कृषि/सहकारी
बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको सहकारी सम्बन्धी एकदिने तालिम सम्पन्न
- 5 बर्ष, 4 महिना अगाडि
- २८ असार २०७६, शनिबार
बेलबारी मोरङ / बेलबारी बहुउद्देश्यीय सहकारी संस्था बेलबारीले आज आफ्ना सेयर सदस्यहरुलाइ सहकारी सम्वन्धी ज्ञान दिने अभिप्रायले एकदिने सहकारी अभिमूखिकरण गोष्ठी सम्पन्न गरेको छ । बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजना गरिएको आयोजित उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । सो कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञमनेन्द्र सुवेदी,... पुरा पढ्नुहोस
गाँउमै पहिलोपटक पशु स्वास्थ्य शिविर संचालन भएपछि दंग भए बाहुनीबासी
- 5 बर्ष, 5 महिना अगाडि
- २७ जेष्ठ २०७६, सोमबार
उत्तम पोख्रेल / बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनी बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनी बजारमा आएका थिए । परिश्रमि महिला उधमी... पुरा पढ्नुहोस
साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नयाँ समिति चयन
- 5 बर्ष, 6 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको १० औं साधारण सभाबाट नयांँ कार्यसमिति निर्वाचित भएको छ । साधारणसभाले अध्यक्षमा जयन्द्र प्रधान, उपाध्यक्षमा रोशेष श्रेष्ठ,सचिवमा विजय सन्तोषी राई, सहसचिवमा असिम शाक्य र कोषाध्यक्षमा रुपेश श्रेष्ठलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा टेक वहादुर श्रेष्ठ, सावित्रि श्रेष्ठ, कुमार श्रेष्ठ, कुसुम श्रेष्ठ, सुतजा श्रेष्ठ... पुरा पढ्नुहोस
सानाकिसान सहकारीसँग मिलेर कृषकहरुलाई धानको विउ दिंँदै बेलबारी नगरपालिका
- 5 बर्ष, 6 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
उत्तम पोख्रेल, बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई धानको विउ वितरण गर्न थालेको छ । साना किसान सहकारी सस्थाको सहकार्यमा नगरपालिकाले धानको बिउ बांँड्न थालेको हो । रजित तथा सुख्खा ३ जातको विउ वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । किसानले २० किलोसम्म धानको विउ पाउने साना किसान सहकारी संस्थाले... पुरा पढ्नुहोस
पार्टी कार्यकर्ताको भर्ती केन्द्र बन्दै किसान आयोग, आयोगमा छैनन् एकजना पनि किसान
- 5 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
अजित अधिकारी/ राष्ट्रिय किसान आयोगलाई राजनीतिक दलले भर्तीकेन्द्र बनाएका छन् । जहाँ एकजना पनि किसानका प्रतिनिधि छैनन् ।आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ नेकपा (तत्कालीन माओवादी केन्द्र) का नेता हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग पराजित भएका थिए । उनले राज्यमन्त्रीसरहको सुविधा बुझ्दै आएका छन् । आयोगमा... पुरा पढ्नुहोस
च्याउ खेतीबाट मासिक डेढ लाखसम्म आम्दानी गर्दै ईन्द्र
- 5 बर्ष, 8 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
केशु विरही, सुन्दरहरैंचा, मोरङ/ बिहान उज्यालो हुन नपाउँदै सुन्दरहरैंचा मोरङका ईन्द्रप्रसाद तिम्सिना आफ्नो च्याउ फाममा पुगिसकेका हुन्छन् । बिहान चिया समेत पिउन नपाउँदै उनी त्यहाँ पुग्छन् । ६ बजेसम्ममा उनले प्राय टिप्नु पर्ने सबै च्याउ टिपिसकेका हुन्छन । बिहानै उठ्नु च्याउ फाममा पुग्नु, फामबाट च्याउ टिपेर बजार बजारमा पुर्याउनु उनको दैनिकीजस्तै... पुरा पढ्नुहोस
घरका कोठा कोठामा च्याउ खेती गर्न थाले बेलबारीका कृषकहरुले
- 5 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७५, सोमबार
उत्तम पोख्रेल, बेलबारी मोरङ / पछिल्लो समय च्याउ खेति तर्फ कृषकको आकर्षण वढ्दै जान थालेको छ । थोरै लगानीमा उत्पादन हुने च्याउ अहिले घरका कोठा कोठामा उत्पादन गर्न थालिएको छ । कृषकहरुले टोल टोलमा सामुहिक रुपमा खेति समेत गर्न थालेका छन् । बेलबारीका २ वटा वडाका अधिकाश घरमा अचेल च्याउको पोकाहरु... पुरा पढ्नुहोस
पथरीस्थित लर्ड बुद्द साकोसले आयोजना गर्यो रक्तदान, ९३ प्रिन्ट रगत संकलन
- 5 बर्ष, 10 महिना अगाडि
- २६ पुष २०७५, बिहीबार
पथरी र मोरङको पथरी शनिश्चरे–२, बुद्ध चौकमा रहेको लर्ड बुद्ध साकोसले बुधबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन भएको छ । बुधबार रक्तदान जीवन दान नारा नारासहित भएको रक्तदानमा सेयरधनी तथा विभिन्न संघसंगठनका प्रतिनिधिहरुले रगतदान गरेका थिए । वि.सं. २०५९ सालमा स्थापना भएको लर्ड बुद्ध साकोसले १०... पुरा पढ्नुहोस
लालिगुरांस सहकारीले शुरु गर्यो मोबाइल बैंकिङ सेवा
- 5 बर्ष, 10 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ वि.स. २०५२ सालमा स्थापित मोरङकै अग्रणी सहकारी संस्थाकाे रुपमा परिचित लालीगुराँस वचत तथा ऋण सहकारी बेलबारीले लालीगुराँस माेवाईल बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । संस्थाले संचालनमा ल्याएकाे माेवाइल बैंकिङ सेवाकाे जिल्ला वचत तथा ऋण सहकारी संघ माेरङका अध्यक्ष साेमनाथ निराैलाले बुधबार एक कार्यक्रमविच उद्घाटन गरे ।... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाद्वारा साढे तीन लाख बराबरका कृषि मेसिनरी तथा औजार बितरण
- 5 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७५, बिहीबार
मोरङको केराबारी गाउँपालिकाले कृषकहरूलाई साढे तीन लाख बराबरका कृषि मेसिनरी, औजार तथा कृषिजन्य सामग्रीहरु बितरण गरेको छ । बिहीबार केराबारी गाउँपालिका परिसरमा एक कार्यक्रम गरी गाउँपालिकाले ती सामग्री बितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बु,, प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेल लगायत केहि वडाध्यक्षहरु समेतको उपस्थितिमा... पुरा पढ्नुहोस