ताजा अपडेट

केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन

केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन गरिएको छ । केराबारी ८ स्थित हिमचुली सामुदायिक वनको सभाहलमा गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यता र प्रदेश सभाषद उपेन्द्र घिमिरेको विशेष आतिथ्यता थियो । गाउँसभामा सम्पुर्ण जनप्रतिनिधि,... पुरा पढ्नुहोस

रहेनन् केराबारीकै जेठा र १ सय ४६ सन्तानका पुर्खा, १०८ बर्षको उमेरमा निधन

मोरङको केराबारी गाउँपालिकाका सबैभन्दा जेठा  नागरीक अडीमर्दन थापाको निधन भएको छ । १ सय ८ बर्षीय थापाको सोमबार राती आफ्नै निवास केराबारी ६ अमृत चोकमा  निधन भएको परिवारले जनाएका छन्  । थापाका तीन छोरा र पाँच वटी छोरी सहित छैटौं पुस्ता अर्थात खनाती खनातीनीसम्मका गरी १ सय ४६ सन्तान छन्... पुरा पढ्नुहोस

अपराध ढाकछोप गर्ने अखडा बन्दै सप्तकोसी, बढाइयो सुरक्षा सतर्कता

रातको समयमा राजमार्गमा गुड्ने सवारी साधन चेकजाँच नगर्दा अपराधिक र अवैध काम बढ्न थालेको निष्कर्ष निकाल्दै प्रहरीले सप्तकोसी नदी आसपास सुरक्षा सतर्कता बढाउन थालेको छ  । केही दिन अघि मोरङ बेलबारीका योगेन्द्र गुरुङले एक महिलाको हत्या गरी सप्तकोसी नदिमा लगेर फालेको भनी बयान दिएपछि र ती महिलाको शब खोज्ने क्रममा अर्की... पुरा पढ्नुहोस

आर्मीलाइ झापा गोल्डकपको उपाधी, विराटनगरमा पाँचौं साफ महिला च्याम्पियनसीप हुंँदै

विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५-३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५० हजारसहित ट्रफी हात पारेको छ  । उपविजेता बनेको आयोजक झापाले नगद ६ लाख ५... पुरा पढ्नुहोस

आफ्नो भाषा र लिपी प्रबर्द्धनमा तमु समुदाय, बेलबारीमा भाषा सिक्दै पुर्वका गुरुङहरु

उत्तम पोख्रेल ,बेलबारी मोरङ / बेलबारीका कमल गुरुङको उमेर हेर्दा ३५ बर्षका जस्ता देखिन्छन् । यस्तै बेलबारीकै रजित गुरुङको पनि उमेर ४० नाघिसकेका जस्तो लाग्छ तर उनीहरु भख्खर मात्रै कखरा सिकिरहेका छन् । आफनै भाषा लिपिको अक्षरहरु उनीहरु लेख्न सिकिरहेका हुन्  । बेलबारी नगरपालिकाको सहयोगमा हाल प्रदेश नम्बर १ का १३... पुरा पढ्नुहोस

मोरङमा टुङ्गिने भयो नेकपाको पार्टी एकता, मिल्यो सबै स्थानीय तहको भागबण्डा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता कार्यदलले मोरङका १७ मध्ये १६ स्थानीय तहको एकता प्रक्रिया टुंग्याउने सहमति गरेको छ। शनिवार बसेको जिल्ला कार्यदलको बैठकले विराटनगर महानगरपालिका बाहेक स्थानीय तहमा एकता प्रक्रिया टुंगो लगाउने सहमति गरेको हो । कार्यदलमा १६ स्थानीय तहमध्ये पूर्वनेकपा एमालेले नौ तह र पूर्वमाओवादी केन्द्रले सात तहको नेतृत्व... पुरा पढ्नुहोस

फागुन १७ देखि हराएकी रमिलाको हत्या भएको पुष्ठी, गुरुङद्वारा कोशीमा फालेको बयान

फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी मोरङको बेलबारी ४ की एक महिलाको हत्या गरी कोशीमा फालिएको खुलेको छ । स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका लागि गत शुक्रबार नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी टोलीले ईलामबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनले ... पुरा पढ्नुहोस

पथरीशनिश्चरेमा ५७ हजारले सेवन गरे हात्तीपाइलेको औषधि

घरदैलो अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा ५७ हजारको संख्याले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेको छ । आज वडा नम्वर ५ र ६ मा गरी ९ सय ६ जनाले औषधि सेवन गरेका छन् । फागुन १५ गते वडा वडाका १० केन्द्रमा र १६ गते घर घरमा गएर औषधि खुवाउने अभियान... पुरा पढ्नुहोस

नौ दिनदेखि हराएकी रमिलाबारे सर्वत्र चासो, रहस्य खोतल्न नयाँ रणनीति अपनाउँदै प्रहरी

गत फागुन १७ गते शुक्रबारबाट वेपत्ता रहेकी बेलबारी ४ की रमिला राईको अवस्था के होला भन्ने चौतर्फी चासो बढिरहँदा प्रहरीले शैली फेरेरै उनको खोजी तिब्र पारेको छ । घटनामा संलग्न रहेको आसंकामा योगेन्द्र गुरुङ पक्राउ परेसँगै प्रहरीको खोजतलासको शैली पनि फेरिएको हो । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय बेलबारीमा... पुरा पढ्नुहोस

आमजुँगीमा मोरङसुनसरी समाजको नि:शुल्क आँखा शिविर, १ सय ८४ जनाको आँखा जाँच

मोरङसुनसरी सेवा समाज नेपालको आयोजना र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा मोरङको केराबारी ८ आमजुँगीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । आमजुँगीस्थित आमजुँगी आधारभुत विद्यालय परिसरमा शनिबार भएको आँखा शिविरमा ८९ महिला र ९५ पुरुष  गरि १ सय ८४ जनाले आँखा जाँच गराएका थिए । आयोजकका अनुसार... पुरा पढ्नुहोस