पूर्वी नेपाल
सरस्वती गुरुङ बचाउ अभियानमा बिश्वभरबाट उठ्यो ३८ लाख, मृगौला पिडित सरस्वतीले पाइन् नयाँ जीवन
- 5 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
मोरङको बेलबारी नगरपालिका वाड ४ निवासी मृगौला रोगबाट पीडित सरस्वती गुरुङले नयाँ जीवन पाएकी छिन् । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित उनको शल्यक्रिया सफल भएको छ । दुई वर्षदेखि मिर्गौलामा आएको समस्याका कारण उनी बिरामी थिइन् । उनको उपचारका लागि सरस्वती गुरुङ बचाउ अभियान समिति गठन गरी रकम संकलन अभियान... पुरा पढ्नुहोस
बेलबारीमा बन्नेभो पार्क सहितको ठुलो जनयुद्ध संग्रहालय
- 5 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
मोरङको बेलबारी नगरपालिका २ लालभित्तिमा पार्क सहितको जनयुद्ध संग्राहलय बन्ने भएको छ । जनयुद्ध स्मृति प्रतिष्ठानको पहल र नेपाल सरकारलो सहयोगमा सो संग्राहलय निर्माण हुने भएको हो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले केही महिनाअघि जनयुद्ध प्रतिष्ठानलाई आठ बिघा जमिन दान गरेका थिए । नेता बस्नेतका अनुसार यस जनयुद्ध संग्रहलयमा... पुरा पढ्नुहोस
मोरङमै अब्बल बन्दै बेलबारी नगरपालिकाको न्यायिक समिति, एकै दिन दश वटा उजुरी दर्ता
- 5 बर्ष, 6 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
मोरङमै न्याय सम्पादनमा उत्कृष्ट मानिएको बेलबारी नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय उजुरीको चाप बढ्न थालेको छ । मुद्दाको चापलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन छलफल एवम् मेलमिलापको कार्यलाई प्राथमिकता दिएर उजुरीको निकास दिंदै गएपछि उजुरी बढ्न थालेका हुन् । मंङ्सिर १६ गते अर्थात सोमबार एकैदिन बेलबारी नगरपालिकाको न्यायिक समितिमा... पुरा पढ्नुहोस
पत्रकारितासँगै भुकम्प प्रतिरोधात्मक घर बनाउने ब्यबशायतिर लागे भण्डारी
- 5 बर्ष, 6 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
पत्रकारिताका माध्यमबाट समाज र राष्ट्रका लागि केही गर्ने सोचले दुई दशकदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी अम्बिका भण्डारीले निर्माण सम्बन्धि नयाँ ब्यबशाय शुरु गरेका छन् । सञ्चारकर्ममा लामो समय विताएका भण्डारीले भौतिक विकासमा पनि योगदान गर्न यस्तो व्यवसायमा लागेको बताएका छन् । बिगत पन्ध्र सोह्र बर्षदेखि मोरङको बेलबारीलाइ पत्रकारिताको कार्यथलो बनाउँदै... पुरा पढ्नुहोस
कांग्रेसले जित्यो धरानको मेयर; कांग्रेसीहरु दंंग, बामपन्थीको किल्ला भंग
- 5 बर्ष, 6 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन् । तीन चार दशकदेखिको कम्युनिष्टको किल्ला तोड्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउँदै तिलक बिजयी भएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाए भने प्रकाशले २३ हजार ९ सय... पुरा पढ्नुहोस
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल बिजयी
- 5 बर्ष, 6 महिना अगाडि
- १५ मंसिर २०७६, आईतवार
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा बिजयी भएका हुन् । मत परिणाम अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी भए । कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका थिए । यसअघि पनि... पुरा पढ्नुहोस
गोठगाउँमै सर्नेभो पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय, त्यहीँ हुनेभो नवौं दीक्षान्त समारोह
- 5 बर्ष, 6 महिना अगाडि
- १२ मंसिर २०७६, बिहीबार
पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँमा सर्ने भएको छ । पूर्वाञ्चलको मुख्य कार्यालय गोठगाउँमा सार्न प्रक्रिया चलिरहेको र गोठगाउँमा मुख्य कार्यालय सार्न कर्मचारीको मनस्थिति पनि परिवर्तन हुँदै गएको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले बताए । गोठगाउँमा विश्वविद्यालयको मुख्य कार्यालय राख्ने पहल गरिएको सन्देश प्रवाह गर्न हालै पछिल्लो कार्यपालिका बैठक... पुरा पढ्नुहोस
सपनाको संसार मार्फत समाजकै पहिचान बदल्दै बिजय, बेलबारीमा यसरी बन्यो ‘ड्रिमल्याण्ड’
- 5 बर्ष, 6 महिना अगाडि
- ९ मंसिर २०७६, सोमबार
मानिसले देख्ने सपना र सपना साकार पार्न गरिने संर्घषले एउटा मान्छेको भाग्य मात्रै होइन, समाज नै पनि बदल्न सक्छ । मान्छेले ठाउँ पायो भने उसको जीवन बदलिन सक्छ तर ठाउँले मान्छे पायो भने समाज नै परिवर्तित र बिकशित बन्न सक्छ । यही सत्यका एक उदाहरण हुन् मोरङ बेलबारीका बिजय सुवेदी... पुरा पढ्नुहोस
सशस्त्र प्रहरीले सुनसरीमा भत्कायो दसगजा क्षेत्रमा बनाइएका घर–टहरा
- 5 बर्ष, 6 महिना अगाडि
- ७ मंसिर २०७६, शनिबार
सशस्त्र प्रहरीले नेपाल–भारतको दसगजा क्षेत्रमा बनाइएका घर–टहरा हटाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँगको सहकार्यमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट इन्स्पेक्टर श्यामबाबु राय यादवको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतीय... पुरा पढ्नुहोस
पाथीभरा र हलेसी मन्दिर जाने योजना छ ? अब प्लेन चढेर पनि जान पाइने भो नि !
- 5 बर्ष, 6 महिना अगाडि
- ६ मंसिर २०७६, शुक्रबार
प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि बिराटनगरबाट हवाई सेवा सुरु गरिने भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर लगायत धार्मिक तीर्थस्थल तथा पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो । विराटनगर विमानस्थलबाट मंसिर तेस्रो सातादेखि हवाई सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप,... पुरा पढ्नुहोस