ताजा अपडेट

मोरङसुनसरी समाजद्वारा विभिन्न पालिकाहरुलाइ ७८ वटा अक्सिजन सिलिन्डर सहयोग

मोरङ सुनसरी सेवा समाज नेपालले मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुलाइ करिब १५ लाख बराबरका ७८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ । विभिन्न सामाजिक सेवादेखि मातृभुमीमा आईपर्ने प्राकृतिक प्रकोप, महामारी जस्ता बिपत्तिमा स्थानिय निकायहरुसँग साझेदारी गर्दै सहयोगी भुमिका निर्वाह गर्दै आएको मोरङ सुनसरी सेवा समाजले  बिदेशमा... पुरा पढ्नुहोस

बेलबारीमा बाँडिएका बोयर बोका बाख्राबारे विवाद, नगरपालिकाले छानबिन गर्ने

‍‍अस्ट्रेलियाबाट ल्याइएको भनिएका र हालै कृषकहरुलाइ बितरित सवा करोड बराबरका बोयर बोकाबाख्राहरु नक्कली भएको भन्दै सर्वत्र बिरोध भएपछि बेलबारी नगरपालिकाले त्यसबारे छानबिन गर्ने भएको छ । किसानलाई वितरण गरिएका बोका र  पाठीबारे बिवाद र आलोचना भएपछि नगरपालिकाले छानबिन एवम्  सक्कली बोयर नभएको प्रमाणित भए आयात गर्ने कम्पनीलाई कारबाही गर्ने भएको... पुरा पढ्नुहोस

बेलबारी र केराबारीले जनताका लागि किन्ने भए १ लाख २० हजार डोज कोरोना खोप

मोरङको बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाले आफैं खरिद गरी जनतालाई कोरोनाको खोप लगाइदिने भएका छन् । कोरोना संक्रमण दर उच्च हुँदै गएपछि बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाले कोरोनाको खोप किन्ने तयारी गरेका हुन् । बेलबारी नगरपालिकाले १८ बर्षदेखि माथि ४० बर्षसम्मका ४० हजार नागरिकहरुलाई पहिलो र दोस्रो चरणको खोप गरी... पुरा पढ्नुहोस

‍पत्रकार महासंघ र प्रेस युनियनले धनकुटाका संचारकर्मीलाई दिए स्वास्थ्य सामग्री

नेपाल पत्रकार महासंघ प्रदेश समिति र नेपाल प्रेस युनियनले धनकुटाका संचारकर्मीहरुलाई  स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ्गले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष देवकला कार्की, सचिव हरी लम्जेलमार्फत  धनकुटाका संचारकर्मीहरुका लागि  मास्क र सेनिटाईजरहरु प्रदान... पुरा पढ्नुहोस

नगरले बीउ बितरण र बजारीकरण गरीदिन थालेपछि कृषकहरु उत्साहित

नगरपालिकाले कृषिजन्य बस्तुको बजारीकरण गरिदिन थालेपछि कृषकहरुमा ब्यबशायिक कृषितर्फ आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबाली, तरकारी, फलफुललगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु हौसिन थालेका हुन् । नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ ।२० हजार किलो धानको विउ अनुदानमा... पुरा पढ्नुहोस

संक्रमितको घर घरमा औषधि पुयाउँदै बेलबारीका स्वास्थ्यकर्मी

दास्रो चरणको कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनिहरुको स्वास्थ्य अबस्था बुझ्ने काम भइरहेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी,... पुरा पढ्नुहोस

प्रभावकारी बन्दै धनकुटाको कोभिड अस्पताल, आकस्मिक कक्ष पनि संचालन

तिन हप्ताअघि स्थापना भएको धनकुटा कोभिड अस्पताल र धनकुटा अस्पतालमा स्थापना भएको कोभिड आकस्मिक कक्ष प्रभावकारी भएको छ । धनकुटा अस्पताल प्रमुख डा. पुजन विश्वकर्माका अनुसार हाल धनकुटा कोभिड अस्पतालबाट ५० जना कोरोना संक्रमितहरु निको भई घर फर्केका छन् । कोभिड अस्पतालमा १० जना र धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा... पुरा पढ्नुहोस

चिरफार नगरी दुरबिनको माध्यमबाट नोबेलमा गरियो मस्तिष्कको शल्यक्रिया

‍नोबेल शिक्षण अस्पतालमा चिरफार र घाउ नबनाई दुरबिनको माध्यमबाट मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ बर्षीया देवी राना मगरको नाकबाट इण्डोस्कोप छिराएर दुरविनको माध्यमबाट मस्तिष्कको शल्यक्रिया गरिएको हो । नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले मगरको सफल शल्यक्रिया गरेको हो... पुरा पढ्नुहोस

खड्ग र विद्याले संविधानलाई बलात्कृत गरेको भन्दै धनकुटाका पाँच दलको बिरोध

धनकुटाका ५ राजनैतिक दहहरुले राष्टपती र प्रधानमन्त्रीको प्रतिगमन कदमको विरुद्ध आन्दोलनका लागि अगाडी बढ्न आव्हान गरेका छन् । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना, नेकपा एमाले नेपाल खनाल समुह धनकुटाका अध्यक्ष अर्जुन राई, जसपा धनकुटाका उपाध्यक्ष पार्वती राई र राष्टिय जनमोर्चा नेपाल... पुरा पढ्नुहोस

रहेनन् रेडियो बेतनाका पुर्वअध्यक्ष तथा हातेमालोका अध्यक्ष पुर्वसांसद बस्नेत

नेकपा एमालेका पूर्व सांसद, रेडियो बेतनाका पुर्व अध्यक्ष तथा सुन्दरहरैंचास्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ४ बजे उनको निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई एक हप्तादेेखि... पुरा पढ्नुहोस