गाउँ/समाज
बेलबारीमा बिदेशबाट फर्केका ७५ भन्दा बढीको निगरानी गरिँदै, नगर बाहेकलाइ राहत बितरणमा रोक
- 4 बर्ष, 7 महिना अगाडि
- १५ चैत्र २०७६, शनिबार
बेलबारी नगरपालिकाले टोल टोलमा स्वास्थ्यकर्मीहरु खटाएर बिदेशवाट आएका ब्यक्तिहरुको स्वास्थ अबस्थाबारे जानकारी लिन थालेको छ । कोरोना भाइरस रोकथामका लागि नगरपालिकाले बिदेशवाट आएका ७५ भन्दा बढी ब्यक्तिहरुको तथ्याक सकलन गरी तिनिहरुको दैनिक अबस्था बुझिरहेको छ । मेयर ज्ञानेन्द्र सुवेदीले कोरोना भाइरस रोकथामका लागि २४ घन्टानै तयारी अबस्थामा बस्न वडाध्यक्षहरुलाई निर्देशन... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाकी उपमेयरको पहलमा भिख माग्दै सडकमै बाँचेका वृद्धको उद्वार
- 4 बर्ष, 7 महिना अगाडि
- १५ चैत्र २०७६, शनिबार
लामो समयदेखि बेलबारी ११ को लक्ष्मीमार्गमा भिख मागेर जीवन गुजार्दै आएका र सडकपेटी अनि धर्मशालातिर बस्दै आइरहेका एक वृद्धलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको अगुवाईमा उद्वार गरिएको छ । बिहीबार स्थानीय बासिन्दाको समेत पहलमा ती वृद्धको उद्वार गरिएको हो । सत्तरी बर्ष नाघेका जस्ता देखिने वृद्धको नाम खुलेको छैन । स्थानीय बासिन्दाका... पुरा पढ्नुहोस
श्रमिक एवम् अति विपन्न बर्गलाई सयपत्री मल्टिपर्पोज कम्पनीले शुरु गर्यो राहत वितरण अभियान
- 4 बर्ष, 7 महिना अगाडि
- १४ चैत्र २०७६, शुक्रबार
लकडाउनमा दैनिक मजदुरी गरि खाने श्रमिक एवम् अति विपन्न वर्गका परिवारका कुनै पनि सदस्य भोकभोकै नपरुन् भन्ने उद्धेश्यले बेलबारीमा रहेको सयपत्री मल्टि प्रपोज कम्पनी प्रालिले मानविय सेवा अन्र्तगत राहत प्याकेज वितरण अभियान थालेको छ । बेलबारीका युवा व्यवसायी माधवराज थापा लगायतको सो कम्पनीले ५० घर परिवारलाई राहत प्याकेट प्रदान गर्ने घोषणा... पुरा पढ्नुहोस
बिपन्न परिवारलाई बेलबारी ११ नेकपाले बाँड्यो राहत, वडा कार्यालय र स्थानीयबासीको सहयोग
- 4 बर्ष, 7 महिना अगाडि
- १४ चैत्र २०७६, शुक्रबार
नेकपा बेलवारी-११ नं वडा संगठन कमिटीले बेलवारी नपा वडा नं ११ को बिशेष सहयोग एवम् स्थानीय ब्यबशायी र समाजसेवीहरूकाे समेत सहयाेगमा काेराेना भाइरस विरुद्ध सचेतनामुलक कार्यक्रम सहित अति बिपन्न वर्गका ७१ परिवारलाई राहत वितरण गरेको छ । बेलवारी वडा नं ११ का बासिन्दाले घरमै बसेर खान पाउन् र वाहिर रासनकाे लागि... पुरा पढ्नुहोस
जनताका घरघरमा अति आवश्यक खाध्यान्न पुर्याउदै बेलबारी नगरपालिकाको वडा नम्बर १
- 4 बर्ष, 7 महिना अगाडि
- १३ चैत्र २०७६, बिहीबार
बेलबारी, माेरङ/ काेरानाकाे प्रकाेपलाई कम गर्ने अभिप्रायले राज्यले लागू गरेकाे लकडाउनमा स्थानीयवासीलाई खाध्यान्नकाे अभाव नहाेस भनेर बेलबारी नगरपालिकाले हाेम डेलिभरी गर्ने कार्यकाे सुरुवात गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं -१ ले बिहीबारदेखि साे व्यवस्था गरेकाे हो । सरकारले घाेषणा गरेकाे लकडाउनलाई प्रभावकारी बनाउन तथा यस्ताे विकट परिस्थितिमा पनि खाध्यान्नकाे... पुरा पढ्नुहोस
