन राष्ट्रहरु नकआउट चरण अर्थात अन्तिम १६ मा पुगेका छन् । यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेकामा अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका हुन् । शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६... पुरा पढ्नुहोस
सहकारी संस्थाहरुका लागि सफ्टवर बिक्री वितरणको सम्झौता
- 2 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७९, शनिबार
दोलखामा रहेका सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर उपलब्ध हुने भएको छ । विगत १० वर्षदेखि देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टम दिँदै आएको प्लानेट अर्थ सोलुसन र सजिलो कम्प्युटर सेन्टरसँग हालै सम्झौता भएपछि जिल्लामा सफ्टवेयर सुलभ हुने भएको हो । एभरेष्ट सफ्टवेरका... पुरा पढ्नुहोस