ताजा अपडेट
बेलवारी आइडल २ को प्रि-सेमीफाइनल सम्पन्न, २१ जना प्रतियोगीहरु सेमीफाइनलमा
- 5 बर्ष, 5 महिना अगाडि
- २५ माघ २०७६, शनिबार
सुर सप्तक बेलवारी आइडल २ को शनिबार भएको प्रि-सेमीफाइनलबाट २१ जना प्रतियोगीहरु सेमीफाइनलमा प्रवेश गरेका छन् । बेलवारी आइडल २ को लागि सहभागी भएका दुई सयभन्दा बढीबाट छनौट चरण पार गरी प्रि-सेमिफाइनलमा पुगेका ६१ जना मध्येबाट २१ जना सेमीफाइनलका लागि छनौट भएका हुन् । आरोहण सङ्गीत विद्यालय बेलवारी १ मा... पुरा पढ्नुहोस
प्रदेश सांसद ओझाको अगुवाइमा निर्माणाधीन बिराटचोक-हरैंचा सडक अनुगमन
- 5 बर्ष, 5 महिना अगाडि
- २४ माघ २०७६, शुक्रबार
प्रदेशकै गौरवको आयोजना भनिएको बिराटचोकदेखि हरैंचा नेताचोक हुँदै बिराटनगर जाने चार लेनको निर्माणाधीन सडकको अनुगमन गरिएको छ । प्रदेश सांसद राजकुमार ओझाको अगुवाईमा एक टोलीले शुक्रबार निर्माणाधीन हरैंचा विराटचोक सडक खण्डको अनुुुगमन गरेको हो । अनुगमन टोलीमा भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव राजेश घिमिरे, डिई राजेश श्रेष्ठ, सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना... पुरा पढ्नुहोस
बेलबारी साहित्य विकास समाजद्वारा धरानका समाजसेवी पूर्णबहादुर गुरुङ सम्मानित
- 5 बर्ष, 5 महिना अगाडि
- २४ माघ २०७६, शुक्रबार
बेलबारी साहित्य विकास समाज, मोरङले नेपाली भाषा–साहित्यको सेवा गरे बापत विमल स्मृति पुस्तकालय धरानका संस्थापक तथा सञ्चालक पूर्णबहादुर गुरुङलाइ सम्मान गरेको छ । विमल स्मृति पुस्तकालय, धरानको सभाकक्षमा शुक्रबार भाषाविद तथा समालोचक प्रा.डा. टङ्कप्रसाद न्यौपानेले अबिर, नेपाली ढाकाटोपी, दोसल्ल र सम्मानपत्रद्वारा गुरुङलाई सम्मान गरेका हुन् । रेखा सुवेदीको अध्यक्षतामा सम्मान कार्यक्रममा कवि... पुरा पढ्नुहोस
बेलबारीमा माविस्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न, भगवती माविको जित
- 5 बर्ष, 5 महिना अगाडि
- २४ माघ २०७६, शुक्रबार
नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वियूको आयोजनामा मोरङको बेलबारीमा मावि स्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार भएको प्रतियोगिताको उपाधि भगवति माविले चुमेको छ । त्यसैगरी लक्ष्मी मावि द्धितिय भएको छ । आधा दर्जन बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता अखिलका रविन चालिसेको सभापतित्व तथा नेकपाका केन्द्रिय सदस्य महेश रेग्मीको... पुरा पढ्नुहोस
बेलबारीका मेयरको पहलमा मोरङका ६ वटा स्थानीय तहमा उत्पादन हुनेभो दश-दश मेघावाट विद्युत
- 5 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
मोरङका केहि स्थानिय तहहरुमा सोलार प्यानलवाट ६० मेगावाटको विजुली उत्पादन गरिने भएको छ । पहिलो चरणमा ६० मेघावाट बिजुली उत्पादन गर्ने गरी सहयोग गर्न बेलायतको व्येकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता भएको छ । अन्तर स्थानिय तह साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीका अनुसार स्पेनको लियोनमा भएको... पुरा पढ्नुहोस
सुकुना क्याम्पसका विद्यार्थीले गरे रक्तदान कार्यक्रम, १ सय २३ प्रिन्ट रगत संकलन
- 5 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहीवार आयोजित रक्तदान कार्यक्रमबाट १ सय २३ प्रिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो । सुकुना क्याम्पसको स्ववियु मंचमा आयोजित... पुरा पढ्नुहोस
पाँचथरमा नोबेलको दुइदिने स्वास्थ्य शिबिर, फिदिम र आसपासका १४ सय बिरामी लाभान्वित
- 5 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
नोबेल शिक्षण अस्पतालले पाँचथरको फिदिममा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । शिबिरमा १ हजार ४ सय २८ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । शिबिरमा ४ सय १३ जना बिरामीको भिडियो एक्सरे, १ सय ५४ जनाको ईसीजी र १ सय ९५ जनाको ल्याव टेष्ट... पुरा पढ्नुहोस
काठमाण्डौंंमा भएका सुन्दरहरैंचाबासीहरु संगठित, ११ सदस्यीय समिति गठन
- 5 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका सुन्दरहरैचा नगर क्षेत्रका बासिन्दाहरुको भेलाले प्रेमप्रसाद लुइटेलकोअध्यक्षतामा ११ सदस्यीय सुन्दरहरैँचा काठमाण्डौं सम्पर्क समाज गठन गरेको छ । सुन्दरहरैचा नगरपालिकाको आयोजना तथा नगरप्रमुख शिव प्रसाद ढकालको अध्यक्षतामा बुुधबार काठमाण्डौमा भएको भेलाले लुइँटेलको अध्यक्षतामा समिति गठन गरेको हो । राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीको विशेष अतिथ्यता र नगरपालिकाका उपप्रमुख... पुरा पढ्नुहोस
एक हजारभन्दा बढीलाई स्वरोजगार बनाउन उद्यमी खोज्दै बेलबारी नगरपालिका
- 5 बर्ष, 5 महिना अगाडि
- २२ माघ २०७६, बुधबार
उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी शुरु गरेको छ । गरिवसँग नगरपालिका' नाम दिएर नगरपालिकाले टोल टोलमा गएर नयाँ ब्याबसाय गर्नेहरुको खोजी गर्न थालेको हो । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजातिहरु, पिछडा वर्ग, अपाङ्गता भएका ब्याक्तिहरुलाई प्राथमिक्ता दिएर टोल टोलमा पुगेर नयाँ ब्यबशायीको खोजी गर्न थालिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस
नोबेल र अभिभावकबिच शुल्कबारे सहमति, सुचारु हुनेभो एमवीवीएस र वीडीएसको पढाई
- 5 बर्ष, 5 महिना अगाडि
- २२ माघ २०७६, बुधबार
नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति जुटेको छ । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा भर्ना हुन आएका बिद्यार्थीका अभिभावक र कलेज प्रशासनवीच बुधबार भएको छलफलमा सहमति जुटेपछि शुल्क विवाद समाधान भएको हो । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा कलेजले शिक्षण शुल्क बढी माग गरेको... पुरा पढ्नुहोस