स्पोर्ट्स

राष्ट्रपति रनिङ शिल्डको बेलबारी नगरस्तरीय उपाधि लक्ष्मी माविलाई

मोरङको बेलबारीमा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि लक्ष्मी माध्यमिक बिद्यालयले हात पारेको छ । तिन दिनदेखि लक्ष्मी माविको खेल मैदानमा भएको प्रतियोगितामा ७ पदक जित्दै उसले उपाधि चुमेको हो । यस्तै जनता नमुना माध्यमिक बिद्यालयले ५ पदक जित्दै दितिय स्थान हासिल गरेको छ । ४ पदक जित्दै माउन्ट एभरेष्ट स्कुल तृतीय... पुरा पढ्नुहोस

बेलबारीमा शुरु भो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, २७ वटा स्कुलहरु प्रतिस्पर्धामा

बेलबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेश सांसद राजकुमार ओझाको आतिथ्यतामा मंगलबार प्रतियोगिताको उद्घाटन भएको हो । सांसद ओझाले गमलाको फुलमा पानी हाली सलामी अर्पण गरेर कार्यक्रम उद्घाटन गरेका थिए  । सो अबसरमा नेपाल स्काउट तथा विभिन्न बिधालयका बिद्यार्थीहरुले परेड प्रदर्शन समेत गरेका थिए ... पुरा पढ्नुहोस

फागुन पहिलो हप्तादेखि हुँदैछ सताक्षी गोल्डकपको तेस्रो संस्करण , तयारी अन्तिम चरणमा

भरत शिवाकोटी, झापा / नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनिरहेका बेला झापाको शिवसताक्षी नगरपालिकामा रहेका खेलकुद क्षेत्रका अगुवाहरु र खेलकुदप्रेमीहरु सताक्षी गोल्डकपको तीव्र तयारीमा जुटेका छन् । सतासिधाम स्पोर्टिङ क्लबको आयोजनामा शिवासताक्षी ८, झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता फागुन ४ बाट शुरु हुने... पुरा पढ्नुहोस

धनकुटामा भएको प्रदेश स्तरीय महिला फुटवलको उपाधि मोरङको पोल्टामा

धनकुटामा संचालन भएको पहिलो सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप ३०७६ को उपाधी मोरङ फुटवल संघको महिला टिमलेले चुम्न सफल भएको छ । धनकुटा टुडिखेलमा सम्पन्न फाइनल खेलमा धनकुटा फुटवल संघको टिमलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधी हात पारेको हो । मोरङ्की इमा राई सर्वोकृष्ठ खेलाडी समेत घोषित भइन् ।... पुरा पढ्नुहोस

तेस्रो सतासी गोल्डकपको भब्य तयारी, भारत र नेपालका प्रतिष्ठित क्लबहरुबिच प्रतिस्पर्धा हुने

भरत शिवाकोटी, झापा / खेलकुद क्षेत्रका अगुवाहरु एवम्  खेलकुदप्रेमीहरु रहेको झापाको शिव सतासीधाम स्पोर्टिङ क्लबले यो बर्ष पनि सताक्षी गोल्डकप आयोजना गरेको छ । बिक्रम सम्बत २०७३ देखि हरेक बर्ष संचालन हुँदै आएको तेस्रो सतासी गोल्डकप आउँदो फागुन ३ गते देखि १० गतेसम्म संचालन हुने भएको हो । मुल आयोजक समिति... पुरा पढ्नुहोस

दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक

मोरङ केराबारी ९ मा रहेको कुसुमे साइनिङ क्लबले दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक गरेको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी हर हिसाब सार्वजनिक गरेको हो । केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको परिसरमा गरिएको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी, स्थानीय संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति... पुरा पढ्नुहोस

रोयल राइनोज क्लबले जित्यो अस्ट्रेलियामा जारी बिएमडब्ल्यु कप टी-ट्वाण्टी क्रिकेटको उपाधि

मेलबर्न / रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधि रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । पुस १९ गते शनिबार सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लाबलाई सुपर ओभरमा पराजित गर्दै राइनोजले उपाधि हात... पुरा पढ्नुहोस

लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल

उत्तरी मोरङको लेटाङमा यहि पौष २५ गते देखि  प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । चिसाङ भ्याली क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । लेटाङमा खेलकुद तथा पर्यटनको विकास र प्रतिभाहरुको खोजी कार्यलाई सहजता दिलाउने उद्देश्यले खुला नकआउट फुटबल  प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव विकल... पुरा पढ्नुहोस

सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको दोस्रो प्याब्सन स्पोर्टस मिट २०७६ मा सुन्दरहरैंचा ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ । सुन्दरहरैंचा क्षेत्रका २२ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगिताका विभिन्न खेलमा सबैलाई उछिन्दै ब्राइट फ्युचर पहिलो भएको हो । कुल २६ वटा खेल... पुरा पढ्नुहोस

रोयल फुटबल क्लब दमकले जित्यो केराबारीमा आयोजित दोस्रो उधौली कपको उपाधि

“दोस्रो कुसुमे उद्यौली कप २०७६” अन्तरगत केराबारी ९ मा भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी रोयल फुटबल क्लब दमकले हात पारेको छ । सशस्त्र  प्रहरी बल (एपियफ) पूर्वाञ्चललाई ट्राइबेकरमा पराजित  गर्दै रोयल फुटबल क्लब दमकले उपाधी जितेको हो । निर्धारितअ बधि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरतिर पुगेको थियो । ट्राइब्रेकरमा रोयलले पहिलो... पुरा पढ्नुहोस