पूर्वी नेपाल
बिदेशी डाक्टरसहित धनकुटा अस्पतालमा हुनेभो १३ दिने स्वास्थ्य शिविर
- 1 बर्ष, 9 महिना अगाडि
- ६ भाद्र २०८०, बुधबार
धनकुटा जिल्ला अस्पताल अशोज १ देखि १२ गते सम्म वृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । धनकुटा अस्पतालमा हुने उक्त वृहत निशुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट विशेषज्ञ डाक्टहरुबाट पितको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताए ।... पुरा पढ्नुहोस
नोबेलमा न्यूरो सर्जरीको नयाँ प्रविधि भित्र्याइदै, कोरिययन अस्पतालसँग सम्झौता
- 1 बर्ष, 9 महिना अगाडि
- १ भाद्र २०८०, शुक्रबार
नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता... पुरा पढ्नुहोस
बाढीले यसरी बगायो लोहन्द्रामा जलाउँदै गरेको शव
- 1 बर्ष, 9 महिना अगाडि
- २९ श्रावण २०८०, सोमबार
बेलबारीमा शनिबार दिउँसो स्थानीय लोहन्द्रा खोलामा शव जलाउने क्रममा अचानक खोलामा आएको बाढीले शव बगाएको छ । खोलामा अहिलेसम्म कुनै शवदाह स्थल निर्माण भएको छैन । खोलाको बगरमा स्थानीयले शवदाह गर्ने गरेका छन । लामो समयदेखि दाहसंस्कारस्थलको कुरा उठेपनि निर्माण गर्न भने सकिएको छैन । शनिबार दिउँसो बेलवारी नगरपालिका वडा... पुरा पढ्नुहोस
धनकुटा महोत्सवबाट ५६ लाख आम्दानी, २४ हजार रुपैयाँ मात्रै बचत
- 1 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०८०, मंगलवार
धनकुटा महोत्सवबाट ५६ लाख २८ हजार ४ सय रुपैयाँ आम्दानी भएकोमा २४ हजार २ सय ५ रुपैयाँ मात्र बचत भएको हिसाब सार्वजनिक भएको छ । महोत्सवका क्रममा घाइते भएकाहरुको उपचारमा ५ लाख २५ हजार २ सय ९६ रुपैयाँ खर्चसहित ५६ लाख ४ हजार २५ रुपैया खर्च भएकोले कम नाफा देखिएको... पुरा पढ्नुहोस
बाढीले बगाएको ६ वर्षपछि लोहन्द्रा खोलामा बन्यो नहरसहितको पुल
- 1 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०८०, सोमबार
बिक्रम सम्बत २०७४ सालको बाढीले बगाएको सुनसरी मोरङ सिंचाई आयोजनाको नहरसहित लोहन्द्रा खोलाको पुलको निर्माण सम्पन्न भएको छ । पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा नहरसहितको पुल निर्माण भएको हो । पुलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले हालै उद्घाटन गरे ।... पुरा पढ्नुहोस
रास्वपा बेलबारीको प्रथम अधिवेशन : कुमार खुलालको नेतृत्वमा समिति
- 1 बर्ष, 10 महिना अगाडि
- ८ श्रावण २०८०, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगरको प्रथम अधिवेशनले कुमार खुलाल अध्यक्ष रहेको ११ सदस्यीय नगर समिति गठन गरेको छ । अधिवेशनले भलाकाजी खड्कालाई उपाध्यक्ष, सुवास श्रेष्ठलाई सचिब र बालकुमारी बिकलाई कोषाध्यक्षमा चयन गरेको छ । अधिवेशनले बलु कार्की,अनुजा कटुवाल र जीवन राउतलाई नगरसमिति सदस्य बनाएको छ । एघार सदस्यीय समितिमा समुदाय... पुरा पढ्नुहोस
बेलबारी साना सहरी तथा खानेपानीमा गडबडी
- 1 बर्ष, 10 महिना अगाडि
- ४ श्रावण २०८०, बिहीबार
बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता समितिमा अनियमितता भएको छानबिन समितिले ठहर गरेको छ । मोरङ बेलबारी – १ मा रहेको खानेपानीको ओभर हेड ट्यांकीको कम्पाउन्ड वाल र जाली लगाउने काममा समितिले अनियमितता गरेको छानबिन समितिको ठहर छ । निर्माण कार्यमा भएको खर्च अस्वाभाविक देखिएको भन्दै छानविन समिति बनाइएको थियो... पुरा पढ्नुहोस
कोशी प्रदेश सरकारले गर्यो आम्दानी भन्दा बढी खर्च
- 1 बर्ष, 10 महिना अगाडि
- ३ श्रावण २०८०, बुधबार
कोशी प्रदेश सरकारले गत आर्थिक बर्षको अबधिमा आम्दानी भन्दा २ अर्ब ९३ करोड ४ लाख ५१ हजार रुपैयाँ बढी खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आम्दानी विवरण अनुसार प्रदेशले ३ अर्ब ८७ करोड ९६ लाख ४१ हजार ९ सय ३० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।... पुरा पढ्नुहोस
मोरङ क्षेत्र ३ र ४ का सांसदहरुलाई बेलबारी क्याम्पसले गर्यो सम्मान
- 1 बर्ष, 10 महिना अगाडि
- २६ असार २०८०, मंगलवार
बेलबारी क्षेत्रबाट बिजयी सांसदहरुलाई बेलबारी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मोरङको क्षेत्र ३ र ४ बाट बिजयी सांसदहरुलाई सम्मान गरिएको हो । क्षेत्र नम्बर ४ का सांसद सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ,क्षेत्र न ४ (क) का सांसद जयप्रकाश चौधरी ,क्षेत्र... पुरा पढ्नुहोस
सिर्जना सामुदायिक वनका अध्यक्षले किर्ते बिल बनाएर बेचे लाखौंको काठ
- 1 बर्ष, 11 महिना अगाडि
- ८ असार २०८०, शुक्रबार
मोरङको बेलबारी-११ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले मनोमानी ढंगले काठ बिक्री गरेर आर्थिक अनियमितता गरेको पाइएको छ । नेपाली कांग्रेस बेलबारीका नगर सभापतिसमेत रहेका समिति अध्यक्ष छत्र लिम्बूले वन समूहका उपभोक्तालाई काठ दिएको कागजात बनाएर उपभोक्तालाई नदिई अन्यत्र लगेर बिक्री गरेको पाइएको हो । कार्यकाल सकिएर चुनावी... पुरा पढ्नुहोस