ताजा अपडेट

धनकुटामा कम्प्युटर तथा सुईटर बुनाई तालिम शुरु, सिलाइ कटाइ तालिम सम्पन्न

घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको संयुक्त आयोजनामा तिन महिने बेसिक कम्प्युटर र सुईटर बुनाई तालिम शुरु भएको छ । तालिमको जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईले बिहीबार उद्घाटन गरेकी छिन्  । घरेलु तथा साना उद्योग विकास... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा धिमाललाई प्रथम जाति घोषणा, धिमाल वृद्धवृद्धा पनि सम्मानित

मोरङको बेलबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जाति घोषणा गरेको छ । बेलबारी नगरपालिकामा बिहीबार एक कार्यक्रम गरी धिमाललाई पहिलो जाति घोषणा गरिएको हो । नगरपालिकास्थित आदिवासी जनजाति सभाहलमा आयोजित ‘धिमाल प्रथम जाति घोषणा तथा अभिनन्दन समारोह' मा धिमालहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यसमा पनि पुरुषभन्दा महिलाहरुको बाहुल्यता थियो ।... पुरा पढ्नुहोस

बेलबारीस्थित पुर्व पश्चिम राजमार्गमै भेटियो शक्तिशाली बम, पुर्व नै आतंकित

बिप्लब नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले  मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुलको पश्चिमपट्टी महेन्द्र राजमार्गको बिच भागमा कुकर बम राखेका छन् । नेेपाल बन्द घोषणा गरिएको दिन बिहीबार  दिउँसो करिब डेढ बजेेेेतिर सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन् । बम राख्नेेहरुले यात्रुहरुलाई राजमार्गमा बम राखिएले... पुरा पढ्नुहोस

सामुहिक बलात्कारमा परिन् मोरङ लेटाङकी वालिका, बलात्कार गर्ने एउटा केटो पक्राउ

मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित थापा चौकका तीनजना युवाले मोरङकै लेटाङकी एक बालिकालाई सामुहिक बलात्कार गरेका छन् । लेटाङ नगरपालिका घर भएकी १३ वर्षीय बालिकालाई झुक्याएर उर्लाबारीस्थित घरमै लगेर उनीहरूले रातभर बलात्कार गरेको तीनदिनपछि सार्वजनिक भएको हो । बलात्कारमा संलग्न युवाहरमा रेवत भनेर चिनिने २५ वर्षीय चन्द्रमणि आचार्य, हजेम्स क्षेत्री, रेगन... पुरा पढ्नुहोस

बारम्बार झगडा गर्थे रमिला र योगेन्द्र, यस्तो थियो उनीहरूको बिगत

फागुन १७ गतेदेखि हराइरहेकी मोरङ बेलबारीकी महिला रमिला राईलाई उनकै प्रेमी योगेन्द्र गुरुङले हत्या गरेको स्वीकार गरेपनि सप्तकोसीमा फालेको भनिएको लास अझैसम्म भेटिएको छैन । त्यसैले त्यो बिषयको चर्चा  अझै सेलाएको छैन । उनीहरूको प्रेम सम्बन्ध कसरी चलेको थियो र बिगत कस्तो थियो भन्नेबारे केही तथ्य खुलेका छन् । रमिलाको... पुरा पढ्नुहोस

पूरा भयो प्रचण्डलाई भेट्ने लक्ष्मीमार्गकी ८१ मनमायाको धोको

उमेरले चारबीस कटिसकेको छ। शरीरले राम्रो काम गर्दैन, हिँडडुल गर्न साहारा चाहिन्छ । आफ्नै शरिर सम्हाल्न गाह्रो पर्ने उमेर भए पनि उनलाई आफ्नो भन्दा देश र जनताको बढि चिन्ता लाग्छ। त्यहि चिन्ताले  ८१ वर्षीया वृद्धा मनमाया बस्नेत विराटनगरको एउटा होटलमा देखापरिन् । मोरङको बेलबारी ११ को लक्ष्मीमार्गबाट कसैको साहारा बिनानै झण्डै... पुरा पढ्नुहोस

भाउन्नेस्थित सृजना पार्कमा नेताहरूको लर्को, आए देउवासहित आधा दर्जन कांग्रेसी नेता पनि

विवेक मिश्र, बेलबारी मोरङ / मोरङको बेलबारी १० भाउन्ने स्थीत पुर्व पश्चिम राजमार्ग संगै रहेको सृजना सामुदायीक वन क्षेत्रमा रहेको सृजना पार्कमा केहि दिनदेखि राष्ट्रिय स्तरका शिर्ष नेताहरुद्धारा पार्कको अवलोकन गर्ने क्रम बढेको छ । बुधवार नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादर देउवा, कांग्रेसका नेताहरु विजय कुमार गच्छदार,... पुरा पढ्नुहोस

साफ महिला च्याम्पियनसिप : माल्दिभ्स विरुद्ध ६ गोल गर्दै भारत बिजयी

विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतसँग मालदिभ्स ६-० ले पराजित भएको छ । बुधबार भएको खेलमा सबै भन्दा शक्तिशाली मानिएको भारतले मालदिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको हो । एक पक्षीय खेलको मध्यान्तर अघि भारतले मालदिभ्स विरुद्ध पाँच र मध्यान्तरपछि एक गोल गर्यो । भारतले... पुरा पढ्नुहोस

औषधि भन्दै किनेको जडिबुटी खाँदा धनकुटामा एकको मृत्यु, पाँच घाईते

धनकुटा / औषधी भन्दै खानामा जडिबुटी मिसाएर  खाएपछि धनकुटा नगरपालिका ९ का माधब प्रधानको मृत्यु भएको छ। सोमबार बेलुकीको खानामा जडिबुटी मिलाएर खाएपछि  सुतेका प्रधान राती बिरामी भएका थिए । उनको मंगलबार विहान उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा नगरपालिका वडा नं.९ बेलहाराका ६२ बर्षिय  प्रधानको... पुरा पढ्नुहोस

सकियो रे बेलबारी नगरपालिकाको तेस्रो नगरसभा, संघीय सरकारसँग विभिन्न माग

बेलबारी नगरपालिकाको तेस्रो नगरसभाले ८ नम्बर वडामा रहेको पेट्रोल खानीको अन्वेषण तथा अध्ययन गरी उत्खनन् कार्य अघि बढाउन संंघीय सरकारसँग माग गरेको छ । मंगलबार सम्पन्न भएको भनिएको नगरसभाले सो माग गरेको हो । नगरसभाले गौचरणमा परिणत भएको पेट्रोल खानीको अध्ययनका लागि बजेट विनियोजन गर्न समेत माग गरेको छ । नगरसभाले... पुरा पढ्नुहोस