काेराेना उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिँदै बेलबारी बहुउद्देशीय सहकारी
- 4 बर्ष, 7 महिना अगाडि
- ११ चैत्र २०७६, मंगलवार
बेलबारी, माेरङ/ काेराेनाले विश्व आक्रान्त भैरहेकाे वेलामा बेलबारी ३ मा रहेकाे बेलबारी बहुउद्देशीय सहकारी संस्थाले बेलबारी नगरपालिकाले संचालनमा ल्याएकाे १५ वेडकाे आईसाेलेसन वाड र कोरोनाको उपचार तथा रोकथाममा सहयाेग पुग्ने गरी संस्थासँग भएकाे एम्बुलेन्स सेवा निशुल्क उपलव्ध गराउने भएकाे छ । बेलबारी नगरपालिका र आसपासका नगरपालिकाका काेराेनाबाट संक्रामित नागरिकलाई अस्पताल लैजान... पुरा पढ्नुहोस
बेलबारी जेसिजले बितरण गर्यो कोरोना सम्बन्धी पठन सामाग्री
- 4 बर्ष, 7 महिना अगाडि
- ११ चैत्र २०७६, मंगलवार
बेलबारी, माेरङ/ बेलबारी जेसिजले विश्वमा महामारीको रुप लिईरहेको कोरोना भाईरसबाट बच्नका लागि बेलबारीका ११ वटै वडामा सन्देशमूलक पठन सामाग्री बितरण गरेको छ । बेलबारीबाट प्रकासन हुने एकमात्र राष्ट्रिय दैनिक "बेतना दैनिक" सँगको सहकार्यमा तयार पारिएको पठन सामाग्री सोमबार बिहान बेलबारी १ मा आयोजित एक कार्यक्रममा बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले... पुरा पढ्नुहोस
तेह्रथुमको मेन्छ्यायेममा निशुुुल्क स्वास्थ्य शिविर सम्पन्न, १३ सय बिरामीको जाँच तथा उपचार
- 4 बर्ष, 8 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो । शिविरमा ३... पुरा पढ्नुहोस
कोरोनाको प्रकोपविरुद्ध पुर्वतयारी गर्दै बेलबारी नगरपालिका, १५ बेडको आइसोलेशन वार्ड तयार
- 4 बर्ष, 8 महिना अगाडि
- ८ चैत्र २०७६, शनिबार
विश्वभरी नै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर बेलबारी नगरपालिकाले नगपालिका भित्रै १५ बेडको अस्थायी आइसोलेशन वार्ड तयार गरेको छ । बिहिबार बसेको कार्यपालिकाको वैठकको निर्णय बमोजिम नगरपालिकाले कोरोनाका शंकास्पद बिरामीको उपचार तथा हेरचाहका लागि आइसोलेसन वार्ड तयार गरेको हो । आइसोलेसन वार्ड बेलबारी नगरपालिकाको नव निर्मित भवनमा तयार गरिएको छ... पुरा पढ्नुहोस
प्रदेश सांसद ओझाद्वारा बेलबारी नगर क्षेत्रमा संचालन भइरहेका योजनाहरुको अनुगमन
- 4 बर्ष, 8 महिना अगाडि
- ७ चैत्र २०७६, शुक्रबार
प्रदेश सांसद राजकुमार ओझाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत बेलबारी नगरभित्र संचालन भईरहेका विकास निर्माण कार्यको स्थलगत अनुगमन तथा चेकजाँच गरेका छन् । बेलबारी नगरपालिकास्थित डाँगिहाट बजारमा नव निर्मित दुर्गा मन्दिरको शिलान्यास पश्चात् ओझाले त्यस क्षेत्रमा सांसद विकास कोष र प्रदेश सरकारको बजेट मार्फत धमाधम चलिरहेका विभिन्न बिकास निर्माण योजनाका कार्यको... पुरा पढ्नुहोस